• ८ मंसिर २०८१, शनिबार

मृतकका परिवारलाई प्रदेश सरकारले राहत दिने

blog

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ।

अविनाश चौधरी

धनगढी, भदौ ३ गते । सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखको दरले राहत दिने भएको छ । 

मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत दिने घोषणा गर्नुभएको हो । यसै गरी, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । गए राति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको छ । स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो । 

पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की, नातिनीहरू छ वर्षीया आकृति र तीन वर्षीया लक्ष्मी धामीको ज्यान गएको छ । घटनामा परी छ जना घाइते भएका छन् । पहिरोमा परेको परिवारको तत्काल उद्धार र राहतका लागि निर्देशन दिएको मुख्यमन्त्रीले जनाउनुभएको छ ।