विश्व व्यापारमा नयाँ हलचल
‘आर्थिक स्वतन्त्रताको घोषणा’ गर्दै संयुक्त राज्य अमेरिकाले विश्वका सबै देशलाई न्यूनतम १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस्तो निर्णय सार्वजनिक गर्दै आजको दिनलाई अमेरिकाको आर्थिक स्वतन्त्रताको संज्ञा दिनुभएको हो ।
सावधानी अपनाउन आह्वान
काठमाडौँको वायुप्रदूषण विश्वकै एक नम्बरमा परेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘सञ्चार माध्यममा महिलाको आवाज आउँदैन’
बागमती प्रदेशका महिला सांसदहरुले सञ्चारकर्मीसँग गुनासो गर्दै संसद बैठकमा बोलिएका कुराहरु सञ्चार माध्यममा नआएको टिप्पणी गर्नुभएको छ ।
‘वैदेशिक रोजगारीबाट फर्किने ४० प्रतिशतमा मिर्गौलाको समस्या छ’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किने ४० प्रतिशत नेपालीमा मिर्गौलासम्बन्धी रोग देखिएको बताउनुभएको छ । गोरखापत्र पदाधिकारीहरुसँगको भेटमा आज उहाँले सो कुरा बताउनुभएको हो ।
‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित
केही दिनयतादेखि काठमाडौँमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् ।
तीनकुने घटनाबारे जानकारी लिन कानुन समितिले बोलायो गृहमन्त्री
कानुन, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेको छ ।
उपराष्ट्रपति यादव र बङ्गलादेशी कार्यवाहक राजदूत कबीरबिच भेटर्वार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालस्थित बङ्गलादेशी दूतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले शिष्टाचार भेटर्वार्ता गर्नुभएको छ ।
कुमारीपाटी जावलाखेल सडक महोत्सव शुक्रबारदेखि
ललितपुरको कुमारीपाटी-जावलाखेलमा शुक्रबारदेखि चैत २३ गतेसम्म सडक महोत्सव हुने भएको छ ।
भारततर्फ सामान निर्यातको बाटो खुल्यो
भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ ।
जनताको सहज पहुँचबाट टाढिदै सरकारी अस्पताल
जिल्ला अस्पतालमा हाडजोर्नी लगायत अन्य औषधी उपचारका लागि धादिङ अस्पताल आइपुगेका बिरामीहरू ठगिने गरेका छन् ।
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको छ ।
भिरबाट लडेर मृत्यु
मकवानपुरको भिमफेदीमा भिरबाट लडेर बिहीबार बिहान एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा भिमफेदी गाउँपालिका –१ नयाँगाउका ४९ बर्षिय अकिलबहादुर पाख्रिन रहेका छन् ।
सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
अधिवेशन अन्त्य गर्ने निर्णयको विरोध
बागमती प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णयको प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले विरोध जनाएका छन् ।
मध्यवर्तीका युवालाई सिपमूलक तालिम
चितवन राष्ट्रिय निकुञ्ज का मध्यवर्ती क्षेत्रका युवालाई स्वरोजगार बनाउन सिपमूलक तालिम प्रदान गरिएको छ । संरक्षणसँग सम्बन्धित काम गर्दै आएको तराई भूपरिधि परियोजना
गायक मुरलीधरको नयाँ गीत सार्वजनिक
‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ ।
बारुदी सुरुङ जागरूकता दिवस आज
‘सुरक्षित भविष्य यहाँबाट सुरु हुन्छ’ नाराका साथ आज विश्वभर बारुदी सुरुङ जागरूकता र सहयोगका लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै छ ।
मानव सेवा आश्रमद्वारा एक करोडको अक्षयकोष स्थापना
सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि मानव सेवा आश्रमले झापामा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
भन्सार कार्यालयबाटै एक्जिम कोड
अबदेखि भन्सार कार्यालयबाट मात्र निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) उपलब्ध गराइने भएको छ ।
कृषि नीतिमा आत्मनिर्भरतालाई जोड दिन सुझाव
नयाँ बन्ने कृषि नीतिले आत्मनिर्भरता, आधुनिकीकरण, व्यवसायीकरण र प्रतिस्पर्धी उत्पादनलाई जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रलाई अवसर
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा थाइल्यान्ड पुगेको नेपालको निजी क्षेत्रले सो औपचारिक भ्रमणलाई आपसी सम्बन्ध विस्तार, लगानी तथा ज्ञान आदानप्रदान तथा संस्थागत सहकार्यको अवसरका रूपमा उपयोग गरेको छ ।
तीन हजार रुपियाँ बढ्यो स्वास्थ्य परीक्षण शुल्क
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले स्वास्थ्य परीक्षण शुल्कबापत अब नौ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने भएको छ । सरकारले यस्तो खर्च एकै पटक तीन हजार रुपियाँ बढाएको हो । यसअघि छ हजार पाँच सय रुपियाँमा सबै परीक्षण हुन्थ्यो ।