गर्मीसँगै खानेपानी समस्या गाउँभरका लागि एउटै धारो
तराईमा तापक्रम बढेसँगै यहाँका कतिपय बस्तीमा खानेपानीको समस्या देखिएको छ। कैलालीको घोडाघोडी नगरपालिका–८, जरही गाउँ पनि यस्तै समस्या भोग्नेमा एक हो। स्थानीय सरकारको पहलमा सामूहिक खानेपानीको व्यवस्था गरिए पनि उच्च तापक्रमका कारण पानीको स्रोत घट्दा तथा बिजुलीको पावर कम भएपछि सो बस्तीका पाँच सय घरधुरी परिवारलाई खानेपानीको जोहो गर्न धौ धौ परेको छ। सुखड बजारदेखि करिब १५ किलोमिटरको दूरीमा रहेको जरही दुर्गम गाउँ हो। २०६४ सालको बाढीबाट विस्थापित धेरै परिवारको सो गाउँमा बसोबास छ।
खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ ।
सुदूरपश्चिममा केन्द्रको निर्णय कुर्दै उन्मुक्ति पार्टी
मन्त्रालय बाँडफाँटमा चित्त नबुझ्दा सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्मा सामेल नभएको नागरिक उन्मुक्ति पार्टी अब केन्द्रको निर्णय कुरिरहेको छ।
प्रदेश सरकारलाई विशेष अधिकार दिन अर्थमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको ज्ञापनपत्र
सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीद्वारा योजना आयोगका उपाध्यक्षसँग भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ ।
सुत्केरीको उद्धारका लागि हेलिकप्टर
दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ ।
काठे पुलको शुल्क घटाउन अटेर
स्थानीय सरकारले निर्धारण गरेकोभन्दा दोब्बर शुल्क लिइरहेका काठे पुल सञ्चालक ठेकेदारले शुल्क घटाउन अटेर गरेका छन्। कैलालीको भजनी नगरपालिका–५ स्थित कान्द्रा नदीको करमदेव घाटमा काठे पुलका ठेकेदारले मनोमानी रूपमा लिने गरेको गुनासो स्थानीयको छ। सो नदीमा काठे पुल हाल्ने ठेकेदारले मोटरसाइकलसहित पुल तर्ने व्यक्तिबाट जनही ३० रुपियाँ शुल्क असुल गरिरहेका छन्। स्थानीयले पक्की पुलको माग गरे पनि आवश्यक बजेट नहुँदा काठे पुल हाल्ने ठेकेदारलाई रकम असुल्ने सजिलो माध्यम बन्ने गरेको छ।
श्रीलङ्काका बाढी विस्थापितले पाएनन् जग्गा
टीकापुर नगरपालिका–८, श्रीलङ्का (साबिक धनसिंहपुर गाविस–१) बाट विस्थापित भएका जग्गाधनीले आफ्नो जग्गा छुट्याउन पाएका छैनन्। कैलाली र बर्दियाको सीमा भएर बग्ने कर्णाली नदी २०४० सालमा पश्चिमतिर सरेपछि यहाँको जग्गा नदीपारि पुगेको थियो। हाल यस ठाउँलाई श्रीलङ्का भनिन थालिएको हो। कर्णाली नदी निरन्तर पश्चिमतिरै बग्न थालेपछि २०४० सालमा आएको बाढीले बगाएको केही जग्गा नदी उकास भएर खेतीयोग्य भएको छ।
टावर छ, नेटवर्क छैन
पुरचौँडी नगरपालिका र सिगास गाउँपालिकामा नेपाल टेलिकमको टावर भए पनि फोनको नेटवर्क नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन्। जिल्लामै बढी जनसङ्ख्या रहेको पुरचौँडी नगरपालिकामा टेलिकमको नेटवर्क आकाशमा बादल लाग्नेबित्तिकै बन्द हुने गरेको छ।
बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
साँफे मार्तडी सडक मर्मत सुरु
अविरल वर्षाका कारण भत्किएको साँफे मार्तडी सडक बनाउन सुरु भएको छ । बाढी पहिरोले भत्किएको साँफे मार्तडी सडकअन्तर्गत बार्जुगाड सेराबजार बल्दे अम्कोट तीपाडा लगायतका ठाउँका सडक मर्मत सुरु गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सभाको संसदीय समिति गठन
सुदूरपश्चिम प्रदेश सभाको कार्य व्यवस्था परामर्श र विषयगत संसदीय समितिहरू गठन भएको छ । मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको कारण ढिलो गरेर समितिहरू गठन गरिएको हो ।
डिजिटल प्रविधिमैत्री शिक्षामा जोड
कैलालीमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसका प्राध्यापकहरुलाई एकदिने कार्याशाला कार्यक्रममा शिक्षकले पढाउने विषयवस्तुलाई प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोगका विषयमा जानकारी दिइएको हो ।
वर्फानी बाबा आश्रम क्षेत्र सरसफाइ
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाइ गरिएको छ । स्थानीय युवाको सक्रियतामा शनिबार आश्रम क्षेत्रको सरसफाइ गरिएको हो ।
पालिका अध्यक्ष र समिति अध्यक्षबीच कुटाकुट
सिगास गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिका पदाधिकारीबिच २० लाख ४४ हजार रुपियाँको चेकका विषयमा विवाद हुँदा कुटाकुट भएको छ। कुटपिटबाट घाइते भएका सडक उपभोक्ता समितिका अध्यक्ष अस्पताल भर्ना भएका छन्। सडक उपभोक्ता समितिलाई गाउँपालिकाको लेखा शाखाले उक्त रकम भुक्तानीका लागि दिइएको चेक गाउँपालिका अध्यक्षले बैङ्कलाई रोक्का गर्न निर्देशन दिएपछि कुटाकुट भएको हो।
बाजुरगडामा पानीको काकाकुल
कैलाली जिल्लाको तत्कालीन निगाली गाविसबाट छविलाल साउद २०५१ सालमा हालको चुरे गाउँपालिका–४ को बाजुरगडा बसाइँ सर्नुभयो। सहजताको खोजीमा सपरिवार बाजुरगडा सर्नुभएका साउदले यस गाँउमा झन जटिलता झेल्नु परेको दुखेसो पोख्नुभयो।
सुदूरपश्चिम प्रदेश सरकार विस्तार, कृषि मन्त्रालय खाली
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार भएको गर्नुभएको छ।
विद्यार्थीको चाप बढ्दा कक्षा कोठाको अभाव
सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम अन्तिममा पुगेको छ । कैलालीमा केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ ।
हुड्कोमै रमाएको जीवन
हुड्को र दमाहा बजाउँदै छलिया नाचमा टाउकोमा चिया पकाउने कलाका धनी बैतडीका मनोहरराम दमाई (मनोहर परियार) सुदूरपश्चिमका अग्रज छलिया कलाकार हुनुहुन्छ । हुड्को र दमाहासहित छलिया नृत्यमा टाउकोमा आगो बालेर कित्लीमा चिया पकाउँदै नाच्ने अद्भुत कला छ उहाँसँग । उहाँले विभिन्न कार्यक्रममा यो कला प्रस्तुत गरेर पुरस्कार र सम्मान पाइसक्नुभएको छ । मनोहरले यो कला नेपालमा मात्रै होइन, भारतको कुमाउ, गढवालमा समेत धेरै चोटि प्रदर्शन गरिसक्नुभएको छ । बैतडीको मेलौली नगरपालिका–१, मेलौलीमा २०१२ सालमा जन्मनुभएका मनोहर हुड्को, भडाः (वीरगाथा) र छलिया विज्ञ हुनुहुन्छ ।
सहमति र स्थायित्वमा नेतृत्व गरिरहेका छौँ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । गत माघ २७ मा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना उपलब्धिबारे जानकारी दिनु भएको हो ।
वन्यजन्तुका लागि कृत्रिम पोखरी
कैलालीको लम्कीचुहा नगरपालिकास्थित सामुदायिक वनमा वन्यजन्तुले पानी पिउनका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र सामेल हुँदै
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सामेल हुन लागेको छ । प्रदेश सरकार र माओवादी केन्द्र संसदीय दलबीच भएको सहमतिअनुसार माओवादीले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने गरी आज शुक्रबार नै सरकारमा सामेल हुन लागेको हो ।
बाजुराको दुर्गम गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा खाद्यान्न बिक्री केन्द्र स्थापना भएको छ ।
आवास कार्यक्रमको रकम नपाएपछि एक सय छ पहिरो पीडित परिवारकाे बिचल्ली हुँदै
बाजुरामा आवास कार्यक्रमको रकम रोकिएपछि एक सय छ परिवार विचल्ली बन्ने भन्दै चिन्तीत बनेका छन् ।