अभियोगबाट जोगिन ‘डिभोर्स’ को नाटक
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीकृष्ण शर्मा अरू दिन जस्तै बुधबार पनि कार्यालयमै झन्डै ५०/६० जना बचतकर्ताको घेराबन्दीमा हुनुहुन्थ्यो । “हाम्रो पैसा कहिले दिने ?” भन्ने बचतकर्ताको प्रश्नमा उहाँसँग कुनै जवाफ थिएन । बरु प्रहरीकोमा तारिख धाउन हतार भयो भन्दै भिडबाट उम्कने प्रयास गरिरहनुभएको थियो ।
युवालाई देशमा रहने वातावरण तयार
तनहुँको शुक्लागण्डकी नगरपालिकामा विकास र समृद्धिको प्रचुर सम्भावना छ । माछापुच्छ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम, थप्रेक, राईपुर, लामागाउँ जस्ता उच्च तथा रमणीय ठाउँ यस नगरपालिकामा रहेका छन् । देशको राजधानी काठमाडौँदेखि १७० किलोमिटर पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ किलोमिटरमा नगरपालिका रहेको छ । पृथ्वी राजमार्गले बिच भागबाट छिचोलेकाले यस नगरपालिकाका अधिकांश वडामा सडकको पहुँच पुगेको छ । यस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित कृष्णराज पण्डितसँग तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत
नेकपा (एमाले) नवलपुरको नवौँ अधिवेशनले जीवन श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।
वनमा बढ्दो डढेलो
सामुदायिक वनमा डढेलो लाग्ने क्रम दिनानुदिन बढ्दै गएको छ । नवलपुर जिल्ला वन डढेलोको उच्च जोखिममा रहेकाले सचेतना अभियान पनि सञ्चालन भइरहेका छन् तर पनि वनमा डढेलो लाग्ने क्रम भने बढिरहेको छ ।
सुनाखरीको राजधानीमा ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’
सुनाखरीको राजधानीको उपमा पाएको पञ्चासेस्थित कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ ।
मनाङमा यार्सा सङ्कलन गर्न अनुमति
वैशाख पहिलो हप्ताबाट मनाङमा यार्सा सङ्कलनका लागि अनुमति दिइने भएको छ । विकट पालिका नार्पाभूमिको नार र फूबाहेक अन्य स्थानमा मनाङी लगायत अन्य जिल्लावासीका लागि अनुमति दिने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।
पर्यटन राजधानीमा ‘सावर बञ्जी’
पर्यटन राजधानी पोखरामा नयाँ पर्यटकीय गतिविधिका रूपमा हाइग्राउण्ड एडभेन्चर्स नेपालले आजदेखि सावर बञ्जी शुभारम्भ गरेको छ ।
‘न्यायिक समिति ओझिलो जिम्मेवारी हो,सफल बनाऔँ’
स्थानीय तहमा गठन भएका न्यायिक समिति नयाँ अभ्यास भएका कारण यसलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ ।
पहिरोका कारण रित्तिँदै म्याग्दीको चौरखानी गाउँ
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताउनुभयो ।
उजाडिएको स्याउ बगानमा हरियो तरकारी
हिमालपारीको जिल्ला मुस्ताङमा अहिले रुखका पातहरु झरेर उराठ बनेको अवस्था छ । टाढाटाढासम्म हेर्दा देखिने उराठ वातावरण भित्र हरियाली पनि हुन सक्छ भन्ने तथ्य मार्फा क्षेत्रले देखाएको छ ।
१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा
पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो ।
बत्तिस देशका संरक्षणकर्मी पोखरामा
जैविक विविधतामा धनी र पृथक् भूगोल भएको पोखरामा मङ्गलबारबाट एग्रो बायोडाइभर्सिटीबारे अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । ३२ देशका दुई सयभन्दा बढी जैविक विविधता र कृषिसँग सम्बन्धित विज्ञ र सरोकारवाला सम्मेलनमा सहभागी छन् । सम्मेलन सुरुवात गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले जैविक विविधता र कृषिलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको खाना तथा कृषि सङ्गठनले विभिन्न सङ्घ, संस्थासँगको सहकार्यमा पोखरामा आयोजना गरेको सम्मेलन शुक्रबारसम्म चल्ने छ ।
जनशक्ति अभावले खेती गर्न समस्या
गाउँमा काम गर्ने युवा जनशक्ति नहुँदा तनहुँमा खेती लगाउन समस्या देखिन थालेको कृषकले बताएका छन् । पाखुरामा बल भएका युवा विदेशमा श्रम बेच्न जाँदा गाउँमा खेतीको समयमा मजदुरको अभाव भएको हो । यहाँका फाँटमा यतिबेला आली लगाउने, छेउकुना खन्ने, हल चलाउने, बिउ काढ्ने र खेत रोप्न मजदुरको अभाव भएको छ ।
छोराछोरी सामुदायिक विद्यालयमा पढाउन नगरपालिकाको निर्देशन
गोरखाको पहिलो नगरपालिका गोरखाले आफु मातहातका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ ।
जङ्गलमा लागेको आगो गाउँमा पस्यो, एक घर जलेर नष्ट
स्याङ्जाको वालिङ नगरपालिका–१२ ढिकिडाँडामा आगोलागीका कारण चार गोठ र एक घर जलेको छ । तीन दिनदेखि जङ्गलमा लागेको आगो मङ्गलबार साँझ गाउँ पस्दा घरगोठमा क्षति पुगेको हो ।
हिउँदे फलफूलको नर्सरी व्यवस्थापन सिकाउँदै शीतोष्ण बागवानी विकास केन्द्र
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले हिउँदे फलफूलको नर्सरी व्यवस्थापन सम्बन्धी तीन दिने अगुवा कृषक तालिम सञ्चालन गरेको छ ।
कृषि विकास निर्देशनालयका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस
कावासोती नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरेको छ ।
मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै मङ्गलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट रिट दर्ता भएको हो।
गैँडाको आक्रमणबाट वृद्धाको मृत्यु
नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम कावासोती नगरपालिका वडा नं. १० रतवलकी ९० वर्षीया जगरीमाया महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
पौडी खेल्ने क्रममा एक बालकको मृत्यु
स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । गल्याङ नगरपालिका–२ गराङ्दी का १४ वर्षीय युनिक रानाको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।
गलकोटका छ स्थानमा आगलागी : ३० बस्ती उच्च जोखिममा
वडा नं २ को किटेनी सामुदायिक वन, शिलाजित मधुवन, वडा नं ३ को पालेवन सामुदायिक वन, वडा नं ९ को मौरीभिर सामुदायिक वन, पाण्डुकेश्वरी सामुदायिक वन र वडा नं ८ को मकैखोरी वनमा आगो लागेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
नेपाली सेनाद्वारा गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
नेपाली सेनाले आज (मङ्गलवार ) बाट दोस्रो ऐतिहासिक गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताउनु भयो ।
चुलो बनाउन भ्याइनभ्याइ
पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाका ५८ वर्षीय पञ्चराम विकलाई भुसको चुलो बनाउन भ्याइनभ्याइ छ । गाउँघरमा भुसको चुलोको माग बढेपछि ग्राहकको माग अनुसार भुसेचुलो बनाउन उहाँलाई भ्याइनभ्याइ भएको हो । ग्रामीण क्षेत्रमा भुसको मात्र प्रयोग गरेर घरेलु प्रविधि अपनाई बनाइएको चुलोको माग बढेको छ ।