बिरुवा बिक्रीबाटै मनग्गे आम्दानी
सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, हिर्दिङ निवासी रमेश थापालाई यतिखेर आफ्नो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याइनभ्याइ छ । जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उहाँले सुनाउनुभयो । “हरेक वर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ,” विगत १० वर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएका थापाले भन्नुभयो, “यो वर्ष असारको सुरुदेखि अहिलेसम्म १३ हजार जुनारको बिरुवा बिक्री गरेँ, अझै १० हजार जति बिरुवा बिक्री गर्न बाँकी छ ।”
किसानमुखी कार्यक्रम बनाएका छौँ
सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको क्षेत्रफल २८०.२६ वर्ग किलोमिटर र जनसङ्ख्या ३६ हजार ६२ रहेको छ। यसमा ११ वटा वडा छन्। महाभारत पहाडका अग्ला डाँडा र भिरालो भूबनोटका कारण विकासमा समस्या छन्। यो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर थापामगर निर्वाचित हुनुभएको छ। यो उहाँको दोस्रो कार्यकाल हो। उहाँसँग गोरखापत्रका बाबुराम देवकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
मोटरसाइकल चोर्ने दुई युवा पक्राउ
मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौँको कलङ्कीबाट शुक्रबार मकवानपुरको बागमती गाउँपालिका-३ घर भई हाल काठमाडौँको स्वयम्भू ठुलो भर्याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ घर भई ठुलोभर्याङनै बस्ने २५ वर्षीय बुद्ध बहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।
राशि र नक्षत्रका आधारमा वृक्षरोपण
मकवानपुरमा नयाँ प्रयोगसहित धर्म, प्रकृति र संस्कृतिको समायोजन गर्दै नक्षत्र बगैँचा निर्माण गरिने भएको छ। नक्षत्र अनुसारको बिरुवा रोपण, सेवा र पूजाले नक्षत्रले मानिसमा पार्ने प्रतिकूल प्रभावसमेत कम हुने विश्वासका साथ मकवानपुरमा पहिलो पटक राशि र नक्षत्रका आधारमा वृक्षरोपण गर्दै नक्षत्र बगैँचा निर्माण सुरु गरिएको हो।
पुरस्कार समर्पण कार्यक्रम
संस्कृति पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका साहित्यिक व्यक्तित्वलाई सम्मान गरेको छ ।
जापानद्वारा मानसिक स्वास्थ्य केन्द्रलाई साढे तीन करोड अनुदान सहयोग
जापान सरकारले काठमाडौंमा रहेको मानसिक स्वास्थ्य केन्द्रलाई तीन करोड ५३ लाख ६० हजार अनुदान रकम सहयोग गरेको छ ।
जनमत पार्टीको केन्द्रीय समिति विस्तार
डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।
प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत
प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ ।
प्रतिनिधि सभा बैठक : लम्पीस्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग
नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पि स्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताउनुभएको छ ।
सरकारलाई सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिनुभएको छ ।
सय वर्षका लागि गोरखापत्रको ग्राहक !
गोरखापत्र संस्थानका प्रकाशनप्रति पाठकको विश्वास र माया बढ्दै गएको छ । संस्थानको प्रकाशनका लागि एक सय वर्षको अग्रिम ग्राहक बन्नेक्रम सुरु भएपछि प्रकाशनप्रतिको पाठकको विश्वास बढेको पुष्टि भएको हो ।
संरक्षणको अभावमा खण्डहर आदिकवि भानुभक्तको घर
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो । लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन ।
लम्पी स्किनबाट ८७९ पशुको मृत्यु
लम्पी स्किन रोगबाट सिन्धुली र रामेछाप जिल्लामा किसानले पालेको ८७९ वटा पशु चौपायाको मृत्यु भएको छ ।
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८० पारित
राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ ।
ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताउनुभएको छ ।
सांस्कृतिक एकताको प्रवर्द्धनमा भानुभक्तको विशिष्ट योगदान : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताउनुभएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउनुभएको छ ।
करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल
राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताउनुभएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढ्यो : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताउनुभएको छ ।
भारी वर्षाको सम्भावना : आवश्यक सतर्कता अपनाउन अनुरोध
हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।
बिल भुक्तानीको माग गर्दै निर्माण व्यवसायी धर्नामा
नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डालमा भेला भई निर्माण व्यवसायीहरुले सरकारले लामो समयदेखिका बाँकी बिलको भुक्तानी नदिएपछि धर्ना दिएका हुन् ।
सुनखानीमा उत्पादित कफी पुग्यो अन्तर्राष्ट्रिय बजारमा
दोलखाको कालिन्चोक गाउँपालिका–८ सुनखानी स्थितको नीलकमल कृषि सहकारीका सेयर सदस्यहरूबाट उत्पादित कफी अन्तर्राष्ट्रिय बजारमा पुगेको छ ।