बडिमालिका नगरपालिकामा एमालेको जित
शेरबहादुर सार्कीबाजुरा, जेठ ३ गते । बाजुराको बडिमालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । बडिमालिकाको मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दाकुमारी थापा विजयी हुनुभएको हो ।खडकाले नेपाली काँग्रेसका उम्मेदवार पण्डितलाई ४६७ मतले पराजित गुर्नभएको छ । खड्काले चार हजार १९ मत ल्याउनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनराज पण्डितले तीन हजार ५५२ मत रहेको छ । त्यस्तै उपमेयरमा विजयी नन्दाकुमारी थापाले उहाँकी प्रतिद्वन्द्वी राधिका सिहलाई ८८२ मतले पराजित गर्नुभयो । थापाको चार हजार २ सय ३३ मत रहेको छ भने राधिकाकुमारी सिंहले तीन हजार ३ सय ५१ मत ल्याउनुभयो । नौ वटा वडा भएको बडिमालिका नगरपालिकामा एमाले ७ र नेपाली काँग्रेसले २ ठाउँमा जित हात पारेको छ । वडा नम्बर १ मा काँग्रेसका कृष्णबहादुर कार्की, २ मा एमालेका डम्बर बहादुर महत, ३ मा एमालेका डबलबहादुर रोकाया र ४ मा काँग्रेसका अर्जुन नाथले वडा नम्बर ५ मा एमालेका धरमपाल मिजार, ६ मा कृष्णबहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्रबहादुर थापा र ९ मा एमालेकै सुर्यकिरण विक विजय भएका छन् । यसभन्दा पहिला २०७४ सालको स्थानीय चुनावमा नगरप्रमुख नेपाली काँग्रेसका पदम बडुवाल र उपप्रमुख नेपाली काँग्रेसकै कविता विष्ट विजयी हुनुभएको थियो ।
अछामका पालिका प्रमुखमा काँग्रेस, वडामा एमाले अगाडि
स्थानीय तह निर्वाचन अन्तर्गत अछामका सात स्थानीय तहमा मतगणाना सम्पन्न भएको छ ।
२५ वर्षपछि कांग्रेसले फर्कायो दिपायल सिलगढीमा गुमेको विरासत
डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर/उपमेयरसहित भारी मतले विजयी भएको हो।
बर्दगोरियामा अध्यक्षमा एमालेका कुँबर र उपाध्यक्षमा माओवादीका गिरी विजयी
कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)का कर्ण कुँबर विजयी हुनुभएको छ । कुँबरले गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका शेरबहादुर कठरियालाई एकहजार ६५६ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।
पूर्वमन्त्री रामजनम चौधरीको वडामा नयाँ रामजनम निर्वाचित
नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा नयाँ रामजनमको उदय भएको देखिएको छ ।
गेरुवामा अध्यक्षसहित सबै वडामा काँग्रेसको जित
बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवार जमानसिंह के.सीले ७ हजार ६९८ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभयो ।
डडेल्धुरामा नेपाली काँग्रेस ४ र नेकपा माओवादी केन्द्र २ पालिकामा विजयी
डडेल्धुरा जिल्लाका सात वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले चार र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहमा जित हात पारेको छ । एक स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ ।
कैलालीको बर्दगोरिया अध्यक्षमा एमालेका कुँवर विजयी
अविनाश चौधरीधनगढी, जेठ ३ गते । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का कर्ण कुँवर विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले पराजित गरी उहाँ अध्यक्षमा विजयी हुनु भएको हो । विजयी कुँवरले पाँच हजार ४८२ र पराजित हुनुभएका कठरियाले चार हजार १८६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गणेशराज गिरि चार हजार ५६९ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँले नेकपा (एमाले) का उम्मेदवार इन्दु कठरियालाई ३१४ मतान्तरले पराजित गर्नुभयो । पराजित हुनु भएकी कठरियाले चार हजार २५५ मत प्राप्त गर्नुभयो । सो पालिकामा जम्मा १४ हजार ९४३ मत खसेको थियो ।
प्रधानमन्त्री देउवालाई भ्रातृशोक
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ बर्षको उमेरमा आज बिहान २ बजे निधन भएको छ । प्रधानमन्त्रीका निजी सचिव भानु देउवाका अनुसार, उहाँको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।