दैलेखमा नमुना मतदान, ४८ मतमा चार मत बदर
स्थानीय तहको निर्वाचनका लागि नमुना मतदान गरिएको छ । बुधबार जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न डुगेश्वर गाउँपालिका–१ मा रहेका त्रिवेणी संगम माध्यमिक विद्यालयमा नमुना मतदान गरिएको हो ।
लमजुङमा नमुना मतदान : मतदाता शिक्षाको अभाव
मतदाता शिक्षाका लागि लमजुङमा नमुना मतदान गरिएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगरेको अवस्थामा नुमना मतदान गरिएको हो ।
कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा थप
कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो । ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ ।
खलंगामा पुरुषको शव फेला
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ खलंगामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१ चौर गाँउका ४२ वर्षका प्रजापति शर्माको शव फेला परेको हो ।
सुर्खेत प्रदेश अस्पताल उत्कृष्ट
सुर्खेतस्थित प्रदेश अस्पताल देशभरकै उत्कृष्ट छनोट भएको छ । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा प्रदेश अस्पताल उत्कृष्ट छनोट भएको हो ।
झ्यालबाट लडेर महिलाको मृत्यु
गोठको झ्यालबाट लडेर जिल्लामा एक जना महिलाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका–३ की ५५ वर्षीया चुडा घर्तीको गोठको झ्यालबाट लडेर शनिबार बिहान मृत्यु भएको हो ।
सुर्खेतमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन
सुर्खेतमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएको छ । दुई दलबीच भएको सहमतिअनुसार काँग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा नगरपालिकाको उपप्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।
चट्याङले एकको मृत्यु, चार घाइते
शिवराज ढुंगाना अछाम, वैशाख १७ गते । मेघ गर्जनसहित चट्याङ लागेर पञ्चदेवल विनायक नगरपालिकामा एक बालकको मृत्यु भएको छ । खाना खाएर शुक्रबार बेलुकf परिवारसँग सुतेका पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला निवासी १२ वर्षीया सुरत कामीको मृत्यु भएको अछाम प्रहरीले पुष्टि गरेको छ । शुक्रबार राति करिब १२ बजेतिर घरमा चट्याङ पर्दा सोही घरका ६० वर्षीय रने कामी, ५५ वर्षीया मीना कामी, ५० वर्षीया जयसरा कामी, ७० वर्षीय बृकेश रावल घाइते भएका छन् ।रने, मीना र जयसराको हालसम्म होस नआएको र उपचारका लागि लैजान तयार रहेको वडा अध्यक्ष गोविन्द रावलले जानकारी दिनुभयो ! `तीन जना बेहोस् छन्, उपचारका लागि लिन हामीले गाडी मगाएका छौँ ।´ वडा अध्यक्ष रावलले भन्नुभयो ।
जुम्लामा गठबन्धन नहुने
स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धनका विषयमा अन्योल भइरहेको समयमा गठबन्धनमा रहेका राजनीतिक दलले जुम्लामा अब गठबन्धन नहुने बताएका हुन् ।