नेकपा (एमाले)को बैठक बस्दै
नेकपा (एमाले)को कार्यालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी कार्यालयले जनाएको छ ।
खाँडादेवीमा संरचना निर्माण हुँदै
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिर परिसरमा विभिन्न संरचना निर्माण भइरहेका छन्। सदरमुकाम मन्थलीबाट २० किलोमिटर दुरीमा रहेको चर्चित शक्तिपीठ खाँडादेवी मन्दिर परिसरमा सहरी विकास मन्त्रालयको बजेटमा पुरातात्त्विक हिसाबले संरचना निर्माण भइरहेको हो।
सञ्चालनमा आउन सकेन गौरीशङ्करको बालउद्यान
दोलखाको उत्तरी गौरीशङ्कर गाउँपालिका–५, इविथानमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले निर्माण गरेको बालउद्यान अझै सञ्चालनमा आउन सकेको छैन। आवतजावतमा सहज नहुँदा निर्माण भएको दुई वर्ष बित्नै लाग्दा पनि यो बालउद्यान सञ्चालनमा आउन नसकेको वडा नं. ५ का वडाध्यक्ष सुन्दर खड्काले बताउनुभयो। बालउद्यान प्रदेश सरकारको एक करोड ५३ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो।
अशक्त व्यक्तिहरूका लागि दोभाषेसहितको स्वास्थ्य सेवा सुरु
श्रवण शक्ति नभएका व्यक्तिहरूका लागि दोभाषेसहितको स्वास्थ्य सेवा सुरु भएको छ । राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ र ललितपुरस्थित क्लिनिक वान स्वास्थ्य संस्थाले सहकार्य गर्दै उक्त सेवा दिन लागेको हो ।
विपत्बाट भएको क्षतिमा किसानलाई राहत
बागमती प्रदेश सरकारले प्राकृतिक र गैरप्राकृतिक विपत्बाट प्रभावित किसानलाई राहत वितरण गरेको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वितरण गरेको राहतबाट कृषि, पशुपन्छी तथा मत्स्य उत्पादनमा क्षति पुगेका प्रदेशभित्रका ४१ जना किसान लाभान्वित बनेका छन्।
काभ्रे बाढीपहिरोको उच्च जोखिममा, साढे तीन हजार घरपरिवार प्रभावित हुने आकलन
बाढी र पहिरोका मनसुनजन्य विपत्का कारण काभ्रेपलाञ्चोक जिल्लामा साढे तीन हजार परिवार प्रभावित बन्ने आकलन गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार धेरै वर्षाका कारण आउने बाढी तथा पहिरोबाट यस जिल्लाका १३ स्थानीय तहका तीन हजार ६४७ घरधुरी प्रभावित हुने अनुमान गरिएको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले काभ्रेपलाञ्चोकमा पहिरो र बाढीको जोखिम धेरै रहेको चर्चा गर्दै उच्च जोखिममा पहिरो पहिलो र बाढी दोस्रो स्थानमा रहेको बताउनुभयो।
दिगो रूपमा पानी पठाउन इन्टेक बनाउनु जरुरी
मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा पानी पठाउने दीर्घकालीन अवस्था अहिलेसम्म बन्न सकेको छैन। स्थायी रूपमा पानी पठाउन चार सय मिटरमाथि स्थायी इन्टेक र बालुवा थिग्य्राउने प्रणालीको विकास गर्न आवश्यक छ । अहिले जुन प्वाइन्टबाट पानी ल्याइएको छ, त्यहीँबाट दिगो रूपमा पानी लैजान नसकिने सुझाव विज्ञले दिएका छन् । दुई वर्षअघिको जस्तो बाढी आयो भने फेरि पनि क्षति पुर्याउन सक्छ भन्ने अनुमान गरिएको छ । राजधानीमा मेलम्चीको पानी निरन्तर ल्याउन के कस्तो काम भइरहेको छ, फेरि नयाँ पूर्वाधार वा संरचना निर्माण गर्नुपर्ने त होइन, अब राजधानीवासीले कहिलेदेखि निरन्तर मेलम्चीको पानी खान पाउने छन् भन्ने विषयमा केन्द्रित रहेर मेलम्ची खानेपानी विकास समितिका निर्देशक कमलराज श्रेष्ठसँग गोरखापत्रका लागि सपना थामी र इन्दिरा अर्यालले गरेको कुराकानीको सम्पादित अंश :
त्रिशूलीमा बस खस्दा १९ यात्रु घाइते (नामावलीसहित)
नारायणगढ मुग्लिङ सडकको दासढुङ्गा नजिकै यात्रुवाहक बस त्रिशूलीमा खस्दा १९ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँ तर्फ गई रहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब .१० मिटर तल खसी रुखमा अड्कन पुगेको थियो ।
नारायणगढ–मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। त्यसका लागि डिभिजन सडक कार्यालय भरतपुरले सडक विभागलाई स्वीकृतिको प्रक्रिया थाल्न पत्र पठाएको छ। विभागबाट मन्त्रालय हुँदै त्यसको स्वीकृति मन्त्रीपरिषद्बाट गर्नुपर्ने हुन्छ।
पहिरो अवरुद्ध खसेर कान्ति लोकपथ सञ्चालनमा
कान्ति लोकपथको मकवानपुरतर्फको भागमा बिहीबार गएको पहिरोका कारण अवरुद्ध भएको सडक साँझ ८ बजेपछि सञ्चालनमा आएको छ ।
आत्महत्या दुरुत्साहन आरोपमा वडा अध्यक्षसहित तीन पक्राउ
आत्महत्या दुरुत्साहन आरोपमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका वडा अध्यक्ष, महिला सदस्यसहित तीन जना पक्राउ परेका छन् ।
सुन र अवैध सामानसहित एकजना पक्राउ
मकवानपुर प्रहरीले सुन र अवैध कपडा र खाद्यान्नसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडक खण्डमा बिहीबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नं. को सुमो जाँच गर्ने क्रममा प्रहरीले सुनसहित अवैध सामान बरामद गरेको हो।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्छ : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढ्ने बताउनुभएको छ ।
सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा
बुधबार बिहान काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो। छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो। सन्तान यही जन्मिए उहाँका ऊर्जाशील धेरै समय पनि चितवनै बित्यो।
एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ ।
आर्थिक अराजकता नियन्त्रणमा पूर्ण प्रतिबद्ध छु : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ठुलो समस्याका रूपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरूक भएर लागेको बताउनुभएको छ ।
विदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो
कागजातहरू शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।
सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ ।
पशुमा लम्पिस्किन रोगको सङ्क्रमण क्रमशः घट्दै : मन्त्री भुसाल
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताउनुभएको छ ।
एक लाख ६६ हजार जनसङ्ख्या बाढीपहिरोबाट प्रभावित हुने
जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै प्रलोभनमा पार्ने केशव तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।
साउनदेखि कर्मचारी समायोजन कडाइका साथ लागू गर्छौं : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताउनुभएको छ ।
हिमालय एयरलाइन्सले सुरु गर्यो इन्टरनेट बुकिङ इञ्जिन
यो सुविधा प्रयोग गर्ने यात्रुलाई विभिन्न गन्तव्यसँग जोड्न सहज हुने कम्पनीको अपेक्षा छ । आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट यो सेवाको प्रारम्भिक चरणमा ग्राहकले मोबाइलबाट टिकट खरिदका लागि इसेवावालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस सेवा निकट भविष्यमा उपलब्ध गराइने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।
बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ : मन्त्री महताे
वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०-८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।