अवरुद्ध विपी राजमार्ग सुचारु
काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको विपी राजमार्ग पूर्णरूपमा सुचारु भएको छ ।
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
सगरमाथा संवादको तयारी अन्तिम चरणमा : छ वटा विषयमा केन्द्रित हुने
परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।
‘आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्त्व दिएका छौ’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाइरहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले मङ्गलबार भेटवार्ता गर्नुभएको छ ।
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि करिब १८ घण्टा छलफल हुने भएको छ ।
काभ्रेमा बाढीमा बगेकी महिलाको खोजी जारी
काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा बेपत्ता भएका महिलाको खोजीकार्यका लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
जलवायु परिवर्तनको विषय मुल प्रवाहीकरणमा लैजानुपर्छ : डा. रेग्मी
सगरमाथा संवादलाई सरकारले हिमाली क्षेत्रका बहुआयामिक सङ्कट मात्र नभई विश्वको सामाजिक, सांस्कृतिक र आर्थिक समृद्धिमा हिमालको योगदान उजागर गर्ने फरक ढङ्गको पहलका रूपमा अघि सारेको छ ।
शताब्दीपुरुष जोशीको सालिक अनावरण
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसरमा उहाँको सालिक अनावरण गरिएको छ ।
दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित
दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरुलाई सम्मान गरिएको छ ।
तोलामा दुई हजारले घट्यो सुन
सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतका प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरू भएको बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल प्रारम्भ भएको छ ।
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण बनाउन पर्यटन व्यवसायी एवं स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् ।
४५ मेगावाटको ब्रहायणी जलविद्युत निर्माण सुरु
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ३० गते । जुगल गाउँपालिका–२ मा ब्रहायाणी हाइड्रोपावर कम्पनीले ४५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । आयोजनाको सुरुङको मुखमा विस्फोट गराएर निर्माण सुरु गरिएको छ ।परम्परागत लामा तथा ब्राह्मण बिधिद्धारा पूजाआजा गरेर सुरुङ निर्माण थालिएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरुङ प्रारम्भ हुने मुखको भित्तामा स्विच थिचेर विस्फोट गरेर निर्माण कार्य सुरु गरिएको थियो । उक्त पालिकाको वडा नं. २ छिन्दाङबाट ५ दशमलव ५ किलोमिटर सुरुङ निर्माण गरेर ब्रहायणी नदीको पानी तेम्बाथानको दिपुस्थित पावर हाउसमा लगेर बिद्युत् उत्पादन गरिने छ कम्पनीका अध्यक्ष भरत पराजुलीले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि प्रवेश मार्ग तथा इन्जिनियरिङ क्याम्प निर्माण भएको छ । हाइड्रोपावर निर्माणका आवश्यक संरचना निर्माण भएको छ भने अन्य संरचना निर्माणाधीन छ । आयोजना सम्पन्न ९ अर्ब लाग्ने अनुमान गरिएको छ । विशेष परिस्थिति उत्पन्न नभएमा तीन बर्सभित्र आयोजना सम्पन्न हुने जनाइएको छ । आयोजनाले चार किमी नयाँ ट्र्याकसहित २७ किमी प्रवेश मार्ग निर्माण तथा मर्मत गरेको छ । बर्षायाममा समेत काम नरोकिने गरेर व्यवस्थापन मिलाइएको छ । त्यसका लागि अति आवश्यक मेसिन तथा निर्माण सामाग्री सुख्खा मौसममा ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । आयोजना पुग्न एउटा बेलिब्रिज निर्माण गरिएको छ । थप तीन वटा बेलिब्रिज निर्माण गर्न प्रस्ताव गरिएको छ । मूल ठेकेदार छनौटमा आयोजना लागेको छ । सानिमा बैङ्कको नेतृत्वमा वाणिज्य बैङ्कहरूले गर्ने सम्झौता भइसकेको छ । सिन्धुपाल्चोकमा उक्त आयोजनासँगै तीन दर्जन बढी जलविद्युत आयोजना छन् । दुई दर्जनका सङ्ख्याका जलविद्युत आयोजनाले बिद्युत् उत्पादन गरिरहेका छन् भने दर्जन बढी सङ्ख्याका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । जुगल गाउँपालिका र भोटेकोसी गाउँपालिकामा सबैभन्दा बढी जलविद्युत आयोजना सञ्चालनमा छन् । बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, मेलम्ची नगरपालिका लगायतका स्थानीय तहमा हाइड्रोपावरहरू सञ्चालनमा छन् । जलविद्युत आयोजनाहरूले सिन्धुपाल्चोकका सामाजिक कार्यमा सघाउ पुर्याईरहेका छन् । अझै केही नयाँ जलविद्युत आयोजना थपिन लागेका छन् ।
भाँच्चियो निर्माणाधीन पुल
रामेछापमा निर्माणाधीन पक्की पुल भाँच्चिएको छ । जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँच्चिएको हो ।
प्रशासकीय भवन निर्माण तयारी
पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब जापानका किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कुसँग ओसाका शहरमा भिड्ने भएका छन् ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
बिपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता
काभ्रेपलाञ्चोक, वैशाख ३० गते । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । उहाँले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताउनुभयो । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ । यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता हुनुभएको थियो । मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उहाँलाई बगाएको हो । कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो । आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले बताउनुभयो । सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो । यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, वैशाख ३० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४० पैसा र बिक्रीदर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ आठ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५० पैसा र बिक्रीदर ९७ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रूपैयाँ ७८ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ २० पैसा र बिक्रीदर नौ रूपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ सात पैसा र बिक्रीदर चार रूपैयाँ नौ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण भएको छ । यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६० पैसा र बिक्रीदर नौ रूपैयाँ ६४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २८ पैसा र बिक्रीदर २० रूपैयाँ ३७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४९ पैसा र बिक्रीदर १७ रूपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
आजको संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने
काठमाडौँ, वैशाख ३० गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा [कर प्रस्ताव बाहेक] सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।
बनेपामा चण्डेश्वरी जात्रा सुरु
बनेपा, काभ्रेका नेवार समुदायले २५ सय वर्षअगाडिदेखि मनाउने चण्डेश्वरी जात्राले नगर उल्लासमय बनेको छ ।
खर्च योजनासहित बजेट ल्याउन सुझाव
नेपाल चेम्बर अफ कमर्सले समयमै पुँजीगत खर्च सुनिश्चित गर्ने कार्ययोजनासहित आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन सुझाव दिएको छ ।
कर्जा प्रवाहमा सामान्य सुधार
बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६१ अर्ब तीन करोड अर्थात् ७.१ प्रतिशतले बढेको छ ।