पूर्व राज्यमन्त्रीको वडामा उन्मुक्ति पार्टीका उम्मेदवार विजयी
अविनाश चौधरीधनगढी, जेठ ४ गते । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा विजयी हुनुभएको हो । नेपाली काङ्ग्रेसका उम्मेदवारलाई २२६ मतान्तरले पराजित गरी उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको छ । जित हासिल गर्नुभएका चौधरीले ८०३ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका सोनी डङ्गौरा, नागरिक उन्मुक्ति पार्टीबाट दलित महिला सदस्यको उम्मेदवार नहुँदा सो पद्मा काङ्ग्रेसका उम्मेदवार शान्ती नेपाली विजयी हुनुभएको छ । खुला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका रामबहादुर चौधरी र श्यामसुन्दर चौधरी विजयी हुनुभएको छ । काङ्ग्रेसका नेताद्वय एवम् पूर्वमन्त्री रामजनम चौधरी र पूर्व राज्यमन्त्री चौधरीको गृह पालिका हो । दुवै जनाको वडामा नागरिक उन्मुक्ति पार्टीले कब्जा जमाउन सफल भएको छ । पूर्वमन्त्री चौधरीको घर रहेको वडामा नागरिक उन्मुक्ति पार्टीका रामजनम चौधरी नै विजयी भइसक्नुभएको छ । जोशीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार जित नजिक रहनु भएको छ । अब औपचारिक घोषणा गर्न मात्रै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयको भनाई छ ।
डोटीका ७ पालिकामा काँग्रेस, माओवादी र एमाले एक एकमा विजयी
डोटीका ९ वटै पालिकाहरुमो मत परिणाम सार्वजनिक भएको छ । दुई नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटी जिल्लामा नेपाली कांग्रेस सात वटा पालिकामा विजयी भएको हो । नेपाली कांग्रेसले दुई नगरपालिका र चार गाउँपालिकामा जित हासिल गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक एक पालिकामा मात्रै विजयी भएका छन् ।
सुदूरपश्चिममा नयाँ नेतृत्व
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये सोमबार दिउँसोसम्म ५४ पालिकाको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार नेपाली काँग्रेसले २३, नेकपा (एमाले)ले १९, नेकपा माओवादी केन्द्रले ११ र स्वतन्त्रले एक पालिकाको प्रमुखमा जित हात पारेका छन् । यस्तै उपप्रमुखमा काँग्रेसका २९, एमालेका १७, माओवादीका सात र नेकपा (एकीकृत समाजवादी)का एक जना निर्वाचित भएका छन् ।
बडिमालिका नगरपालिकामा एमालेको जित
शेरबहादुर सार्कीबाजुरा, जेठ ३ गते । बाजुराको बडिमालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । बडिमालिकाको मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दाकुमारी थापा विजयी हुनुभएको हो ।खडकाले नेपाली काँग्रेसका उम्मेदवार पण्डितलाई ४६७ मतले पराजित गुर्नभएको छ । खड्काले चार हजार १९ मत ल्याउनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनराज पण्डितले तीन हजार ५५२ मत रहेको छ । त्यस्तै उपमेयरमा विजयी नन्दाकुमारी थापाले उहाँकी प्रतिद्वन्द्वी राधिका सिहलाई ८८२ मतले पराजित गर्नुभयो । थापाको चार हजार २ सय ३३ मत रहेको छ भने राधिकाकुमारी सिंहले तीन हजार ३ सय ५१ मत ल्याउनुभयो । नौ वटा वडा भएको बडिमालिका नगरपालिकामा एमाले ७ र नेपाली काँग्रेसले २ ठाउँमा जित हात पारेको छ । वडा नम्बर १ मा काँग्रेसका कृष्णबहादुर कार्की, २ मा एमालेका डम्बर बहादुर महत, ३ मा एमालेका डबलबहादुर रोकाया र ४ मा काँग्रेसका अर्जुन नाथले वडा नम्बर ५ मा एमालेका धरमपाल मिजार, ६ मा कृष्णबहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्रबहादुर थापा र ९ मा एमालेकै सुर्यकिरण विक विजय भएका छन् । यसभन्दा पहिला २०७४ सालको स्थानीय चुनावमा नगरप्रमुख नेपाली काँग्रेसका पदम बडुवाल र उपप्रमुख नेपाली काँग्रेसकै कविता विष्ट विजयी हुनुभएको थियो ।
अछामका पालिका प्रमुखमा काँग्रेस, वडामा एमाले अगाडि
स्थानीय तह निर्वाचन अन्तर्गत अछामका सात स्थानीय तहमा मतगणाना सम्पन्न भएको छ ।
२५ वर्षपछि कांग्रेसले फर्कायो दिपायल सिलगढीमा गुमेको विरासत
डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर/उपमेयरसहित भारी मतले विजयी भएको हो।
बर्दगोरियामा अध्यक्षमा एमालेका कुँबर र उपाध्यक्षमा माओवादीका गिरी विजयी
कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)का कर्ण कुँबर विजयी हुनुभएको छ । कुँबरले गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका शेरबहादुर कठरियालाई एकहजार ६५६ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।
पूर्वमन्त्री रामजनम चौधरीको वडामा नयाँ रामजनम निर्वाचित
नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा नयाँ रामजनमको उदय भएको देखिएको छ ।
गेरुवामा अध्यक्षसहित सबै वडामा काँग्रेसको जित
बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवार जमानसिंह के.सीले ७ हजार ६९८ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभयो ।