शिक्षामा बजेट बढाउने प्रतिबद्धता
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले शिक्षा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्न विशेष पहल गरिने बताउनुभएको छ। मन्त्री देउवाले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा बुधबार धनगढीमा आयोजित प्रदेशस्तरीय ‘प्रदेशमा नयाँ सरकार : शिक्षालाई प्राथमिकता कति ?’ छलफलमा यस्तो धारणा व्यक्त गर्नुभएको हो।
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण
कुहिने फोहोरमैला व्यवस्थापनको उद्देश्यसहित धनगढी उपमहानगरपालिका–२, दक्षिण बेहडीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ। २० करोड ८४ लाख रुपियाँ लगानीमा फोहोरमैला व्यवस्थापन केन्द्र (वास्टे टु इनर्जी प्रोजेक्ट) निर्माण गरिएको हो।
शिवशिखर सहकारीविरुद्ध आन्दोलन
बचतकर्ताको रकम फिर्ता नदिएपछि शिवशिखर बहुउद्देश्य सहकारी संस्थाविरुद्ध नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) डडेल्धुरा आन्दोलनमा उत्रिएको छ । डडेल्धुराका बचककर्ताबाट ४० करोड रुपियाँभन्दा बढी रकम सङ्कलन गरी दुई करोड रुपियाँ लगानी गरेको सो सहकारी संस्थाले बचत रकम फिर्ता गर्नै छोडेपछि नेविसङ्घ आन्दोलनमा उत्रिएको हो । बुधबार हातहातमा प्लेकार्ड बोकेर नेपाल विद्यार्थी सङ्घ डडेल्धुराले जिल्ला सदरमुकामस्थित बागबजारमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता जगत ऐरले समाजमा व्याप्त विकृतिविरुद्ध नेपाल विद्यार्थी सङ्घ सधैँ सक्रिय भएर लाग्दै आएको बताउनुभयो ।
धनगढीको छ लेन सडकमा बल्यो ‘स्मार्ट’ बत्ती
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको छ लेन सडकमा बुधबारदेखि स्मार्ट सडक बत्ती बल्न सुरु भएको छ।
शिक्षा क्षेत्रमा बजेट बढाउँछौँ : मन्त्री देउवा
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले आगामी बजेटमा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बाजुराको बिछ्यामा ५.२ म्याग्निच्यूडको भुकम्प
सुदूरपश्चिम प्रदेशको बाजुरामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
छाडा चौपाया व्यवस्थापन गरिँदै
वेदकोट नगरपालिकामा पछिल्लो समय छाडा चौपायाको समस्या बढ्दै गएको छ । समस्या समाधानका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अघिसमेत बढाएको छ । नगरप्रमुख भोजराज बोहराका अनुसार विगतमा निर्माण गरिएका संरचनालाई पुनर्निर्माण तथा नयाँ गौशाला निर्माण गरेर छाडा चौपाया व्यवस्थापन गरिने योजना छ । वडा नं. २ स्थित जडेपानीमा पुरानै गौशाला छ । त्यहाँ ६० छाडा चौपाया राखिएका छन् ।
अढाई दशकपछि दैजीछेला औद्योगिक क्षेत्रको कार्यालय स्थापना
अढाई दशकपछि अन्ततः सुदूरपश्चिमवासीको सपना साकार हुने भएको छ । प्रक्रियागत उल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र स्थापना हुने भएको छ ।
स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यदिशा बारे नागरिक स्तरमा छलफल
कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय भावी कार्यदिशा बारे सुदूरपश्चिमका नागरिक स्तरमा छलफल हुन थालेको छ ।
उद्योग नखुलेसम्म रोजगारी सिर्जना नहुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोजगारी सिर्जनाका लागि लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शाहले ठूला उद्योग, कलकारखाना नखुलेसम्म सुदूरपश्चिममा बेरोजगारीको समस्या कम नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो सङ्ख्यामा रोजगारी सिर्जना नगरिए युवालाई विदेश जानबाट रोक्न सकिँदैन ।”
विश्वविद्यालय सम्बन्धमा नागरिकस्तरमा छलफल
कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको भावी कार्यदिशाबारे सुदूरपश्चिमका नागरिकस्तरमा छलफल हुन थालेको छ । सरकारले झन्डै दुई साताअघि गेटामा बन्दै गरेको मेडिकल कले
सुदूरपश्चिममा मध्यावधि हुँदैन: मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पूर्ण बहुमत कसैको नभए पनि प्रदेश सरकार पाँच वर्ष टिक्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनु भएको छ ।
चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
कैलाली प्रहरीले चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ।
कृषि जैविक विविधता सन्तुलनका लागि जिन बैंक
कृषि जैविक विविधतालाई सन्तुलन राख्न किराहरुको महत्वपूर्ण भूमिका रहने भन्दै बाँकेमा किरासंरक्षण अभियानका लागि जिन बैंक सञ्चालनमा ल्याइएको छ । बाँकेको कोहलपुर नजिक गाभर सामुदायिक होमस्टेमा सामुदायिक जिन बैंक सञ्चालनमा आएपछि हराउदै गएका किराहरु देखिन थालेका छन् ।
सांसद अरुणकुमार चौधरी रिहा
नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी रिहा हुनुभएको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आइतबार कैलाली कारागारबाट रिहा हुनुभएको हो ।
महिलाले नै धानेका छन् विकास
डडेल्धुराका विकास निर्माणका काममा उपभोक्ता समितिदेखि कामदारसम्म महिलाहरू मात्रै हुने गरेका छन् । गाउँमा पुरुष नै नरहेपछि उपभोक्ता समितिदेखि निर्माण कार्यमा महिलाहरू मात्रै हुने गरेका हुन् । गाउँघरमा भइरहेका प्रायः सबै समिति सदस्य र कामदार महिलाहरू मात्रै भेटिन्छन् । पुरुष रोजगारी र अध्ययनका लागि घरबाहिर रहेपछि गाउँमा महिलाहरू मात्रै रहेका छन् ।
बढ्दै घोडाघोडीको महिमा
जैविक विविधतासँगै धार्मिक रूपमा समेत घोडाघोडीको महिमा बढ्दै गएको छ । महाशिवरात्रिका अवसरमा कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेको शिव मन्दिरमा दिनभर देखिएको भीडले यसको महिमा बढ्दै गएको पुष्टि हुने स्थानीय बताउँछन् ।
बेहडाबाबा मन्दिरमा भक्तजनको घुइँचो
सुदूरपश्चिमको प्रमुख धार्मिक स्थल बेहडाबाबा मन्दिरमा आज शिवरात्रिका दिन भक्तजनको घुइँचो लागेको छ । धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित मन्दिरमा भगवान् शिवको दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो ।
महाकालीमा दसवटा झोलुङ्गे पुल निर्माण
व्यास गाउँपालिकाको मालगाउँ र मलघट्टेमा नेपाल–भारत जोड्ने दुईवटा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रीना जोशीले दुईवटै पुलको बिहीबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । नेपाल सरकारले मलघट्टेमा १२० मिटर लामो र मालघाटमा १४० मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।
‘सत्ता गठबन्धन पाँच वर्षसम्म चल्छ’
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गर्नुभएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशस्तरीय ‘मिसन ग्रासरुट’ एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आउनुभएका नेकपा (एमाले)का उपाध्यक्ष पौडेलले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै यस्तो दाबी गर्नुभएको हो।
डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते
डोटीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको केआई गाउँपालिका १ लोलीमा सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जिप दुर्घटना भएको हो ।
सत्ता गठबन्धन काँचो धागोमा अडिएको होइन : अर्थमन्त्री पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पूरै समय टिक्ने बताउनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश स्तरीय ग्रासरुट अभिमुखीकरण कार्यक्रमलाई आज शुक्रबार यहाँ सम्वोधन गर्न धनगढी पुग्नु भएका मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
मन्त्री भण्डारीद्वारा दैजी-छेला औद्योगिक क्षेत्रको निरीक्षण
नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलगायत देशका जनताले काम गर्न बिदेसिनुपर्ने दिनको छिट्टै अन्त्य गरिने बताउनुभएको छ ।
अन्तरिम आदेश दिन अस्वीकार
दिपायल उच्च अदालतले निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार रिटमा बहसपछि अदालतले ‘मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेकाले तत्काललाई केही गरिरहनु परेन’ भन्ने आदेश गरेको छ ।