उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् ।
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु
महाशिवरात्रिको अवसर पारेर बुधबार चारवटा चलचित्रको मुहूर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो ।
परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ ।
महाशिवरात्रिले शिवालयमा भिड
महाशिवरात्रिको अवसरमा सिन्धुपाल्चोकका शिवालयमा भिड लागेको छ । जिल्लाका विभिन्न स्थानमा रहेको महादेव मन्दिरमा बिहानैबाट भक्तजनको भीड लागेको हो ।
लैङ्गिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका हकअधिकारलाई संस्थागत गर्दै सुनिश्चत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आजदेखि सिनेमा घरमा ‘फेरि रेशम फिलिली’
नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’ बुधबारदेखि प्रदर्शनमा आएको छ । सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिली’ महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ ।
थाहामा कृषि सामग्री वितरण
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा कृषि सामग्री वितरण गरिएको छ ।
पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने
महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
टुँडिखेलमा मनाइयो २६२ औँ सेना दिवस (फोटो फिचर)
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सव बुधबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
फूलपातीमा अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आउँदै
अभिनेता एवम् निर्देशक अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आगामी दशैँको फूलपातीको दिन रिलिज हुने भएको छ ।
डोलेश्वरका चारै ढोका खुला
महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ ।
सेना दिवस नेपालको गौरवपूर्ण अतीत : नेपाली सेना
नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष पहिचान कायम गरेको एक प्राचीन मुलुक हो । यो मुलुकको गौरवमय छवि, स्वाभिमान र स्वतन्त्र अस्तित्व अक्षुण राख्न इतिहासको विभिन्न कालखण्डमा धेरै व्यक्ति र संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन् ।
विश्वसङ्गीत महोत्सव हुँदै
नमस्ते ब्यान्डले सञ्चालन गरिरहेको संस्था नमस्ते सांस्कृतिक सङ्गीत प्रशिक्षण केन्द्रले नमस्ते ब्यान्डका गायक इश्वर गुरुङकाे संयोजकत्वमा १८ औं महाशिवरात्री विश्वसंगीत महोत्सब आयोजना गर्दैछ ।
महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको छ ।
चौतारा अस्पताल उत्कृष्ट
चौतारा अस्पताल गुणस्तर सुधार न्यूनतम मापदण्ड कार्यान्वयनमा ९३ अङ्क प्राप्त गरी बागमती प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले चौतारा अस्पतालको अनुगमनपछि उक्त नम्बर दिँदै प्रदेश भरकै
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
फागुन कृष्ण चतुर्दशीः भगवान् शिव उत्पत्ति हुनुभएको महाशिवरात्रि पर्व
भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ । तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन सुरु गर्नुभएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका गर्नुभएको छ ।
बङ्गलादेशमा सेना दिवस, साहित्यिक महोत्सव
बङ्गलादेशमा सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासमा दुवै कार्यक्रम आयोजना गरिएका हुन् ।
देशका अधिकांश भागमा मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ । तराईका केही भागमा हल्का हुस्सु लागेको छ ।
आज महाशिवरात्रि मनाइँदै
हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि बुधबार (आज) धुमधामका साथ देशभरि मनाइँदै छ ।