आज देशभर सामान्यदेखि पूर्ण बदली रहने
आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हाल देशमा मनसुनी वायुको प्रभावका कारण देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्रिय सभा बैठक स्थगित
राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो ।
सीता दाहालको अन्त्येष्टि आजै गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) आह्वान गरेको छ ।
नेपाल–कोरिया मैत्री अस्पताललाई सवा अर्ब सहयोग
भक्तपुर थिमिस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालको क्षमता विस्तार गरिने भएको छ। अस्पताललाई १५० शय्या निर्माणका लागि सम्झौता समेत भएको छ। मङ्गबार आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई क्षमता विस्तार गर्न एक अर्ब २५ करोड ४० लाख लगानी हुने र पाँच वर्षभित्र पूरा गरिसक्ने लक्ष्य छ।
चिस्यान केन्द्र अलपत्र
रामेछापको मन्थली नगरपालिका–१, सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र अवस्थामा छ। बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाख रुपियाँको साझेदारीमा उक्त चिस्यान केन्द्र निर्माण भएको हो। आर्थिक वर्ष २०७८/७९ देखि नै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र अझै सञ्चालनमा आउन नसक्दा यस जिल्लामा उत्पादन हुने जुनारलगायतका अमिलो जातका फलफूल, किवी, आलु, तरकारी उत्पादन गर्ने किसानले लाभ लिन सकेका छैनन्।
राष्ट्रिय सभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक आज (बुधबार) बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक २०८० निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
नियम विपरीत सञ्चालित सात आयुर्वेद पसलमा तालाबन्दी
तनहुँको सदरमुकाम दमौलीमा नियम विपरीत सञ्चालन गरिएका सात वटा आयुर्वेद पसलमा तालबन्दी गरिएको छ ।
अवैध भारतीय रुपियाँसहित एक जना पक्राउ
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित सडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २५१६ नम्बरको बसबाट अवैध भारतीय रुपियाँ तीन लाख ७५ हजार फेला पारेको हो।
लायन्सको अन्तर्राष्ट्रिय निर्देशकमा बुर्लाकोटी निर्वाचित
परोपकारी संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टनमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो ।
विनियोजन विधेयकमाथिको छलफल सकियो
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।
काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै
सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताउनुभएको छ । सोमबार जिल्ला समन्वय समिति ललितपुरको सातौँ जिल्ला सभामा बोल्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
बैङ्क तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढ्यो : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताउनुभएको छ ।
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार ७२ दशमलव २४ मा सीमित भएको छ ।
ललिता निवास प्रकरण : थप दुई पूर्वकर्मचारी पक्राउ
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सो प्रकरणमा मङ्गलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पहिराको जोखिम बढ्दै, बाढीको जोखिम घट्दै
यो वर्षको वैशाख १ देखि असार २५ गतेसम्म झण्डै तीन महिनाको अवधिमा बाढीका ८९ घटना हुँदा पहिरोका दोब्बरभन्दा बढी दुई सय ४८ घटना भएका छन् ।
मौसममा सुधार हुन अझै केही दिन लाग्ने
हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।
भक्तपुरमा अस्पताल बनाउन कोरियाद्वारा ९.५ मिलियन अमेरिकी डलर सहयोग
गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
देशलाई आवश्यक कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित गर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
तारकेश्वर नगरपालिकाद्वारा वृक्षरोपण
तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षारोपण गरेको छ । नगरपालिका–६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।
नदी जोगाउन नरिवल खेती
मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित ट्वाङ्ग्रामा मकवानपुर जिल्लामा नै पहिलो पटक नरिवल खेती सुरु गरिएको छ । पालिकाको वडा नं. ४ को कार्यालयको अगुवाइमा करिब चार बिघा क्षेत्रफल सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको हो ।
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस
“सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।”
सल्यानटार सडक वरपर वृक्षरोपण
धादिङको सल्यानटारको मूल सडक वरपर वृक्षरोपण गरिएको छ। ‘जनताको रहर–हरित सहर’ भन्ने अभियान अन्तर्गत वन तथा भूसंरक्षण विभाग काठमाडौँको आर्थिक सहयोग, डिभिजन वन कार्यालय धादिङको प्राविधिक सहयोग र त्रिपुरासुन्दरी गाउँपालिका धादिङको समन्वयमा सल्यानटारमा वृक्षरोपण गरिएको हो। त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ भित्र पर्ने सल्यानटारको बुट्टारदेखि खोल्सी, बगैँचा हुँदै सिकटारसम्मको मुख्य सडकको दायाँबायाँ क्षेत्रमा वृक्षरोपण गरिएको हो।