• ८ मंसिर २०८१, शनिबार

छोराछोरी सामुदायिक विद्यालयमा पढाउन नगरपालिकाको निर्देशन

blog

गुणबहादुर रोका
सुलीकोट, चैत २८ गते ।
गोरखाको पहिलो नगरपालिका गोरखाले आफु मातहातका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ ।

मङ्गलबार नगरपालिकाले विद्यालयहरुलाई निर्देशन पत्र जारी गर्दै आगामी शैक्षिक सत्रका लागि भर्ना हुन सुरु हुनुभन्दा पहिले गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा समान पहुँच र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार एवम् प्रभावकारी बनाउन उक्त निर्णय गरी निर्देशन गरिएको गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनु भयो ।

उहाँका अनुसार आगामी शैक्षिक सत्रका लागि आउँदो वैशाख १ गतेबाट नयाँ भर्ना सुरु हुने भएकाले नगरपालिकाको नगरसभाबाट पारित भएका निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन गरिएको हो । नगरपालिकाको निर्णय अनुसार अब जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी लगायत सार्वजानिक पद धारण गरेका व्यक्तिले आगामी शैक्षिक सत्र २०८१ बाट आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने उहाँले बताउनु भयो ।

गत चैत २४ गते बसेको नगर शिक्षा समितिको बैठकले नगरशिक्षा समितिले गरेका निर्णय कार्यान्वयनमा नआए कारबाही गरिने समेत निर्देशन पत्रमा अबगत गराएको छ । साथै सबै सामुदायिक विद्यालयले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमको पूर्णरुपमा पालन गर्न पनि निर्देशन गरेको छ ।

नगरपालिकाले गरेको उक्त परिपत्रमा संस्थागत विद्यालयहरुले स्थानियत तहबाट स्वीकृत भएको निःशुल्क मात्र लिन पाउने जुन विद्यालयले शुल्क प्रस्ताव स्वीकृत गरेको छैना सो विद्यालयले कुनै पनि शुल्क लिन नपाउने निर्णय समेत गरेको छ । स्वीकृत शुल्क सम्बन्धमा शिक्षा नियमवाली २०५९ को दफा १४६ ले तोकेको मात्र र सो शुल्कलाई विद्यालयको बेवसाईटमा अनिवार्य प्रकाशित गर्नु पर्ने निदेर्शन पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, छात्रवृद्धि कोटा निर्धारण समबन्धी अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा २७ को ( ३ ) क, ख र ग बमोजिम बालिविकास शिक्षादेखि १२ कक्षासम्म पाँच सय जना विद्यार्थी भएमा १० प्रतिशत, ८०० जनासम्म भए १२ प्रतिशत र ८०० जनाभन्दा माथि भएमा १५ प्रतिशत छात्रवृद्धि दिनुपर्ने भनिएको छ । यसरी उपलब्ध गराइएको छात्रवृद्धि सार्वजानिक गर्नु पर्ने अनिवार्य गरेको छ ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका बालबालिकाहरुले एउटै पोशक सर्ट आकशे निलो वा सेतो रंग र निलो रङ्गको पाइन्ट तथा स्कट अनिवार्य लगाएर नगरपालिकाले गरेको निर्णयमा सहयोग गर्न गोरखा नगरपालिकाले नगरवासीसँग आग्रह समेत गरेको  छ ।