कृषि नीतिमा आत्मनिर्भरतालाई जोड दिन सुझाव
नयाँ बन्ने कृषि नीतिले आत्मनिर्भरता, आधुनिकीकरण, व्यवसायीकरण र प्रतिस्पर्धी उत्पादनलाई जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रलाई अवसर
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा थाइल्यान्ड पुगेको नेपालको निजी क्षेत्रले सो औपचारिक भ्रमणलाई आपसी सम्बन्ध विस्तार, लगानी तथा ज्ञान आदानप्रदान तथा संस्थागत सहकार्यको अवसरका रूपमा उपयोग गरेको छ ।
तीन हजार रुपियाँ बढ्यो स्वास्थ्य परीक्षण शुल्क
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले स्वास्थ्य परीक्षण शुल्कबापत अब नौ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने भएको छ । सरकारले यस्तो खर्च एकै पटक तीन हजार रुपियाँ बढाएको हो । यसअघि छ हजार पाँच सय रुपियाँमा सबै परीक्षण हुन्थ्यो ।
ट्याङ्कीभित्र घोरेढुङ्गो
‘हल्लाउँ हल्लाउन सकिँदैन, फुटाउँ फुटाउन सकिँदैन’ खानेपानीको ट्याङ्कीभित्र पहिरोले बगाएर ल्याएको १३ फिट लामो र आठ फिट गोलाइ भएको विशाल ढुङ्गा (घोरेढुङ्गो) छिरेपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ११ कोलभन्ज्याङका नागरिकलाई पिरलो परेको छ ।
विधिमै विभेदमा अवकाश प्राप्त कर्मचारी
सङ्घीय निजामती सेवा विधेयकको दफाबार छलफलमा संलग्न सरकारका उच्च पदस्थ कर्मचारीले आफूलाई समेत लाभ हुने गरी कानुनी व्यवस्था गरेको पाइएको छ ।
प्रदेशसभा सचिवमा पौडेल नियुक्त
बागमती प्रदेशसभा सचिवालयको सचिवमा रामकुमार पौडेल नियुक्त हुनुभएको छ । बुधबार नियुक्त हुनुभएका सचिव पौडेललाई सभाका सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभयो ।
इन्द्रसरोवरमा सुमो दुर्घटना : तीन जना गम्भीर घाइते
हेटौँडा–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर–२, बतासेमा सुमो दुर्घटना भएको छ। बुधबार दिउँसो ३ बजेर ५५ मिनेटको समयमा सुमो दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गरिने
हेटौँडा उपमहानगरपालिकाले अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने भएको छ ।
बागमती प्रदेश सभाको अधिवेशन अन्त्य
बागमती प्रदेश सभाको चालु १५ औँ अधिवेशन बुधबार रातिबाट अन्त्य हुने भएको छ। प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चालु अधिवेशन बुधबार रातिबाट लागु हुने गरी अन्त्य गर्नुभएको हो।
रेडियो नेपालले मनायो हीरक महोत्सव (फोटो फिचर)
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले आफ्नो औपचारिक स्थापनाको ७५ औँ वार्षिक उत्सव (हीरक महोत्सव) आज मनाएको छ ।
सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौती : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेबारी सञ्चारमाध्यमको भएको बताउनुभएको छ ।
नेपाल र थाइल्यान्डबिच आठ समझदारीपत्रमा हस्ताक्षर
नेपाल र थाइल्यान्डबिच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
रेडियो नेपालले सरकार तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्न : सञ्चारमन्त्री
पृथ्बीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थामा रूपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताउनुभएको छ ।
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबिच समझदारी
आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति सङ्घ र थाइल्यान्डको महिडोल युनिभर्सिटीका बिचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र थाइल्यान्डबिच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।
सुनचाँदीको मूल्य घट्यो
मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।
कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा बुधबार सुनुवाइ हुँदै छ ।
भीमफेदीस्थित नेपाली सेनाको ब्यारेकमा आगलागी
मकवानपुरको भीमफेदीस्थत नेपाली सेनाको बहुउद्देश्यीय प्लास्टिक कारखाना परिसरमा रहेको सेनाको ब्यारेकमा आगलागी भएको छ । बुधबार बिहान आगलागीबाट सेनाको जवान बस्ने भवन जलेर नष्ट भएको हो ।
वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताउनुभएको छ ।
भीरबाट लडेर एक जनाको मृत्यु
दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको छ ।
गाउँमा क्याम्पस चलाउन हम्मे
तत्कालीन समयमा कक्षा १२ सम्मको पढाइको व्यवस्था गाउँमा नै गर्न सके सदरमुकाम जानुपर्ने बाध्यता हट्ने सोचेर गाउँका अगुवाले विद्यालय स्थापना गराए । १२ कक्षापछि फेरि स्नातक तहसम्मको सपना देखे ।
रेडियो नेपाल आवाजविहीनको आवाज बन्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गर्नुभएको छ ।
बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
बागमती प्रदेश सरकारले बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।