अन्द्राणीमा झलमल्ल बिजुली
बाजुराको गौमूल गाउँपालिकाको दुर्गम गाउँ अन्द्राणीमा पहिलो पटक बिजुली बलेको छ । दुर्गम गाउँमा उज्यालो अभियान अन्तर्गत कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले दुई वटा वडामा बिजुली पु¥याएको हो ।
अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्यु
कैलाली को गोदावरीमा अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–८ स्थित भित्री सडक खण्डमा सुप प्र ०१००१ ह ३४८४ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासो
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले बैतडीका स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासो गरेका छन् ।
एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनलमा
घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी प्रमुख हमाललाई महासङ्घको ध्यानाकर्षण
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
माला बोकाउने सुदूरपश्चिम आन्दोलनकाे १७ वर्ष
राष्ट्रप्रमुख तथा नेतृत्वलाई महोत्सव उद्घाटनमा बोलाएर आफ्ना मागका बुँदा अनुसार फूलमाला बोकाउने सुदूरपश्चिमेलीको आन्दोलनले १७ वर्ष पार गरेको छ ।
८२ गाउँका थारु समुदायको लवाङ्गी पूजा
कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा थारु समुदायले हरेक बर्ष लवाङ्गी पूजा सामूहिक रूपमा गर्दै आई रहेका छन् ।
भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमान्दारीकाे खाँचो छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमानदारी हुनुपर्ने खाँचो औँल्याउनुभएको छ ।
२२ असहाय परिवारलाई अस्थायी आवास
मस्टा गाउँपालिका–१, लेकी गाउँकी चाखुडी रोकायाको भूकम्पका कारण घर भत्कियो । केही वर्ष पहिले नै श्रीमान् गुमाएकी एकल महिला रोकायाको घर भत्काएपछि दुई छोरी र एक छोरासहित कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमा रात काट्न बाध्य हुनुभएको थियो ।
बिहान आठ बजेदेखि बहिरङ्ग सेवा
कैलालीको टीकापुर अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा बिहान ८ बजेदेखि सञ्चालन गरेको छ । यसअघि बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुँदै आएको बहिरङ्ग सेवा बिहीबारदेखि बिहान ८ देखि ४ बजेसम्म सञ्चालन हुन थालेको छ ।
कानुनभन्दा ठुला धामीझाँक्री
बाजुराका अधिकांश स्थानीयका लागि अहिले पनि कानुनभन्दा गाउँका धामीझाँक्री ठुला भएका छन् । आफूले कानुनी निकायबाट नपाएको न्याय गाउँमा धामी झाँक्रीले दिएपछि आफ्ना लागि देशको कानुन भन्दा ठुला धामी झाँक्री हुने गरेको यहाँका स्थानीय बताउँछन् ।
कलुवापुर-बेलौरी सडकको कालोपत्रको कार्य तीन महिनापछि मात्रै हुने
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर-बेलौरी सडकको कालोपत्रको कार्य तीन महिनापछि मात्रै हुने भएको छ ।
प्रदर्शनीमा थारू संस्कृति
माटोले लिपपोत गरिएको चिटिक्क सानो घर छ । घरभित्र थारू समुदायको मौलिक पहिचान झल्काउने वस्तु व्यवस्थित रूपमा मिलाएर राखिएका छन् । झट्ट हेर्दा थारू गाउँको झल्को दिने यो गाउँ नभई प्रदर्शनी स्थलको दृश्य हो । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा थारू समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको छ । थारू समुदायमा प्रचलित विभिन्न चिजबिज र थारू गाउँका बारेमा जानकारी दिने लक्ष्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको हो ।
तारेको माछा, टोकरीमा व्यापार
कैलालीको लम्कीचुहा–३, कर्णाली चिसापानी हुँदै यात्रा गर्ने र घुम्न जानेको पहिलो रहर हुन्छ– चिसापानीको माछा चाख्ने । तिनै यात्रु र पर्यटकलाई माछा बेचेर स्थानीय युवाले जीविका चलाउँदै आएका छन् । चिसापानीमा गाडी रोक्नासाथ या नयाँ मानिस देख्नासाथ ‘माछा माछा’ भन्दै तारेको माछा टोकरीमा लिएर पछि लागिहाल्छन् स्थानीय युवा । कर्णालीकै हो त ? भन्दै यात्रु र पर्यटक पनि माछा चाख्न छुटाउँदैनन् ।
सुदूरपश्चिमको विकासको लागि गम्भीर छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमको विकासका लागि आफू गम्भीर रहेको बताउनु भएको छ।
कमलबजारलाई महिला भलिबल उपाधि
पञ्चदेवल विनायक नगरपालिकाको टिमलाई पराजित गर्दै पालिकास्तरी खुला महिला भलिवबलको उपाधि कमलजार नगरपालिकाले हात पारेको छ ।
एलपीएल : युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को छैठौं दिन शुक्रबार युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।
नवजीवन सहकारीको शेयर पूँजी ५० करोड
सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको शेयर पूँजी ५० करोड पुगेको छ ।
‘रुपान्तरण अभियानले जनतामा नयाँ आशा जगाएको छ’
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष रुपान्तरण अभियानले जनतामा नयाँ, आशा जगाउन सफल भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले भेट्नुभयो विपिन जोशीका अभिभावक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेट गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड धनगढीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुग्नुभएको छ । आज (शुक्रबार) बाट धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला उद्घाटनका लागि उहाँ धनगढी आइपुग्नु भएको हो ।
पर्यटकको रोजाइमा महाकाली पुल
कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटककाे रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।
जमिनको तिरो तिर्न भारतमा नोकरी
बाजुराका अधिकांश ठाउँमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो रहँदै आएको पाइन्छ । पाखो तथा भिरालो ठाउँको जमिनमा सिँचाइ सुविधा नहुँदा उक्त जमिन बर्सेनि बाँझो हुँदै गएका हुन् ।
शिक्षकको दरबन्दी मिलान
धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन कार्य सकेर शिक्षक दरबन्दी मिलान भइरहेको जनाएको छ । गत साउनदेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरेको हो । विद्यार्थी सङ्ख्या न्यून रहेका १४ वटा विद्यालयमा तह र कक्षा समायोजन गरी यही मङ्सिरमा दरबन्दी समायोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीका अनुसार १४ वटा विद्यालयको तह र कक्षा समायोजन एवं ७५ जना शिक्षकको दरबन्दी मिलान गरिएको छ ।