तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण
ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।
बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू
जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।
माघमै फुल्यो भकिम्लीमा गुराँस
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा माघ महिनाको सुरुवातदेखि नै गुराँस फुलेको छ ।
समृद्धिका लागि नेपालीबिच एकता आवश्यक : प्रमुख भट्ट
तामाङ समुदायको महान पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्दै समृद्ध मुलुका लागि सबै नेपाली बिचको एकता आवश्यक हुने बताउनु भएको छ ।
नौ हजार ३१९ किशोरीलाई एचपिभी खोप लगाइँदै
स्याङ्जामा नौ हजार ३१९ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान अन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेरका किशोरीले खोप लगाउने भएका हुन् ।
पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार र सम्मान
प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । त्यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिने प्रेस चौतारी कास्कीले जनाएको छ ।
आर्मी र पुलिस पहिलो क्वालिफायरमा
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ ।
किसानलाई सात दिने कृषि तालिम
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कार्यान्वयन एकाइ गोरखाले सुन्तला जातको फलफूलको बगैंचा व्यवस्थापन सम्बन्धी सुन्तला खेती गर्ने किसानलाई तालिम दिएको छ ।
घरमै पुगेर मृत्यु दर्ताको प्रमाणपत्र वितरण
गोरखाको शहिद लखन गाउँपालिका–७ को वडा कार्यालयले घरमै पुगेर मृतकको मृत्यु दर्ता प्रमाणपत्र दिन सुरु गरेको छ ।
विवादले रोकियो नारायणीमा ड्याम लगाउने काम
राजनीतिक विवादका कारण नारायणी नदी किनारमा ड्याम लगाउने काम रोकिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन चितवन राष्ट्रिय निकुञ्चले माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । तर राजनीतिक विवादका कारणले गर्दा भइरहेको काम रोकिएको मध्यविन्दु –२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।
मनाङका किसान सामूहिक खेतीमा आकर्षित
जिल्लाका किसानहरू सामूहिक खेतीतर्फ आकर्षित भएका छने । खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पोखरा–मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमी कालोपत्र
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ ।
बाँझो जमिनमा खेती गरी आत्मनिर्भर बन्दै महिला
राइनास नगरपालिका–६ धमिलीकुवाका महिला सामूहिक खेतीमा रमाउन थालेका छन् ।
पहेँलपुर तोरीखेती
बागलुङ, माघ १७ गते । जिल्लाको बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा पहेलपुर फुलेको तोरीखेती । फाँटमा धान र तोरीको राम्रो उत्पादन हुने गरेको छ । तस्बिरः रासस
तामाङ घरबास भुस्मे गाउँ
लमजुङ, माघ १७ गते । मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे गाउँस्थित तामाङ घरबास गाउँ । यहाँ रहेका घरबास पाहुनाहरुबिच तामाङ परिकारका लागि समेत परिचित छ । तस्बिरः रासस
काउली बिक्री गर्दै कृषक
स्याङ्जा, माघ १७ गते । स्याङ्जाको वालिङ ८ विरन्टारीका किसान दामोदर तिवारी आफुले उत्पादन गरेको काउली ग्राहकको घर(घरमा लगेर बिक्री गर्नुहुँदै । तस्बिरः रासस
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार
बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।
उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित
प्रतिलिटर दूधमा रु पाँच अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि रु पाँच पाउन थालेका हुन् ।
निर्दोष बालबालिका पनि कारागारमा
जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयोभने दुई महिनाकी बालिका पनि थपिएकी छिन् ।
हट्दै सौर्य ऊर्जाको बाध्यता
माथिल्लो मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ । तिलिचो तालको आधार शिविर र थोराङ्ला भन्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेपछि यो बाध्यता हटेको हो ।
माघेऔँसी मेलामा देशैभरका भक्तजन
पूर्वी नवलपरासीको प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा रहेको त्रिवेणीधाम नेपालकै पवित्र तीर्थस्थल हो ।
गाउँपालिका नै तरकारी खेतीमा
आफ्नै सक्रियतामा आयआर्जन गर्ने लक्ष्यसहित अर्जुनचौपारी गाउँपालिका तरकारी खेतीमा लागेको छ ।
सहिदको गाउँलाई उपेक्षा नगर्न राष्ट्रपतिको आग्रह
नेपालकै सबैभन्दा धेरै सहिद भएको गाउँ हो तनहुँको व्यास नगरपालिका–८ स्थित पुलिमराङ। तर यो गाउँ अझै उपेक्षित अवस्थामा छ। एउटै गाउँबाट ६ जना सहिद भएकोले सहिदको गाउँ भनेर चिनिने भए पनि त्यहाँ पुग्ने सडक साँघुरो र जोखिमपूर्ण तरिकाबाट जानुपर्ने बाध्यता छ।
असल कर्म नै सहिदप्रतिको सम्मान हो : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असल कर्म र व्यवहार नै मुलुक र सहिदप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ।गण्डकी प्रदेश सरकारद्वारा बुधबार सहिद दिवस –२०८१ का अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।