• ३ जेठ २०८१, बिहिबार

फेन्सिङ सङ्घमा सुनिलको निरन्तरता

blog

नेपाल फेन्सिङ सङ्घका निर्वाचित पदाधिकारी ।

काठमाडौँ, वैशाख १९ गते । नेपाल फेन्सिङ सङ्घको अध्यक्षमा सुनिल कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सङ्घको काठमाडौँमा बुधबार सम्पन्न चुनावी साधारणसभाले पुन: सुनिलको अध्यक्षतामा सङ्घको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उहाँ अघिल्लो कार्यकालमा पनि अध्यक्ष हुनुहुन्थ्यो । 

सङ्घको उपाध्यक्षहरुमा निराकार मानसिंह रेग्मी, हेल्गा राण रायमाझी, राजेन्द्र श्रेष्ठ, संजीव तुलाधर र विजयी शाही निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा सुजनलाल श्रेष्ठ, सचिवमा प्रविणलाल नापित र कोषाध्यक्षमा अनुप कपाली निर्वाचित हुनुभएको छ । 

सदस्यहरुमा थानेश्वर ढकाल, सुरेन्द्रप्रसाद चौधरी, सतिशराम वैद्य, ज्ञानबहादुर तामाङ, त्रैलोक्यनाथ पाण्डेय र सविन मानन्धर चुनिनु भएको छ । सङ्घको थप दुई सदस्यमा एलिशा अधिकारी र कल्पना खड्कालाई मनोनित गरिएको नवनिर्वाचित सङ्घका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो ।