जीर्ण पुलबाट आवतजावतमा रोक
पुलको लठ्ठा चुँडिएर खच्चड अड्किएको कर्णाली नदी माथिको खिड्कीज्युला पुलमा मानिसलाई आवतजावतमा जिल्ला प्रशासन कार्यालय, अछामले रोक लाएको छ ।
निरन्तरको प्रयासले नेतृत्व क्षमता बढ्ने विश्वास
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले निरन्तरको छलफलले आफूहरूको नेतृत्व क्षमता सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
अमरसिंह थापाको सालिक निर्माणपछि पर्यटक आकर्षित
जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्व बढाएको छ ।
भगवान शिवको प्रतिमा
नैनीमा एकै ढुंगामा पाँच मुर्ति कुद्न थालिएको मध्येमा भगवान शिवको प्रतिमा । तस्विरः शिवराज ढुंगाना
‘खच्चड मरे म ऋणमा डुब्ने भएँ’
अछामको भाटगाउँका जीवन रोकामगरको मोबाइलमा आइतबार फोन आयो । घरमा खाना खाने तयारी गरिरहेका जीवनले फोनबाटै आफ्ना सबै खच्चड पुलमा दुर्घटनामा परेको खबर पाउनुभयो । थालमा पस्केको खाना खान नपाउँदै उहाँ दुर्घटनास्थलतिर दगुर्नु प¥यो । अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिस नगरपालिका जोड्ने झोलुङ्गे पुलमा दुर्घटना हुँदा उहाँका खच्चड अड्किएका थिए । त्यो खबरसँगै उहाँ एकाएक छाँगाबाट खसे जस्तै हुनुभयो । पारिपट्टि दैलेख र कालीकोटका अग्ला पहाडबाहेक जीवनको आँखामा अरू केही नदेखिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “एकैछिनमा मेरा सबै सपना चुँडिए । मन रोयो ।”
‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन
यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला”मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।
सुदूरपश्चिमका मन्त्रालय फुटाउने कुरामा कांग्रेसको आपत्ति
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सरकारले मन्त्रालय फुटाउन गरेको तयारीको विरोध गरेको छ ।
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिको गणना सुरु
जैविक विविधताले महत्त्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातीको गणना सुरु गरिएको छ ।
‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा
जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । अध्ययनसँगसँगै बिदाका दिन उहाँलाई भ्याइनभ्याई हुन्छ ।
निर्माण रोकिएको शीतभण्डार पुन: सुरु गर्न किसानको आग्रह
जिल्लाको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ ।
अझै बनेन विपत् प्रतिकार्य योजना
खोला, नदीनाला धेरै भएको कैलाली जिल्ला अरू जिल्लाको तुलनामा मनसुनजन्य विपत्बाट जोखिममा पर्दै आएको छ । डाँडाकाँडामा डोजरे विकास र जथाभाबी वन फँडानी र चुरे अतिक्रमणलगायतका कारणले हरेक वर्ष जिल्लावासीले प्राकृतिक विपत्का घटनाबाट पीडा भोग्नु परिरहेको छ । खास गरेर चुरे क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढी, डुबानलगायतबाट धनजनको क्षति हुने गरेको छ । त्यसैले जिल्लाका हरेक बस्तीमा बर्खा नलाग्दै त्रास फैलिने गरेको छ । यस वर्षको मनसुन आउन थाले पनि कैलालीमा जिल्ला विपत् प्रतिकार्य योजना अझै बनिसकेको छैन । मनसुनजन्य विपत्बाट हुन सक्ने हानीनोक्सानी
निःशुल्क हुने बिमासमेत गर्दैनन् किसान
भागेश्वर गाउँपालिका–४, बगरकोटका भीम सार्कीले ४५ वटा बाख्रा पाल्नुभएको थियो । गएको जेठ २ गते उहाँका ११ वटा बाख्रा एकै पटक मरे । पेट फुल्ने, नाक, मुखबाट पातलो तरल पदार्थ निस्कने, सिँगान बग्ने, सास फेर्न कठिनाइ हुने जस्ता लक्षण देखिएसँगै बाख्रा मरेका हुन् । गाउँपालिकाका पशु सेवा शाखा संयोजक नायब पशु सेवा प्राविधिक मोहन सार्कीका अनुसार जेठ ४ गतेसम्म उहाँका ३१ वटा बाख्रा मरे । उहाँले बाख्राको बिमा गर्नुभएको थिएन । निःशुल्क हुने बिमा नगर्दा सार्कीले ठुलो क्षति बेहोर्नु प¥यो ।
लट्ठा चुँडिँदा विद्यार्थीले पढ्न पाएनन्
कर्णाली नदीको झोलुङ्गे पुलको लट्ठा चुँडिँदा आवतजावत बन्द भएपछि कर्णलीपारिका ९५ जना विद्यार्र्थी विद्यालय जानबाट वञ्चित भएका छन् । आइतबार बिहान भारी बोकेका खच्चड पार गर्ने क्रममा चुँडिएको पुललाई स्थानीय प्रशासनले आवतजावतमा रोक लगाउँदा विद्यार्थीको अध्ययनमा असर परेको हो ।
सुदूरपश्चिमका सात मन्त्रीले लिनुभयो शपथ
सुदूरपश्चिम प्रदेशमा थप सात मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । यसअघि डेढ महिनादेखि मुख्यमन्त्रीसहित तीन सदस्यीय सरकार मात्र रहेको थियो ।
पुलबाट उद्धार गरिएका खच्चडको विज्ञ केन्द्रको टोलीद्वारा उपचार
अछामको कालेकाँडा र दैलेखको खिड्किज्यूला जोड्ने झोलुङ्गे पुलमा फसेर उद्धार गरिएका घाइते खच्चडहरूको थप उपचार गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा बने ११ मन्त्री
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्नुभएको छ । अब प्रदेश सरकार ११ सदस्यीय भएको छ ।
उद्धारको नमुना अभ्यासका क्रममा प्रहरी जवानको मृत्यु
विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ ।
स्वतन्त्र प्रदेश सभा सदस्य डा. जोशी सरकारमा नजाने
सुदूरपश्चिम प्रदेश सरकारमा डडेलधुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी सहभागी नहुने हुनुभएको छ । उहाँले वर्तमान सरकारका पक्षमा उभिँदै आउनुभएको छ ।
श्रमाधान रोजगार मेला : पहिलो दिन दुई हजार दुई सय ५० को आवेदन
कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।
सुदूरपश्चिम सरकारले आज पूर्णता पाउने
सत्ता गठबन्धनका दलहरु सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । यसका लागि दलहरुबिच आइतबार साँझ नै मन्त्रालय भागवण्डामा सहमति जुटेको बताइएको छ ।
इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट
सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन जोशीको परिवारलाई इजरायली राजदूत हेनान गोडर र स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा. हाइम शाकदले भेट गर्नु भएको छ । आइतबार राति विपिनको घर कञ्चनपुरको महेन्द्रनगर पुगेर कलेजका अध्यक्ष र राजदूतले भेट गर्नु भएको हो ।
पढ्दै सिक्दै कमाउँदै विद्यार्थी
बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयमा सञ्चालन गरेको ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । परम्परागत सिप लोप भइरहेका बेला नगरपालिकाले ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रमको अवधारणा ल्याएर विद्यार्थीलाई विभिन्न सामग्री निर्माण गर्न लगाएको छ । विद्यार्थीले विद्यालयमै सिप सिक्नुका साथै सामग्री निर्माण गरेर पैसा कमाउने गरेका छन् । प्रत्येक हप्ताको शुक्रबार विद्यार्थीले निगालोबाट बन्ने डोका निर्माण गरेर पढ्दै सिक्दै कमाउँदै गरेका छन् । विद्यार्थीलाई सिपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ विद्यालयमा यस किसिमको सामग्री निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ । विद्यार्थीले निर्माण गरेका सामग्री पालिकाले नै खरिद गर्दै आएको छ । नगरपालिकाभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा सञ्चालन गर्ने गरेर पढ्दै सिक्दै कमाउँदै कार्यक्रम अगाडि बढाइएको नगरप्रमुख अम्मर खड्काले बताउनुभयो ।
परम्परा संरक्षण गर्न कृषि औजारको पूजा
खेतीपाती सुरु गर्नुअगाडि कृषि औजारको पूजा गर्ने थारू समुदायको परम्परागत चलन संरक्षणका लागि कैलालीको एक गाउँका किसान लागेका छन् । धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादाका किसान परम्परागत कृषि औजारको पूजा गर्ने परम्परागत चलन संरक्षणमा जुर्मुराएका हुन् । उनीहरूले खेतीपातीको काम सुरु गर्नुअगाडि कृषि औजारको पूजाआजा गरेका छन् । विगतमा हलो, जुवा, कोदालो, किल्वाही, हेङ्गालगायतका परम्परागत कृषि औजारको पूजा गरेर मात्रै बर्खे धान खेतीको काम सुरु गर्नुपर्ने यो समुदायमा मान्यता थियोे तर अचेल त्यो चलन हराउँदै गएको छ ।
निर्माण व्यवसायी सम्पर्कविहीन
धान फल्ने खेतमा ढुङ्गा थुपारेर निर्माण व्यवसायी (ठेकेदार) सम्पर्कविहीन भएका छन् । सिगास गाउँपालिका जाने मूल सडक सुधार गर्न एक करोड रुपियाँको ठेक्का हात पारेका ठेकेदार फरार भएका हुन् । सडक सुधारका नाममा खेतमा ढुङ्गा फालेर ठेकेदार सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । सिगास–३, सिन्याखेतबाट गाउँपालिका केन्द्र गर्जे जाने २१ किलोमिटर सडक सुधार गर्न एक करोड रुपियाँमा ठेक्का लगाइएको थियो । ठेकेदारले सडक सुधारको काम अधुरै छाडेर उल्टै स्थानीयको खेतमा ढुङ्गा फालेर सम्पर्कविहीन भएको स्थानीय घनश्याम धामीले बताउनुभयो । यस विषयमा पालिकालाई कुनै जानकारी नआएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो । “सम्झौता अनुसारको काम गर्न ठेकेदारलाई पत्राचार गरेका छौँ,” प्रशासकीय अधिकृत अवस्थीले भन्नुभयो, “सम्झौता अनुसारको काम नगरे ठेक्का तोडेर धरौटी जफत गर्ने प्रक्रियामा जान्छौँ ।”