केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ ।
जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. महत भारत प्रस्थान
जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गर्नुभएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ जानुभएको हो ।
एकैपटक तीन वटा गाडी ठोक्किए, एक जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा आइतबार तीन वटा गाडी ठोक्किँदा एक जना घाइते भएका छन् ।
नागरिकलाई सरकारी काम छिटो र सहज रूपमा दिन उपप्रधानमन्त्री श्रेष्ठद्वारा निर्देशन
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जानुहुँदै
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जानुहुने भएको छ । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जानुहुनेभएको हो ।
काभ्रेमा ‘प्याराग्लाइडिङ’
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो ।
झोल साबुन उत्पादनमा महिला सक्रिय
चौतारा साँगचोकगढी नगरपालिका–५, चौताराका महिलाहरू घरमै फिनेल र झोल साबुन उत्पादन गरी आम्दानी गर्न थालेका छन् । लुगा धुन, भाँडा माझ्न, टायल सफा गर्न फिनेल, झोल, लिक्युड साबुन उत्पादनमा महिला व्यस्त हुन थालेका छन् । फालिएका प्लास्टिकका बोतल फिनेल र झोल साबुनमा पुनः प्रयोग हुन थालेपछि वातावरण स्वच्छ र सफा हुन थालेको छ ।
प्रशोधित घाँस चीन निर्यात
चितवनमा उत्पादित पशु आहार प्रशोधित घाँस (साइलेज/हाइलेज) चीनमा निर्यात सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गरी हाइलेज र साइलेज चीनको तिब्बतीय सहर सिगात्सेतर्फ पठाइएको हो ।
दोलखामा ६३ प्रतिशत मात्र धान रोपाइँ
दोलखामा यो वर्ष अहिलेसम्म ६३ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ ।
सीमा क्षेत्रका गाउँ रित्तिँदै
युवा जनशक्ति बिदेसिन थालेपछि सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका आधा दर्जन गाउँ रित्तिँदै गएका छन्। घरपरिवार चलाउन वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भएपछि पाँच वटा वडा रहेको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका दुई वटा वडाका घरमा ताल्चा लाग्न थालेको हो। भोटेकोशीको तातोपानी, लिस्ती, दुगुनागढी, फुल्पिङकट्टी, मार्मिङ, बोक्चेन र बाह्रबिसे नगरपालिकाको घुम्थाङ, गातीलगायत गाउँका युवा जनशक्ति विदेश पलायन भएका हुन्।
डेङ्गु नियन्त्रणका लागि सरसफाइ अभियान
डेङ्गु सङक्रमण रोक्न धादिङबेँसीमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । पछिल्लो सातामा डेङ्गुको सङ्क्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय, नीलकण्ठ नगरपालिका, धादिङ अस्पताल, धादिङ सोसियल भोलेन्टियरलगायतका निकायले शनिबारदेखि यो अभियान सुरु गरेका हुन् । यो अभियान अन्तर्गत शनिबार धादिङ अस्पताल परिसरभित्र सरसफाइ गरिएको छ । बजार क्षेत्रका घर तथा भवनको छेउछाउमा भएका पानी जम्ने खाल्टाखुल्टी पुर्ने र लामखुट्टेले फुल पार्ने, बच्चा जन्माउन सक्ने गरी पानी जम्मा हुने भाँडा खोजेर नष्ट गरिएको छ ।
जनगणनाको त्रुटि कम हुँदै
राष्ट्रिय जनगणना २०४८ देखि २०७८ सम्म आइपुग्दा जनगणनाको त्रुटि क्रमिक रूपमा कम हुँदै गएको छ । राष्ट्रिय जनगणनाको त्रुटि पत्ता लगाउन गरिने जनगणना जाँच परीक्षणका नतिजा अनुसार क्रमिक रूपमा त्रुटि कम हुँदै गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको हो । कार्यालयले केही दिनअघि सार्वजनिक गरेको गणना जाँच सर्वेक्षणको प्रतिवेदनमा अनुसार २०४८ सालमा गरिएको जनगणनामा कुल जनसङ्ख्याको ११ प्रतिशत जनसङ्ख्याको जनगणना गर्न छुटेको, २०५८ सालमा पाँच, २०६८ सालमा ३.६ र २०७८ सालमा आइपुग्दा सो प्रतिशत घटेर २.७३ प्रतिशतमा झरेको कार्यालयले जनाएको छ ।
लापसे गरेरै चलाउँछन् भाडाका गाडी, एक सय ५९ माथि कारबाही
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो।
एसईई उत्तीर्ण छात्रछात्रालाई सम्मान
परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ।
स्वास्थ्यकर्मी मृत्यु प्रकरण : चारजना पक्राउ
काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
संयमित र मर्यादित भएर आलोचना गर्दिनुहोस्, सच्चिन तयार छौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गर्नुभएको छ ।
अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’
‘हरियो वन, नेपालको धन’ भन्ने गरेको वर्षौं भइसकेको छ । तर पनि वन जङ्गलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठुलो सङ्ख्यामा काठ कुहिने गरे पनि सर्वसाधारणहरू बजारमा विदेशबाट आएका काठ तथा फर्निचरसँगै आल्मुनियम, युपिभिसी एवम् फलामको प्रयोग गर्न बाध्य छन् ।
मदन भण्डारी स्मृति उद्यानमा वृक्षारोपण
नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका –१३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । शनिबार काठमाडौं विष्णुमती कोरिडोरस्थित निलबराहीको टंकेश्वर वडा १३ मा वृक्षारोपण गरिएको हो ।
‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु
भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ ।
एमाले सचिवालय बैठक बस्दै
नेकपा (एमाले) ले सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
निर्दोष फस्दैन दोषी उम्कँदैन : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताउनुभएको छ ।
नेकपा एसको सचिवालय बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।
राजमार्गमा पहिरो ! किन झरिरहेछ पहिरो ?
‘कृष्णभिरमा आज नि जाम पर्यो बोल्न मन लाग्यो के नाम पर्यो कृष्णभिरमा जाम बोर भो नि सोल्टिनी हाँसी बोली रम् । कृष्णभिरमा जाम ।’ गायिका विमाकुमारी दुरासँग युगल स्वरमा ‘कृष्णभिरमा जाम’ बोलको यो गीत गाएपछि गायक मिलन लामाले कति रोयल्टी कमाउनु भयो यो त उहाँलाई नै थाहा होला तर यही गीतले लामालाई भने गीतसङ्गीतका क्षेत्रमा धेरै उचाइमा पुर्यायो । २०५८ सालमा कृष्णभिरको पहिरोले पृथ्वीराजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई सास्ती दिन थालेका बेला त्यहाँ अलपत्र परेका युवायुवतीको प्रेम भावलाई टपक्कै टिपेर यो गीत बनाइएको थियो । गायक लामाले पनि त्यो बेला कृष्णभिरमा जाम परेर दुःख भोग्नु भयो । यही दुःखलाई सम्झँदै गीत बनाएको कुरा यतिबेला उहाँ सुनाउनुहुन्छ ।
धान रोपाइँ कम हुनुमा लम्पीस्किनको समेत प्रभाव
मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।