प्रधानमन्त्रीले माफी मागेमात्र सदन खुल्छ : प्रमुख सचेतक गिरी
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको र उहाँले संसद् बैठकमा माफी मागे मात्र सदन खुल्ने बताउनुभएको छ ।
प्रेस युनियन गोरखापत्र शाखा अध्यक्षमा राधा चालिसे निर्वाचित
नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा राधा चालिसे निर्वाचित हुनुभएको छ ।
लिफ्ट सिँचाइ आयोजना सञ्चालन अभावमा रोपाइँ हुन सकेन
यस वर्ष इतिहासलाई बिर्साउने लामो खडेरी चल्यो । असार करिब घर्किन थाल्यो । नारायणी नदीमा पानी बगिरहेको छ । किसानको आशाको त्यान्द्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहर सुख्खा हुँदा खेत बाँझै रह्यो ।
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु
प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।
टोखामा चार सय ३४ सडकबत्ती जडान
आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिनुभयो ।
खण्डहर तातोपानी : ‘माथि भीर तल खोला, के गरेर खाने होला ’
जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड।।। कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार ।
भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले लियो
नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । काठमाडौँ उपत्यकाको २२५ टिमको सहभागितामा रहेको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकालाई ७–२ को गोल अन्तरतले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।
काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु
काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिनुभयो ।
मन्त्री मोदी स्वदेश फिर्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी स्वदेश फर्कनु भएको छ ।
अखिल कप भलिबलको उपाधि कमर्श क्याम्पसलाई
अनेरास्ववियु आर आर क्याम्पस कमिटीले आयोजना गरेको प्रथम अनेरास्ववियु आर आर भलिबल कप–२०८० को उपाधि नेपाल कमर्श क्याम्पस काठमाडौँले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा न्युटन कलेजलाई ४–१ ले पराजित गर्दै नेपाल कमर्श क्याम्पसले उपाधि हात पारेको हो । उपाधिसँगै नेपाल कमर्श क्याम्पसले नगद एक लाख जित्यो । दोस्रो हुने न्युटन कलेजले ५० हजारमा चित्त बुझायो ।
राजकुमारको कृषि कथाः काम गर, सफलता मानिसको पछि–पछि आउँछ
गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।
अझै बनेन विपत् पूर्वतयारी कार्ययोजना
यस वर्षको वर्षायामको सुरुमै बागमती प्रदेशका विभिन्न स्थानमा क्षति पुगिसकेको छ । मकवानपुर, चितवन, धादिङ, सिन्धुलीलगायतका जिल्लामा असारको सुरुदेखि नै सामान्य वर्षामा पनि सडक अवरुद्ध भएका छन् । असारको चौथो साता आइपुग्दा सङ्घीय राजधानी काठमाडौँ जोड्ने नारायणगढ–मुग्लिन सडक, कान्ति लोकपथ, छोटो दुरीका हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ र भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड अवरुद्ध हुँदै र खुल्दै आएका छन् ।
सडक स्तरोन्नति सम्पन्न
लामो समयदेखि अलपत्र परेको मितेरी मार्गको चन्द्रागिरि नगरपालिका–१२, गैरीगाउँदेखि चुनदेवी मन्दिरसम्म जाने सडकको स्तरोन्नति एवं सुधार कार्य सम्पन्न भएको छ । उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँको सहयोगमा उक्त बाटो स्तरोन्नति गरिएको हो । पर्खाल र ढल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दालाई सम्भावित बाढीपहिरोको जोखिमबाट सुरक्षित बनाएको छ । दुई वर्षको निरन्तर प्रयासपछि जिल्ला आयुक्त कार्यालयका प्रमुख जगदीश लामिछानेको पहलमा सो बाटोको स्तरोन्नति एवं व्यवस्थित ढल निकासको कार्य भएको हो ।
अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नौ घटापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।
कान्ति राजमार्ग स्तरोन्नति गर्न प्राविधिक समस्या
सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने कान्ति राजमार्गलाई बिनाअवरोध वर्षभरि नै सञ्चालनमा ल्याउने गरी कार्ययोजना अगाडि बढाइएको छ। सो राजमार्ग काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो मार्ग हो। ललितपुरको टिकाभैरवदेखि हेटौँडाको बुद्धचोकसम्म कुल लम्बाइ ७९ किलोमिटर रहेको छ। जसमध्ये ७२ किलोमिटर कालोपत्रे भइसकेको छ भने दुई किलोमिटरको कालापत्रे हुँदै छ। अधिकांश भाग कालोपत्रे भइसके पनि केही ठाउँमा प्रायः वर्षभरि आइरहने पहिरोका कारण नियमित सञ्चालन हुन सकेको छैन।
आधा बनिसक्यो ‘फ्लाइओभर’
बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डमरूले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले तीव्र रूपमा आयोजनाको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार फ्लाइओभरको सहायक संरचनाका रूपमा निर्माण गर्नुपर्ने पाँच वटा पाइलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यसै गरी एउटा पाइलको जग हाल्ने काम सम्पन्न भइसकेको छ । फ्लाइओभरको निर्माण अवधि सन् २०२४ अप्रिल २५ सम्म रहेको छ ।
शंखु फाँट
धान खेतीले सुन्दर हरियाली देखिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित शंखु फाँट ।
बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउँछन् : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताउनु भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिनुभएको हो ।
जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताउनुभएको छ ।
दुई पालिका जोड्ने पुल निर्माण
हेटौँडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिकाको सिमानामा पर्ने चुर्लिङ खोलामा झोलुड्डे पुल निर्माण भएको छ ।
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन चीन प्रस्थान गर्नुभएको छ ।
एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० गते आज (शनिबार) एक सूचना जारी गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।
मोर्चाको पहिलो बैठक आज बस्दै
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज (शनिबार) बस्दैछ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बस्ने बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।
ककनीको पानी हङकङ र मकाउ निर्यात
ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गर्नुभएको हो ।