विद्यालय भवन निर्माण प्रभावित
थप बजेट प्राप्त नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवन प्रभावित बनेको छ । सङ्घीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले एक वर्षअघि १८ कोठा भएको विद्यालय भवन निर्माण थालेको थियो ।
वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति
वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ ।
घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण
म्याग्दीको धवलागिरि गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ती शिविरबाट दुई सय सात जना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् ।
काहुँडाँडामा अन्तर्राष्ट्रिय योग फेस्टिवल
पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल जारी छ । पोखरा महानगरपालिका –११ मा पर्ने काहुँडाँडामा शुक्रबारदेखि सुरु भएको फेस्टिवल आइतबारसम्म चल्नेछ ।
दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा
जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।
आलुले चिनिएको हेम्जा
पोखरा महानगरपालिका-२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलुखेती हुने गरेको छ ।
जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
मस्र्याङ्दी गाउँपालिका-६ डहरे स्थित सुपर न्यादी जल विद्युत आयोजनाको बा १७ च १४६५ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
कडा रोगका बिरामीलाई सहयाेग गर्न गण्डकी प्रदेश सरकारको निर्णय
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चैत २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ ।
बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २१ घाइते
म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्गमा पहिरो, वैकल्पिक बाटोको प्रयोग
जमिन चिरा परेकाले जुनसुकै बेला पनि पहिरो खस्ने भएकोले वैकल्पिक मार्गबाट प्रयोग गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहोराले जानकारी दिनुभयो ।
अहिलेको गठबन्धन बलियो समीकरण : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन बलियो समीकरण भएको बताउनुभएको छ ।
‘केन्द्रको सत्ता समीकरणले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा असर पर्दैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताउनुभएको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास गर्न प्रधानमन्त्रीको दिर्नेशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभएको छ ।
समाज रुपान्तरणमा स्थानीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताउनुभएको छ ।
आगामी बजेटमा जनताले परिवर्तनको महसुस गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा जनताले परिवर्तन एवम् विकासको महसुस गर्ने बताउनुभएको छ ।
करणी र कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कैद फैसला
पैतालिस वर्षीया महिलालाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई कैद र जरिवानाको फैसला सुनाएको छ ।
चौरासीको लक्ष्य एमालेको एकल बहुमत : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुभएकोको छ ।
सङ्घीय गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहन्छु : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान जोगाउन आफू निष्ठापूर्वक लागिरहने बताउनुभएको छ । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
नस्ल सुधारका लागि ल्याइएका याक दुब्लाउँदै
सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन् । हावापानी तथा भूगोल परिवर्तन हुँदा यिनीहरु राम्ररी फस्टाउन नसकेका गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
राष्ट्रपति पौडेल तनहुँमा
राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुग्नुभएको छ । तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुग्नुभएको हो ।
प्रेस रजिष्ट्रार नियुक्त गर्न समिति गठन
गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रारको कार्यालय स्थापना र प्रेस रजिष्ट्रार नियुक्ति प्रक्रिया सुरु भएको छ ।
अठार करोडको आयोजनामा साठी लाख बजेट
तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ ।
राष्ट्रपति पौडेल आज तनहुँ आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।