महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो ।
‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’
विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ ।
नेपाली स्केटको लक्ष्य ओलम्पिक मेडल
विश्वमा स्केटिङ तीव्र गतिमा लोकप्रिय बनिरहेको खेल हो ।
उल्टियो अन्डाको मूल्य
अन्डा उत्पादक किसान र व्यवसायीले घटाएको भाउ दुई दिनमै उल्टाएका छन् ।
विमानस्थल स्तरोन्नति साठी प्रतिशत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम ६० प्रतिशत सम्पन्न भएको छ ।
‘सशस्त्र प्रहरीले अपराध अनुसन्धानको अधिकार पाउँदैन’
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीलाई अपराध अनुसन्धानलगायतका कुनै पनि अधिकार नदिने बताउनुभएको छ ।
एसियाली राजमार्ग निर्माण तीव्र
एसियाली मुलुकबिच सडक सञ्जाल जोडेर निर्वाध आवतजावत तथा व्यापार गर्न पाउने अवधारणा अन्तर्गत नेपालमा निर्माण सुरु गरिएको एसियाली राजमार्ग (एसियन हाइवे) को निर्माण तीव्र गतिमा अगाडि बढेको छ ।
राजनीतिक स्थिरताका दुई पार्टी मिल्यौं : बरिष्ठ उपाध्यक्ष पोखरेल
पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहनु भएको नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रमुख दुई ठूला पार्टीहरु खास परिस्थितिमा मिलेर अघि बढेको बताउनुभएको छ ।
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
भारतीय सीमावर्ती क्षेत्रबाट मकवानपुर हुँदै चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस चढेर आएका दुई जना भारतीय नागरिक पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।
‘स्वास्थ्य बिमा व्यवस्थित गर्न दुई चरणको काम थालिएको छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमामा देखिएका विकृति हटाउन दुई चरणमा काम भइसकेको बताउनुभएको छ ।
पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न मन्त्री पौडेलको अपिल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) गर्न अपिल गर्नुभएको छ । मन्त्री पौडेलले सोमबार भिडियो सन्देश जारी गर्नुहुँदै पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न ३० वर्ष माथिका महिलालाई अपिल गर्नुभएको हो ।
प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसीका प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ ।
आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने पर्यटनमन्त्रीको विश्वास
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँः अध्यक्ष महतो
राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेश सरकारको बेथितिविरुद्ध सङ्घर्ष गर्ने बताउनुभएको छ ।
राष्ट्रिय एकता बचाउन सामाजिक सञ्जालको नियमन आवश्यक : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव बचाउन सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको बताउनुभयो ।
महाशिवरात्रिमा ट्राफिक व्यवस्थापन : ८९० प्रहरी खटिने
महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवम् व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।
संसद्को अभिलेखमा रहेको सपरिवारलाई श्रद्धाञ्जली भन्ने शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन
सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जली व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिनुभएको छ ।
पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ रातमाटे चेकपोस्टबाट पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ ।
‘हरित विद्यालय निर्माणमा सरकार लाग्छ’
सङ्घीय सरकारको वन तथा वातावरण राज्यमन्त्री रूपा विकले नेपालमा हरित विद्यालय निर्माणमा सरकार लाग्ने बताउनुभएको छ । नेपालकै एक मात्रै हरित विद्यालय बज्र एकेडेमीको वातावरणमैत्री नाट्य कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले गुणस्तरीय शिक्षा, वातावरण चेतना र सामाजिक दृष्टिकोणको विकासका लागि सरकार हरित विद्यालय सञ्चालनमा लाग्ने बताउनुभएको छ ।
जनावरले प्रयोग नै गरेनन् ‘अन्डर पास’
नारायणगढ–मुग्लिङ सडकखण्डको रामनगर वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन भएको छ । सवारीसाधनको चापका कार
विश्वसनीय र सन्तुलित समाचारको सङ्कल्प
गोरखापत्र संस्थानको कान्छो प्रकाशन हो डिजिटल प्रकाशन । गोरखापत्र दैनिकले १२४ वर्ष पूरा गरी १२५ वर्षको खुट्किलो टेक्नै लाग्दा हामी डिजिटल प्रकाशनको आज तेस्रो वार्षिकोत्सव मनाइरहेका छौं । २०६९ मंसिरदेखि गोरखापत्र अनलाइन डट कम डोमेनमा व्यवस्थित रुपले समाचार प्रकाशन गर्दैआएका छौं ।
नेप्सेको सिइओ खुला प्रतिस्पर्धाबाट ल्याइने
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रिक्त पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।
विदेशबाट आउनेले ल्याएका सामग्रीको आर्थिक स्रोत खोजिनुपर्ने
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामरालगायतका सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताउनुभएको छ ।
बढ्यो द्रुतमार्गको प्रगति
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गको भौतिक तथा वित्तीय प्रगति बढेको छ ।