ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु
दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तीमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् ।
कमाउन गएको छोरो सम्पर्कविहीन
कञ्चनपुर पुनर्बासका ओमप्रसाद भुसाल लामो समय सम्पर्कविहीन बनेपछि दीर्घरोगी बुवाआमाको बिचल्ली भएको छ । पाँच वर्षदेखि भारतको हैदराबादमा
स्वास्थ्यका हाकिमको मेडिकलमा छापा
पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजकले श्रीमतीलाई नक्कली स्वास्थ्यकर्मी बनाई सञ्चालन गरेको मेडिकल पसल सिल गरिएको छ । बजार अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयले मदिरा पसलमा भेटेरिनरीको औषधीसमेत बिक्री गर्ने थप तीन वटा पसलमा ताला लगाएको छ ।
आध्यात्मिक सम्मेलनका लागि खप्तडमा रामदेव आउने
सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने हुनुभएको छ । उहाँको उपस्थितिमा जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको हो ।
असिना पानीले गहुँबाली नष्ट
बाजुरामा असिना पानीले गहुँबाली नष्ट पारेको छ । बुधबार परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा पाक्न लागेको गहुँ बाली नष्ट पारेको हो ।
घोडाघोडीमा घोडा सवारबाट ताल अवलोकन गर्ने व्यवस्था
जैविक विविधताले महत्त्वपूर्ण कैलालीको घोडाघोडी तालमा घोडामा सवार भएर ताल क्षेत्रको अवलोकन गराइन थालेको छ । यसले गर्दा घोडाघोडीको आकर्षण थप उचाइमा पुगेको हो ।
कालिका नगरमा बसपार्क निर्माणको प्रक्रिया सुरु
कैलालीको धनगढी उपमहानगरपालिका–३ कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणको प्रक्रिया सुरु भएको छ ।
कर्णाली नदीमा विपतसम्बन्धी अभ्यास
कणाली नदीको मध्य भागमा बुधबार दिउँसो केही मानिस बचाउ बचाउ भन्दै रोइ कराइरहेका थिए । त्यही बेला सशस्त्र प्रहरी बलका डुङ्गामा (मोटरबोट) सुरक्षाकर्मीसहितको उद्धार टोली नदीमा दौडियो ।
बाजेका पालाको सडकमा गाडी चढ्ने धोको अधुरै
बैतडीका १० वटा स्थानीय तहमध्ये सबैभन्दा ठूलो भूगोल रहेको बैतडीको च्वाँगढ क्षेत्रको लाइफलाइन मार्ग गाँजरी–थलाकाँडा सडक तीन दशकदेखि अलपत्र परेको छ । २०५२ साल मङ्सिर २८ गतेदेखि निर्माण सुरु भएको यो सडकमा काम गर्ने बाजे पुस्ता अस्ताइसक्दा पनि नाति पुस्ताको गाडी चढ्ने धोको अधुरै रहेको छ ।
बढ्दै बाल कुपोषण
बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन् ।
कर्णालीको माछा आम्दानीको माध्यम
कर्णाली नदीको माछा साना व्यापारीको आम्दानीको माध्यम बनेको छ।माछाको परिकार बिक्री गरेर उनीहरुले आम्दानी गर्दै आएका हुन्।
कर्णाली नदीमा विपतसम्बन्धी अभ्यास
बुधबार दिउँसो कर्णाली नदीको मध्यभागमा केही मानिस बचाउबचाउ भनेर रोइ कराइरहेका थिए । त्यही बेला सशस्त्र प्रहरी बलका डुङ्गामा (मोटर वोट) रहेका विभिन्न खालका टोली उद्धारका लागि दौडिए । त्यही रेडक्रसको टोली पनि प्रारम्भिक उपचारका लागि पुग्यो ।
फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी
कञ्चनपुरको भीमदत्त नगरपालिका –४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।
बागबजार सडक विस्तार : थप मुआब्जा तीस करोड
डडेलधुरा सदरमुकाम बागबजार क्षेत्रको सडक ३० मिटर फराकिलो बनाउन मुआब्जाका लागि सरकारले थप ३० करोड रुपियाँ पठाएको छ। यसअघि सडक क्षेत्रमा पर्ने घरजग्गाको मुआब्जाकै लागि पहिलो किस्ताबापत २० करोड रुपियाँ बजेट आएको थियो। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग महाकाली राजमार्गको बागबजार क्षेत्र फराकिलो बनाउन थप रकम प्राप्त भएको हो। महाकाली राजमार्गको बागबजारदेखि उग्रतारा सडकखण्डको मुआब्जा र क्षतिपूर्तिका लागि ३० करोड रुपियाँ बजेट आएको सडक डिभिजन कार्यालयले जनाएको छ। अर्थ मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै रकमान्तर स्वीकृत गरेपछि सडक डिभिजन कार्यालय
घर निर्माण र छानामा परिवर्तन
बाजुराका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाई लगातार भूकम्प आउन थालेपछि स्थानीयवासी त्रसित बन्न थालेका छन् । भूकम्पका कारण घर, गोठ भत्किनुका साथै केही व्यक्ति घाइते भएपछि यहाँ घर बनाउने शैली र छानासमेत परिवर्तन गर्न थालिएको छ। यहाँका अधिकांश गाउँबस्तीका स्थानीयले भूकम्पको डरले घरको छानामा रहेको सिलेट (ढुङ्गा) हटाई जस्तापाता (कर्कट) प्रयोग गर्न थालेका छन्। भूकम्प आउँदा ढुङ्गाको छानो लगाएको घर भत्केर च्यापिने डरले जस्तापाताको छाना लगाउन थालेका हुन्।
रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चद्वारा सदर
सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा दोषी रेशमलाल चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ ।
नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन् : पक्की पुल कहिले
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ ।
कठ्घोरी नाच संरक्षणमा जुरमुराए के गाउँवासी
लोपको सङ्घारमा पुगेको कठ्घोरी नाच संरक्षणमा के गाउँवासी जुरमुराएका छन् ।
सिडिओले समाते ठेकेदारको कठालो
दैनिक मजदुरी गरी छाक टार्न बाध्य कामदार महिलालाई दुई वर्षसम्म ज्याला नदिने ठेकेदारको कठालो समातेर प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले एक लाख रुपियाँ ज्याला असुल गरिदिनुभएको छ ।
प्रभावकारी भएन पोषण कार्यक्रम
घोडाघोडी नगरपालिकामा १५ जना बच्चामा कडा खाले कुपोषण देखिएको छ भने १६५ जनामा मध्यम खालको कुपोषण देखिएको छ । कुपोषित बच्चाको घोडाघोडी नगरपालिकामा रहेका चारवटा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
शिक्षा क्षेत्रमा दोहोरो मापदण्ड सुधारप्रति आशङ्का
शिक्षकको तलब, भौतिक संरचनालगायतमा पर्याप्त बजेट नदिने र शुल्क पनि लिन नमिल्ने मापदण्डको अन्त्य नहुँदासम्म सामुदायिक शिक्षा क्षेत्र सुधार नहुने औँल्याइएको छ ।
स्याउ खेतीमा किसानको आकर्षण बढ्दो
पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा बाजुरामा उत्पादित स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समयस्याउ खेतीप्रति आकर्षण बढ्दैगएको हो ।
जिल्ला अस्पताल बैतडी सर्वोत्कृष्ट
देशभरका प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा सञ्चालनसम्बन्धी मापदण्डमा सर्वोत्कृष्ट भएको छ। न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम मूल्याङ्कनका आधारमा जिल्ला अस्पताल ९५ प्रतिशत अङ्क प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल भएको हो। आइतबार आयोजित एक कार्यक्रममा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमका संयोजक विमलचन्द्र पुनले देशभरका प्राथमिक अस्पतालको मूल्याङ्कनका आधारमा बैतडी जिल्ला अस्पताल पहिलो भएको घोषणा गर्नुभयो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला अस्पतालले उपचारमा निकै ठुलो फड्को मारेको बताउनुभयो। अस्पतालको स्वास्थ्य उपचार सेवा दीर्घकालसम्म टिकाइ राख्नुपर्नेमा उहाँले जोड
‘बुस्टर डोज’ लगाउने न्यून
कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् ।