चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका-६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।
फागुपूर्णिमापछि मुख्यमन्त्री शाहले विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने तयारी गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्री शाहले गोरखापत्रसँगको कुराकानीमा सो तयारीबारे जानकारी दिनुभएको हो । सङ्घीय सरकारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले सरकार छाडेका थिए । त्यसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थाल्नुभएको हो ।
अजयमेरुकोट संरक्षणको पर्खाइमा
डडेलधुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ । तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ ।
जातीय विभेद हटाउन संविधानको पूर्ण कार्यान्वयन जरुरी
जातीयरुपमा गरिने विभेद हटन नसकेकामा शुक्लाफाँटा नगरपालिका-१० झलारीकी अनिता नेपाली निकै चिन्तित हुनुहुन्छ । तीन महिनादेखि उहाँले दलित समुदायको न्यायका लागि थालिएको रूपान्तरण अभियानको नेतृत्व गर्दै आउनुभएको छ ।
आइएलओको टोलीद्वारा रोजगार कार्यक्रमको अनुगमन
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को टोलीले कैलालीको कैलारीमा सञ्चालित स्वरोजगार कार्यक्रमको अनुगमन गरेको छ।
मकैखेतीमा किसानको आकर्षण बढ्दै
पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् ।
अपमानित गाउँका नाम फेर्दै उपप्रमुख
पाटन नगरपालिका–५ का गणेश वडलाई कतै जाँदा आफ्नो गाउँको परिचय दिँदा अपमानित हुने डरले गाउँको परिचय नै लुकाउनुपर्ने बाध्यता थियो तर अहिले भने उहाँको गाउँको नाम सिर्जना टोल हुँदा यो समस्या हटेर गएको छ । दलितलाई होच्याउने र अपमानित हुने गरेर राखिएका ‘डुमेउडा, लुहार भ्वाँ, भुलेउडा’ जस्ता दलित बस्तीका अपमानित नाम फेर्न पाटन नगरपालिकाका उपप्रमुख आफैँ खटिएपछि २३ वटा दलित बस्तीका नाम परिवर्तन भएका छन् ।
स्वच्छता सामग्री पाउँदा छात्रा खुसी
महिनावारी भएको समय विद्यालयमा समस्या भोग्दै गरेका बाजुराका अधिकांश छात्रा पछिल्लो समय पेन्टी पाउँदा निकै हर्षित बनेका छन् । यहाँका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रिनतारा नेपालले विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात् महिनावारी स्वच्छता पेन्टी वितरण गरेपछि उनीहरू खुसी बनेका हुन् ।
एकै पटक रोपियो सात हजारभन्दा बढी स्याउका बोट
बाजुरामा एकै पटक सात हजार बढी स्याउका बोट रोपिएको छ । बुढीनन्दा नगरपालिका–९, अँगाउपानीमा ११५ जना परिवारको सहभागितामा एकै पटक सात हजार तीन सयभन्दा बोट स्याउ रोपेर सामुदायिक बृहत् स्याउ बगैँचा स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्र बाजुराको बृहत् विशेष उत्पादन कार्यक्रम अन्तर्गत बुढीनन्दा नगरपालिकाले करिब २५ हेक्टरको एउटै क्लस्टरमा स्याउ रोपेर सामुदायिक स्याउ बगैँचा स्थापना गरेको हो ।
कला, संस्कृति संरक्षणमा कठरिया युवा
नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने कठरिया थारू समुदायका युवा आफ्नो मौलिक कला, संस्कृति संरक्षणमा जुर्मुराएका छन् । थारू जातिमा अल्पसङ्ख्यक समुदायका रूपमा रहेको सो समुदायका युवा लोप भइरहेको कला, संस्कृति संरक्षणमा जुटेका हुन् । कैलाली, बर्दियासहित भारतको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने कठरिया समुदायको कला, संस्कृति लोप भइरहेको छ ।
सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै
सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।
मानव भएर बाँच्न पाउनुपर्छ : प्रमुख मिया
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले मानवले मानव भएर बाँच्न पाउनु पर्ने बताउनुभएको छ । ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) को सन्दर्भमा बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
श्रीमतीको हत्या गरी कर्मचारीमाथि पनि आक्रमण
बैतडीमा एक जनाले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरमा डेरा गरी बसेका गाउँपालिकाका दुई जना कर्मचारीलाई पनि उनले गम्भीर घाइते बनाएका छन् ।
‘नेताहरूको ध्यान कुर्सी पाउनमै केन्द्रित छ’
पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले दलहरूको ध्यान कुर्सी पाउन र बचाउनमै केन्द्रित रहेको बताउनुभएको छ ।
राना समुदायको पृथक् होली
अन्य समुदायले भन्दा राना समुदायले होलीपर्व पृथक् तरिकाले मनाउने गरेका छन् । झण्डै ३८ दिनसम्म मनाइने राना समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ ।
६८० विद्यार्थीलाई प्याडसहितको पेन्टी वितरण
बाजुराका ६८० जना विद्यार्थीलाई एक संस्थाले प्याडसहितको पेन्टी वितरण गरेको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रीनतारा नेपालले विद्यालयलयमै पुगेर प्याड सहित भएको पेन्टी अर्थात महिनावरी स्वच्छता पेन्टी वितरण गरेपछि उनीहरु हर्षित बनेकी हुन् ।
लागुऔषध सेवन प्रमाणित गर्न गाह्रो
डडेलधुरा जिल्लामा गत वर्षभन्दा यस वर्ष लागुऔषध दुव्र्यसनीका मुद्दा बढेका छन् । यस वर्षको आठ महिनाको तथ्याङ्क हेर्दा गत वर्षभन्दा बढी मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयको एक तथ्याङ्क अनुसार, यस आर्थिक वर्षको चार महिना अझै बाँकी हुँदा लागुऔषध दुव्र्यसनीका मुद्दा बढेको पाइएको छ ।
सहयोगको पर्खाइमा विक
दत्या विक उमेरले ३७ वसन्त पार गर्नुभयो । यस्तो युवा अवस्थामा दत्या कोही कसैको सहाराबिना कतै जान नसक्ने अवस्थामा हुनुहुन्छ । बिरामीले मान्छेलाई न युवा भन्छ, न त वृद्ध, न त बालक नै भन्दो रहे छ, दत्याका छिमेकी भन्छन्, “कोही सहारा नभएपछि दत्या ओछ्यानमै पल्टिन बाध्य छन् ।”
शुक्लाफाँटामा घडियाल
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल गोही देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्र कसराबाट २५ वटा घडियाल शुक्लाफाँटामा ल्याइएको हो । स्थानान्तरण गरी ल्याइएका तीन भाले र २२ पोथी घडियाललाई निकुञ्जमा रहेको चौधर नदीमा छाडिएको छ । हरेक कुरा बुझ्नका लागि केही दिनसम्म ‘सफ्ट इन्क्लुजर’ भित्र रहने गरी नदीमा घडियाल छाडिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।
५२ करोडको लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण
कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि रु ५२ करोड लागतमा तटबन्ध निर्माण भइरहेको हो ।
बालक उपचारका लागि दुई लाख रुपियाँ जुट्यो
आर्थिक अभावले समयमै उपचार नपाउँदा स्वास्थ्यमा गम्भीर समस्या भएका १२ वर्षीय बालकको विषयमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि दुई दिनमा करिब दुई लाख रुपियाँ सहयोग जुटेको छ ।
एमाले डडेलधुराको अध्यक्षमा शाही
नेकपा एमाले डडेलधुराको अध्यक्षमा गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । भित्री मधेश जोगबुडाको परशुराम नगरपालिका १२ मा रहेको परशुराम रंगशालाम भएको पार्टीको नवौँ अधिवेशनबाट शाहीलाई अध्यक्षमा चयन गर्दै नयाँ कमिटीसमेत सर्वसम्मत रूपमा चयन गरिएको हो ।
नागरिकता नहुँदा सुविधाबाट वञ्चित
बाजुराको बुढीगङ्गा नगरपालिका –८ मोटाबाडामा अस्थायी रुपमा बसोबास गर्दै आउनभएकी रङ्गी नेपालीले नागरिकता नपाउँदा सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ ।
कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द
कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।