डोटीमा प्रत्यक्षतर्फ ८ हजार ६२० मत बदर
डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रामा मत बदर भएको पाइएको हो ।
नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता कैलाली १ बाट विजयी
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ १२ हजारको मतान्तरले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाउनुभयो ।
कञ्चनपुर १ (ख) मा कांग्रेसका विष्ट निर्वाचित
कञ्चनपुर क्षेत्र नं. १ प्रदेशसभा १ (ख) मा गठबन्धनका उम्मेदवार कांग्रेसका दिवानसिंह बिष्ट बिजयी हुनुभएको छ । एमालेका उम्मेदवार पल्लबराज भट्टलाई हराउँदै बिष्ट निर्वाचित हुनुभएको हो ।
कञ्चनपुर ३ (ख) मा कांग्रेसका रानामगर बिजयी
कञ्चनपुर क्षेत्र नं. ३ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बेलबहादुर रानामगर विजयी हुनुभएको छ । राना मगरले १६ हजार १५२ मत ल्याएर निर्वाचित हुनुभयो ।
डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित
डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार १ सय ७० मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
डडेल्धुरा प्रदेशसभा (क) मा माओवादीका भट्ट विजयी
डडेल्धुराको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी हुनुभएको छ । उहाँले १२ हजार ११२ मतका साथ विजयी हुनुभएको हो ।
बैतडीमा माओवादीका कुँवरको अग्रता
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर) ले अग्रता लिनुभएको छ ।
कञ्चनपुर १ (क) मा एमालेका थापा विजयी
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी हुनुभएको छ ।
कैलाली १ (क) मा नागरिक उन्मुक्तिका कैलाश विजयी
कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी विजयी हुनुभएको छ । चौधरीले १५ हजार १०१ मत प्राप्त गर्नुभएको छ ।
कञ्चनपुर क्षेत्र नं. ३ (क) बाट नेकपा (एस) का रावल विजयी
एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल दोस्रो पटक प्रदेश सभामा विजयी हुनुभएको छ । उहाँ कञ्चनपुर क्षेत्र नं. ३ को (क) बाट विजयी हुनुभएको हो ।
बैतडी प्रदेश सभा (क) मा एमालेका पाल विजयी
प्रदेश सभा निर्वाचनमा बैतडी (क) बाट नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल १२ हजार ८३१ मत लिएर विजयी हुनु भएको छ ।
बझाङबाट एकीकृत समाजवादीका जोशी विजयी
बझाङबाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य भानुभक्त जोशी निर्वाचित हुनुभएको छ ।
अछाम–१ को (ख) मा माओवादीका झपट साउँद विजयी
सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–१ को ‘ख’ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झपटबहादुर साउँद विजयी हुनुभएको छ ।
अछाम १ को (क) मा कांग्रेसका खड्का विजयी
सुदूरपश्चिम प्रदेश सभाको सदस्यमा अछाम–१ को (क) मा सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का विजयी हुनुभएको छ ।
अछाम–२ ‘क’ माओवादीका रावल विजयी
दूरपश्चिम प्रदेश सभाको सदस्यमा अछाम–२ को ‘क’ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी हुनुभएको छ ।
कैलाली ४ मा भट्टलाई हराउँदै बलायर विजयी
कैलाली क्षेत्र नम्बर ४ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलाएर प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ ।
कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी
कैलाली निर्वाचन क्षेत्र नं. ४ मा वाम गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
प्रतिनिधि सभामा आलेको ह्याट्रिक
डोटीमा प्रतिनिधि सभा सदस्यमा नेकपा ( एकीकृत समाजवादी )का उम्मेदवार ५१ वर्षीय प्रेमबहादुर आले निर्वाचित भएका हुनु भएको छ ।
अछाम–१ (क) मा कांग्रेसका खड्का विजयी
सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–१ को ‘क’ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका मेघराज खड्का विजयी हुनुभएको छ ।
दार्चुलाको प्रतिनिधिसभामा बडू र प्रदेश सभामा धामी निर्वाचित
दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू दुई हजार १३४ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउद विजयी
ञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नारायण प्रकाश साउद विजयी हुनु भएको छ ।
बैतडी प्रदेशसभा (ख) मा कांग्रेसका शिवराज भट्ट विजयी
बैतडी प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी हुनुभएको छ।
कञ्चनपुरमा-३ मा कांग्रेसका रमेश लेखक विजयी
कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेका रमेश लेखक विजयी हुनुभएको छ। लेखकले एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्नुभएको हो। लेखकले ३० हजार ५४४ मत ल्याउनुभयो भने पालले १८ हजार ४४८ मत पाउनुभयो।
अछाम-२ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी
अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी हुनुभएको छ। शाह छ हजार ८४० मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिनुभयो।