घोडाघोडी, गौरीगङ्गा र बर्दगोरियाको बजेट सार्वजनिक
कैलालीको मध्येक्षेत्रमा रहेका बर्दगोरिया गाउँपालिका, घोडाघोडी र गौरीगङ्गा नगरपालिकाले आईतबार आर्थिक वर्ष २०८०-०८१ को बजेट सार्वजनिक गरेका छन् ।
धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ९३ करोड
कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि १ अर्ब ९३ करोड आठ लाख २४ हजार रुपियाँ बजेट ल्याएको छ ।
‘शर्मालीगढी किल्ला संरक्षण गर्न गुरुयोजना बनाएका छौँ’
बैतडीका १० वटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिका तल्लो स्वराड क्षेत्रमा पर्दछ । यस गाउँपालिकाले डडेलधुरा र भारतको चम्पावत जिल्लालाई छोएको छ । शिवनाथ गाउँपालिका र भारतको चम्पावत जिल्लालाई महाकाली नदीको सिमानाले छुट्याएको छ । नेपाली कांग्रेसबाट ४७ वर्षीय कर्णसिंह साउद दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । पहिलो कार्यकाल उहाँका लागि अनुभव र परीक्षण कालका रूपमा रहे पनि दोस्रो कार्यकालमा सर्वसाधारण नागरिकको सेवा तथा विकास निर्माणलगायत विविध विषयमा प्रस्तुत छ, अध्यक्ष साउदसँग गोरखापत्र दैनिकका लागि गोकर्ण दयालले गरेको कुराकानी :
बुढीगङ्गामा झोलुङ्गे पुल
बुढीगङ्गा नदीमाथि निर्माण गरिएको कालावन झोलुङ्गे पुल सञ्चालनमा आएको छ । १०५ मिटर लामो यस पुलले मङ्गलसेन नगरपालिका र चौरपाटी गाउँपालिका जोडेको छ । झोलुङ्ग पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत ५४ लाख ९६ हजार रुपियाँमा अनुदानमा उपभोक्ता समितिबाट उक्त पुल निर्माण गरिएको हो । २०७८ साल फागुनमा सम्झौता भई २०८० सालमा पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
पहिरोले पुरियो विद्यालय भवन
अविरल वर्षाका कारण सिगास गाउँपालिका–८ स्थित लेकलुपुड माविको १२ कोठाको दुई वटा भवनमाथि पहिरो खसेको छ । बिहान एक्कासि माथिबाट पहिरो खस्दा ७२ लाख रुपियाँ लागतको चारकोठे नयाँ भवन र आठकोठे पुरानो भवन पहिरोमा पुरिएको हो ।
पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।
कारागारबाट भारुसहित मोबाइल बरामद
कैलाली कारागारभित्र अवैध सामग्री भित्रिने गरेको गुनासो बढेपछि अनुगमन गरिएको छ । कारागार व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार प्रशासनको संयुक्त टोलीले अनुगमन गरेको हो ।
ट्रक र बस ठोक्किँदा १४ जना घाइते
शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु प्र प ००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आइरहेको सु प्र प ००१ म ९०९ नम्बरको बस ठोक्किएका हुन्।
कैलारीमा नौ सय २१ जनामा सिकलसेल पोजेटिभ
कैलालीको कैलारी गाउँपालिकामा थप ९२१ जनामा सिकलसेल पोजेटिभ पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा गरिएको स्क्रिनिङबाट थप नौ सय बढीमा सिकलसेल पोजेटिभ देखिएको हो ।