पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।
ऐतिहासिक भैरवी डाँडा जाने बाटो ढलान
गोरखाको गण्डकी गाउँपालिकाको ऐतिहासिक पर्यटकीयस्थल भैरवी डाँडा पुग्ने बाटोको ढलान कार्य तीव्र पारिएको छ । गाउँपालिका–७ सिमालटारदेखि त्यस ऐतिहासिक ठाउँ भैरवी डाँडा सम्म पुग्न निकै सास्ती भोग्नु परेकाले गाउँपालिकाको विशेष पहलमा बजेट माग गरी ढलान गर्ने कार्य अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सेनाले जानकारी दिनुभयो ।
सिद्धबाबा सुरुङ समयमै सक्न निर्देशन
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
यो संरचनाले मुलुक बन्दैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही संरचनाले मुलुक नबन्ने बताउनुभएको छ ।
अन्नपूर्ण आधार शिविर
म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविर ।
गैँडाको आन्तरिक स्थानान्तरण सुरु
नवलपुरको कावासोतीबाट चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक रूपमा गैँडाको स्थानान्तरण सुरु गरिएको छ ।
तातोपानी कुण्ड संरक्षणमा प्रदेश सरकारको चासो
२०७८ साल असार १ मा आएको बाढीले मनाङको तातोपानी कुण्ड बगायो । बाढीका कारण चामे गाउँपालिका–५ चामेमा रहेको तातोपानी कुण्डको संरचना पूर्णरुपमा भत्किएको छ ।
अन्नपूर्ण आधार शिविर र पदमार्गको पर्यटन गुरुयोजना बनाउन अध्ययन
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मौरीस हर्जोग पदमार्गलाई समेटेर एकीकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन थालेको छ ।
रुसी राष्ट्रपति चुन्न पोखराबाटै मतदान
पोखरा र आसपासमा रहेका रुसी नागरिकले पोखराको होटल वाराहीमा रहेको मतदान केन्द्रबाट शुक्रबार ९ बजेबाट मतदान गरिरहेका छन् ।
‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा
नेपालको करिब मध्य भागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ ।
नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा हँुदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो ।
कालोपत्रे भएपछि यात्रा सहज
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ अन्तर्गत पूर्वी खण्डको कालोपत्रे तीव्र भएसँगै यात्रा सहज भएको छ । व्यास नगरपालिका–१०, सेवर निवासी राजेन्द्र मिश्रले हाल बाटो कालोपत्रे भएकाले यात्रा सहज भएको बताउनुभयो । मिश्रले भन्नुभयो, “अहिले धैरे पक्की भएकाले यात्रा सहज र छिटो भएको छ ।” पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर श्यामकुमार यादवका अनुसार दुईतर्फी गरेर ३७ किलोमिटर दुरीमा कालोपत्रे गरिएको छ । उक्त सडक अन्तर्गत चार लेनको १४ किलोमिटर र दुई लेनको २३ किलोमिटर अस्फाल्ट प्रविधिको कालोपत्रे भएको छ ।
ठुला पुलमा ‘गर्डर लन्चिङ’ को काम सुरु
नारायणगढ–बुटवल सडकखण्ड विस्तार अन्तर्गत ठुला पुलमा ‘गर्डर’ राख्ने काम सुरु भएको छ । दुई ठुला मेसिन आएसँगै पुलमा ‘गर्डर लन्चिङ’ को काम थालिएको आयोजनाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४२ किलोमिटर पूर्वी खण्डमा अहिलेसम्म ४८ प्रतिशत भौतिक प्रगति भएको छ ।
बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै
तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् ।
गोरखामा मोटरसाइकल चोरीमा संलग्न ११ जना पक्राउ
गोरखामा मोटरसाइकल चोरीमा संलग्न ११ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । आरुघाट गाउँपालिका र चुमुनुब्री गाउँपालिकाबाट विभिन्न स्थान र विभिन्न मितिमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय गोरखाले बिहीबार पत्रकार सम्मेलन गरी सार्बजानिक गरेको छ । चोरी भएको मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी वासुदेव पाठकले बताउनु भयो ।
‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन
यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र ९लाइसेन्स० को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यहीे बिहीबारदेखि ती परीक्षा स्थगित गरेको हो ।
रूपातालको काम सुस्त, स्थानीय हैरान
पोखरा महानगरको पूर्वी सिमानामा रहेको रूपातालको नामबाट कास्कीको अर्काे पालिकाको नामकरण भएको छ, रूपा गाउँपालिका । पोखरा, रूपासहित गण्डकीकै आकर्षक गन्तव्यका रूपमा यसलाई विकास गरिँदै छ । यही उद्देश्यले थालिएको रूपाताल एकीकृत संरक्षण विकास परियोजनाको काम सुस्त हुँदा स्थानीय हैरान छन् ।
बागलुङमा बुट्टेनली बचाउने वसन्त
कुनै बेला बुट्टेनली बागलुङको पहिचान थियो । बागलुङ भन्नेबित्तिकै बुट्टेनलीको सम्झना गर्थे मानिसले । अहिले त्यही कुनै बेला बागलुङको पहिचान बनेको बुट्टेनली आफ्नै पहिचान गुमाएको अवस्थामा छ । निगालोको नलीमा विभिन्न आकृति कोरेर आकर्षक सामग्री बनाउने चलन हराएको र चलनसँगै बुट्टेनली नै हराउने अवस्थामा छ ।
गहुँ लगाउने क्षेत्रफल कम हुँदै
नेपालमा धान, मकै तथा गहुँलाई मुख्य बालीको रुपमा लिइने भए पनि पछिल्लो समय म्याग्दी जिल्लामा गहुँ उत्पादन र खेती गर्ने क्षेत्रफल घटेको छ।
१३ वर्षीय बालकको कला : दिनमा विद्यालय, बिदामा दोहोरी साँझ
माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावकको भर पर्ने कुरा सामान्य नै हो ।
विदेश पलायन रोक्न दूधमा अनुदान
किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।
स्थानीयको चन्दाबाट मन्दिरमा तामाको छानो
हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ ।
आमडाँडाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु
पुतलीबजार नगरपालिका १४ आमडाँडाले आफ्नै भवनबाट सेवा दिन थालेको छ ।
मिरकोटकाे आफ्नै भवनबाट सेवा प्रवाह सुरु
गोरखाको पालुङटार नगरपालिका-१० मिरकोटले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । विगत लामो समयदेखि प्रयोग गर्दै आएको भवन तत्कालीन मिरकोट गाविसको केही भूभाग मिसाएर ९ नम्बर वडा बनेपछि वडा न १० को वडा कार्यालय भवनविहीन बन्न पुगेको थियो ।