युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले सुदूरपश्चिममा युवालाई पासपोर्टको ठाउँमा रोजगारी दिने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । आइतबार धनगढीमा राष्ट्रिय युवा परिषद्को सहकार्य तथा प्रदेश युवा परिषद्ले समन्वयमा युवालय संस्थाले आयोजना गरेको दुई दिने प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो
नेपालको संविधान २०७२ अनुसार सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले शासन प्रशासन चलाइरहेका छन् । विसं २०६२÷६३ अघिको केन्द्रिकृत एवं एकात्मक राज्य व्यवस्थामा केन्द्र र स्थानीय तहले दिने सरकारी सेवासुविधाका बारेमा सर्वसाधारण जानकार रहे पनि प्रदेश तहको सरकारले गर्ने काम कारबाहीबारे भने नयाँ अनुभव हो ।
खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि वि.सं. १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि वि.सं, २००३ मा ‘भू–स्वर्ग’ पुग्नुभयो ।
प्रधानमन्त्री रोजगार कायक्रम पाँच करोड अनियमितता
प्रधानमन्त्री रोजगार कार्यक्रमको पाँच करोड रुपियाँ अनियमितता भएको पाइएको छ । सुर्नया गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाटो निर्माण र सडक मर्मतको नाममा उपभोक्ता समिति गठन गरेर रकम निकास गरेको पाइएको हो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले सुर्नया गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा बेरोजगार श्रमिक छनोट नगरी सिधै उपभोक्ताको खातामा पाँच करोड ८४ लाख ७६ हजार रुपियाँ निकासा गरिएको तथ्य खुलाउँदै यस घटनाको छानबिन गरी यसमा संलग्न दोषीलाई कारबाहीको सिफारिस गरेको छ । सो प्रतिवेदनमा भनिएको छ, “सुर्नया गाउँपालिकाको २२ हजार ४५२ मध्ये २३ प्रतिशत जनसङ्ख्या बेरोजगार हुन् भन्दै श्रमिकलाई रकम नदिएर १०२ वटा योजनाको नाममा उपभोक्ता समिति गठन गरी रकम निकासा गरिएको पाइयो ।”
स्वास्थ्य शिविरबाट स्थानीय महिला लाभान्वित
चुरे गाउँपालिका वडा ६ सिम्ताकी ७० वर्षीया कृष्णा कार्कीले आफ्नै गाउँघरमा स्वास्थ्य अवस्था जाँच गर्ने मौका पाउँदा खुसी हुनुभएको छ ।
ग्रामीण क्षेत्रका महिलाद्वारा उद्योग सञ्चालन
कैलालीको ग्रामीण क्षेत्रका महिलाले उद्योग सञ्चालन गरिरहेका छन् । ५० लाख रुपियाँभन्दा बढी लगानीमा महिलाले कुटानी पिसानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उपभोक्ताले गर्नुपर्ने काममा डोजर र एक्साभेटर प्रयोग
बैतडीका स्थानीय तहले गठन गरेका उपभोक्ता समितिले सडक आयोजनामा अपारदर्शी रूपमा डोजर तथा एक्साभेटर जस्ता हेभी उपकरण प्रयोग गर्दै आएका छन्। यस्ता उपकरण पनि हाल बहाल तथा निवर्तमान जनप्रतिनिधिहरूकै आफन्त नातेदारका हुने गरेको पाइएको छ। स्थानीय तहमा विकास निर्माणका काममा डोजरको प्रयोग बढ्दा बजेट दुरुपयोग हुनुका साथै स्थानीय मजदुरको रोजगारी खोसिएको छ। स्थानीय तहले पुँजीगत बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च गर्ने गरेका छन्।
विपत् जोखिमको कृतिम अभ्यास
नेपाली सेनाको सुदूरपश्चिम पृतनाले शुक्रबार लम्कीचुहा नगरपालिका–३ स्थित कर्णाली नदीमा मनसुनजन्य विपत् न्युनिकरण सम्बन्धी संयुक्त कृतिम अभ्यास गरेको छ।
‘रेशम चौधरीको आममाफीको फाइल गृहमा पठाइयो’
राष्ट्रपति कार्यालयले कैलालीको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा जन्मकैदका सजाय भोगिरहनुभएका रेशम चौधरीको आममाफीको विषयमा निर्णय गर्न फाइल गृह मन्त्रालय पठाइएको छ ।
‘सरकारलाई उत्तरदायी बनाउन संसदीय समिति सक्रिय हुनुपर्छ’
पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सरकारलाई उत्तरदायी बनाउन प्रदेश सभा र प्रदेश सभाका समिति अझ बढी क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
बसपार्क निर्माणको प्रक्रिया सुरु
कैलालीको धनगढी उपमहानगरपालिका–३, कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । उपमहानगरपालिकाको समन्वयमा नगर विकास कोषले बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाएको हो । सो स्थानमा बसपार्क निर्माणका लागि स्थलगत सर्भेसमेत गरिएको छ । बसपार्कको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेको काम भएको वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बताउनुभयो ।
सहकारीविरुद्ध ठगीको उजुरी कार्यालय बन्द, सञ्चालक फरार
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ग्राहकको रकम फिर्ता गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दामा उजुरी परेको छ । प्रहरी कार्यालयमा उजुरी दिन बचतकर्ताको भिड लागेको थियो । सो सहकारीले डडेलधुरामा मात्रै ४१ करोड रुपियाँभन्दा बढी रकम निक्षेप सङ्कलन गरेको पाइएको छ । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरी सञ्चालक र कर्मचारी फरार भएका छन् । दुई हजारभन्दा बढी पीडितले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
पालिका कार्यालयमा कांग्रेस कार्यकर्ताको घेराउ
टुक्रे योजनालाई बजेट र वडा कार्यालयलाई बढी प्रशासनिक खर्च माग्दै कैलालीमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै पार्टी नेतृत्वको सरकार रहेको पालिका घेराउ गरेका छन् ।
प्रदेश सभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम
प्रभावकारी संसदीय अभ्यास तथा कानुन निर्माणमा प्रदेश सभा सदस्यहरूको भूमिका विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम बिहीबारदेखि धनगढीमा सुरु भएको छ ।
खुश्बुको उपचार वीरमा, अझै रोग पत्ता लागेन
कैलालीको घोडाघोडी नगरपालिका –७ करैचाका खुश्बु चौधरी एक वर्षदेखि अज्ञात रोगका कारण थला पर्नुभएको छ । विवाहित २२ वर्षीया खुश्बुको एकाएक खुट्टामा पानीको फोका उठ्ने फुट्ने र घाउ फैलँदै जानथालेपछि दुवै खुट्टा काम नगर्ने अवस्थामा पुगेको छ ।
नदीजन्य पदार्थ ढुवानी गर्न लामबद्ध ट्रयाक्टर
कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर ।
वन क्षेत्रमा कृत्रिम पोखरी
कैलालीको लम्कीचुहा नगरपालिकास्थित सामुदायिक वनमा वन्यजन्तुलाई पानी पिउनका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ। वडा नम्बर १ मा रहेको चेतना सामुदायिक वन र ३ मा रहेको मुक्त कमैया सामुदायिक वनमा कृत्रिम पोखरी बनाइएको हो। सुक्खायाममा वन क्षेत्रका जलाशय सुकेर वन्यजन्तुलाई पानी खानका लागि उत्पन्न हुने समस्यालाई समाधान गर्न कृत्रिम पोखरी निर्माण गरिएको जनाइएको छ। बर्खायाममा थोरै पानी जम्दै आएको स्थानमा व्यवस्थित गरेर कृत्रिम पोखरी बनाइएको चेतना सामुदायिक वनका कार्यालय सचिव कुमारी सार्कीले बताउनुभयो।
विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकसँग करारनामा सम्झौता
बाजुराको बुढीगंगा नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सो पालिकामा रहेका २९ वटा विद्यालयका प्रधानाध्यापकसँग एक वर्षीय ३४ बुँदे करारनामा गरेको छ ।
कैलालीमै फल्यो स्याउ, कृषक उत्साहित
तातो हावापानी रहेको कैलालीमा लटरम्म स्याउ फलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका –९ प्रतापपुर एकलघरुवामा कृषक गोकर्ण ओलीले लटरम्म स्याउ फलाउनु भएको हो ।
बाजुरामा ठुलो हावाहुरी, घरमा क्षति
बाजुरामा हिजो राति आएको हावाहुरीका कारण अधिकांश घरमा ठुलो क्षति पुगेको छ । गए राति ११ बजे चलेको हावाहुरीले बाजुराका बूढीगङ्गा नगरपालिका –१० सिगाडामा क्षति गरेको हो ।
हावाहुरीले छाना उडायो, पशुचौपाया मरे
बुधबार राति बैतडीमा हावाहुरीसहित चट्याङ पर्दा पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा गाई, भैँसी र बाख्रा मरेका छन् ।
नयाँ प्रजातिको चरा शुक्लाफाँटामा
नेपालका लागि नयाँ प्रजातिको चरा सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा थपिएको छ । लानिडी पन्छी परिवारअन्तर्गतको नयाँ प्रजातिको भद्राई चरा थपिएको हो ।
हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते
कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।
बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो ।