कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पदः उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानुनले विभेद गर्नु लज्जास्पद भएको बताउनुभएको छ ।
बागमतीमा आइतबारदेखि प्रदेश युवा सम्मेलन
बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारदेखि आयोजना हुने ‘प्रदेश युवा सम्मेलन २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ ललितपुरमा सुरु
नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबार ललितपुरमा सुरु भएको छ । समिटको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभएको छ ।
तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा
नेपालको खेल क्षेत्रले जति सफलता र सनसनीपूर्ण अन्तर्राष्ट्रिय नतिजाले चर्चा पाउँछ त्यो भन्दा बढी त्यसभित्र रहेका विवाद र खराब राजनीतिले घेरिने गर्दछ ।
यथास्थिति भत्काएर रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाँदै छौँ: अध्यक्ष दाहाल
काठमाडौँ, वैशाख २७ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गर्नुभयो । चुनौतीका विरुद्ध लड्ने सङ्कल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उहाँको जिकिर छ । अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरूविरुद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाउनु भयो । उहाँले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताउनु भयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘नेताहरूप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भने पनि गलत हुन्छ । त्यसको विकृत तरिकाले बुझ्यो भने त झन् गलत हुन्छ । प्रत्येक पार्टी र नेताहरूका पनि सीमा हुन्छन् । कमजोरी पनि हुन्छन् । महान् लेनिनले भनेको झैँ: सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन । कुनै पार्टी पनि जन्मिएको छैन । जन्मिँदा पनि जन्मिँदैन । सही नेताले नै कमजोरी सकेसम्म नगर्न बल गर्दछ, भए सच्याउँछ । त्यसलाई नै इतिहासले महान् भन्छ । त्यसलाई नै जनताले आदर्शका रूपमा हेर्दछन् । अहिले देशमा जस्तो परिस्थिति छ, हामी फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरू हाम्रो अगाडि यति बेला छन् । हामी ती चुनौतीका विरुद्ध लड्ने सङ्कल्पसहित हामी फेरि विचारलाई, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजान खोजेका छौँ । हामीले यसो गर्न खोजे बापत प्रतिक्रियावादी, अवसरवादी अझ बढी हाम्रो विरुद्ध घेराबन्दी गर्ने, हाम्रा विरुद्ध भ्रमहरू छर्ने, अनेक किसिमको षड्यन्त्रहरू भएका छन् । यो स्वाभाविक रूपले भई पनि राख्छन् ।’अध्यक्ष दाहालले समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने बताउनु भयो ।
वनमा पाटेको निर्वाध शासन
नेपाली जङ्गलमा दुर्लभ पाटेबाघ छन् ।
टोलभरि ‘एक घर, एक धारा’
बलेफी गाउँपालिका–४ स्थित विकट दलित बस्ती रोक्का टोलमा ‘एक घर एक धारा’ सहित खानेपानी पु-याइएको छ । बर्सौंपछि रोक्का टोलमा घर घरमा खानेपानी पुगेको हो ।
निजी विद्यालयमा वाणिज्यको अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सेवाप्रदायक संस्था निजी विद्यालयकेन्द्रित अनुगमन सुरु गरेको छ ।
लगानी वृद्धिको नीति लिन परिसङ्घको सुझाव
नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि अर्थ मन्त्रालयलाई सुझाव पेस गर्दै लगानी वृद्धिलाई सहज गर्ने गरी बजेट ल्याउन आग्रह गरेको छ ।
आतङ्कवादलाई निरुत्साही गर्नु पर्छ
नेपाली कांग्रेसले आतङ्कवादी गतिविधिलाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
आइपुग्यो हेमोफिलियाको औषधी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गर्नुभएको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।
उच्च प्रविधियुक्त प्रयोगशाला स्थापना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रामक रोग तथा महामारीका बेला सुरक्षित नमुना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त प्रयोगशाला एकाइ स्थापना गरिएको छ ।
सडक बालबालिकामुक्त घोषणा गर्न निर्देशन
राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी वैशाख मसान्तसम्म वडा, स्थानीय तह र जेठ मसान्तसम्म सातै प्रदेशले सडक बालबालिकामुक्त भएको घोषणा गर्न निर्देशन दिएको छ । यो निर्देशन सडक प्रदेश, स्थानीय तह र वडालाई निर्देशन दिइएको हो ।
सीमा क्षेत्रमा कडा सुरक्षा निगरानी
भारतको काश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा दुई साताअधि आतङ्कवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबिच तनाव सुरु भएको छ । पछिल्ला घटनक्रमपछि समग्र सुरक्षाको विषयमा आमचासो हुनुका साथै विभिन्न विश्लेषण भइरहेका छन् ।
विराटनगरमा ‘पोडवे’ को पहल
कोशी प्रदेशमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्न सम्झौता भएको छ । वैशाख १८ र १९ गते कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा कोशी प्रदेश सरकार र काठमाडौँ पोडवे कम्पनीबिच सम्झौता भएको हो ।
बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु
लिसंखुपाखर गाउँपालिका –१ निङ्गालेमा शुक्रबार बेलुकी ५ बजे यात्रुबाहक बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सरकारमा जान तँछाडमछाड गरेका छैनौंः माओवादी सचिव पौडेल
नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारमा जाने कुनै कुरा नरहेको बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा
सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा जारी छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा शुक्रबार भएको छलफलमा सत्तापक्षका सांसदले समर्थन र विपक्षी सांसदले आलोचना गर्नुभएको छ ।
सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ । शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको बताउनुभएको छ । त्रिहत्तरौँ कानुन दिवस–२०८२ का अवसरमा सर्वोच्च अदालतद्वारा शुक्रबार यहाँ आयोजित चियापान समारोहमा उहाँले समग्र मुद्दा फर्छ्यौट प्रतिशतमा समेत विगत वर्षको तुलनामा उल्लेख्य सुधार भएको बताउनुभयो ।
डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
पानी पर्न थालेकाले डेंगु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
न्यायपूर्ण समाज निर्माणमा कानुन जगतको दायित्व गहन : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपूर्ण समाज निर्माणका लागि न्याय र कानुन जगतको महत्त्वपूर्ण दायित्व गहन रहेको बताउनुभएको छ ।
‘भारत–पाकिस्तानबिच शान्ति स्थापनार्थ नेपालले विशेष कुटनीति पहल गरोस्’
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारको नीति तथा कार्यक्रममा युवालाई आशा जगाउने खालको कुनै कार्यक्रम नभएको बताउनुभयको छ ।
स्वास्थ्य बिमाको नवीकरण अनलाइनबाटै
स्वास्थ्य बिमाको नवीकरण पेमेन्ट वालेट र आइपिएस जस्ता सेवा प्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बिमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले जानकारी दिनुभयो ।