बैतडीमा ११ः३० बजेसम्म २२ हजार ६३६ मत खस्यो
बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भई जारी रहेको छ ।
बागमती प्रदेशका प्रमुख देवकोटाले गृहनगर धनगढीमा गर्नुभयो मतदान
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान मतदान गर्नुभएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित तुलसीराम मावि उत्तरबेहडी धनगढीमा गएर उहाँले मताधिकारको प्रयोग गर्नुभएको हो ।
बैतडीमा ९८ वर्षीया वृद्धाद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा आज मतदान सुरु भएको छ ।
बैतडीमा तीन घण्टामा तेह्र हजार मत खस्यो
प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका सबै मतदाना केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । तीन घण्टामा करिब १२ हजार ९९८ मत खसेको छ ।
मतदानमा ज्येष्ठ नागरिक उत्साहित
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। जिल्लाका २१५ मतदान केन्द्रमा मतदान गर्न आएका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको छ।
भीमबहादुर रावलद्वारा मतदान
पूर्वउप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछामको क्षेत्र नम्बर १ को साँफेबगर नगरपालिका–६ स्थित भागेश्वरबार मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
बैतडीमा १२ हजार ९८२ मत खस्यो
बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको हो।
कञ्चनपुरमा मतदान सुरु
कञ्चनपुरमा शान्तिपूर्ण ढंगले मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार, जिल्ला स्थित तीन वटै निर्वाचन क्षेत्रका ३६० मतदानकेन्द्रमा शान्तिपूर्ण ढंगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिषचन्द्र जोशीले सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान सूरु भएकोे बताउनुभयो ।
बाजुरामा तीन घण्टामा १४ हजार मत खस्यो
बाजुरामा तीन घण्टामा १४ हजार मत खसेको छ। यहाँ बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो र अहिलेसम्म करिब १४ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एमाले उपमहासचिव भट्टद्वारा कैलाली–४ मा मतदान
नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–४ को गोदावरी नगरपालिका–१ स्थित घण्टेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
बैतडीमा शान्तिपुर्ण रूपमा मतदान सुरु
बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।
बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सुरु
बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सुरु भएको छ । निर्वाचन आयोगको समय अनुसार बिहान ७ बजे देखि यहाँका ७७ मतदानस्थल ११८ स्थायी र १ अस्थायी गरी ११९ मतदान केन्द्रमा शान्तिपुर्ण मतदान सुरु भएको हो ।
कञ्चनपुरमा एमाले उम्मेदवारद्वारा मतदान
कञ्चनपुरमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तीनै निर्वाचन क्षेत्रका नेकपा एमालेका उम्मेदवारले मतदान गर्नुभएको छ।