पत्रकारमाथि अहिले प्रश्न उठिरहेको छ : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा पत्रकारमाथि प्रश्न उठेको बताउनुभएको छ। बुधवार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
भुँइमान्छेका योगदान बिर्सेका छैनौं : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानको स्मरण गर्दै राज्यको नीति र नेतृत्वको भावनाले उहाँहरूलाई सधैँ नजिक राख्ने बताउनुभएको छ ।
नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने
नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने भएको छ । बुधबार आयोजित कार्यक्रममा नेपालको अग्रणी पशु औषधी उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी केबीएन पी कोरियाबिच नेपालमा पशु औषधी उत्पादनका लागि प्राविधिक सम्झौता भएको हो ।
प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बालकमाथि यौन हिंसा
हालसालै ल्यान्सेन्ट पब्लिकेशनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वमा १८.९%, पुरुष १४.८ % विभिन्न प्रकारका यौन हिंसामा पर्ने गरेको खुलासा गरेको छ । जसमध्ये ७१.९% पुरुषहरु र ६७.३% महिलाहरुले १८ वर्ष पुग्नु अगावै यौन हिंसा भोग्ने गरेको पाइएको छ ।
वञ्जर जग्गामा बोरिङ सिँचाइ
पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ स्थित हर्दामा वञ्जर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयमा खुशीयाली छाएको छ।
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब
सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । बुधबार सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ ।
व्यावहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ : उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताउनुभएको छ ।
'के घर के डेरा : घर नं २' को अग्रिम बुकिङ खुला
‘के घर के डेरा : घर नं २’को अग्रिम टिकट बुकिङ खुला भएको छ । जेठ २ गते रिलिज हुने चलचित्रको मंगलबार साँझदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।
‘परिवार नियोजनाका सामग्री केही महिनालाई पुग्ने मौज्दात छ’
स्वास्थ्य सेवा विभाग राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने कार्यक्रमका लागि आवश्यक पर्ने सामग्री अभाव हुन नदिन गम्भीर भएर लागेको छ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा
राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण
नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल सुरु गरेको छ ।
‘दरबारको ठुलो षड्यन्त्र गोरखापत्रले असफल बनायो’
संविधानविद्हरु, माथिल्ला राजनीतिकर्मीहरुले तयार गरेको संविधान जारी नगरेर फेरि राजाले षड्यन्त्र गरी प्रजातन्त्रमाथि जो षड्यन्त्र हुन लागेको थियो, त्यो असफल भयो ।
सेती नदीमा बेपत्ता बालकको शव फेला
सेती नदिमा नुहाउने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले बुधबार निकालेको छ ।
सगरमाथा संवाद : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस फोरममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत छलफल हुने बताउनुभएको छ ।
रिकण्डिसन व्यवसायीका समस्याबारे यातायात मन्त्रीको ध्यानाकर्षण
नेपाल अटोमोटिभ व्यवसायी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई रिकण्डिसन व्यवसायीले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराउनुभएको छ ।
विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सङ्घीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्नुभएको छ ।
सगरमाथा संवादः मिडियाले गर्नसक्छ सशक्त पैरवी
सरकारले आगामी जेठ २–४ मा ‘सगरमाथा संवाद’ आयोजना गर्दैछ । जहाँ विश्वभरका प्रबुद्ध व्यक्ति र सम्बद्ध पक्ष ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ बारे बृहत् संवाद हुनेछ ।
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
राष्ट्रियसभा बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको बताउनुभएको छ ।
कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै काठमाडौँ महानगर फाइनलमा
कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ ।
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ
नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको हत्या गरी फरार भएका धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन् ।
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वापा)का उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।
'आफ्नो गाउँ आफै बनाऊँ’ अभियानमा माझी समुदाय
रामेछापको मन्थली नगरपालिका–८ गाईखुराका माझी समुदायमा अपार सामूहिक भावना र एकता छ । गाईखुरामा ६० घरभन्दा बढी माझी समुदायको बसोबास छ ।
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले बुधबार छलफल गरेको छ ।