ब्राण्ड बन्यो हेम्जाली आलु
कास्कीको हेम्जामा उत्पादित आलु पोख्रेली उपभोक्ताका लागि ब्राण्ड बनेको छ । हेम्जा कृषिका लागि उर्वरभूमि भएकाले यहाँ आलुलगायत विभिन्न कृषि कर्म गरिन्छ ।
लेक लागेर एकको मृत्यु
मुस्ताङको कागबेनीमा श्राद्धका लागि आएका एक तीर्थालुको लेक लागेर सोमबार मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका–४ घिमिरेका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको मृत्यु भएको हो ।
शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकसँग छलफल गर्दै सामुदायिक विद्यालय
वार्षिक परीक्षा सकिएपछि सामुदायिक विद्यालयमा पठनपाठन बन्द छ । अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दै छन् ।
तमानखोलामा कृषि सङ्कलन केन्द्र बन्दै
बागलुङको तमानखोला गाउँपालिकामा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट सङ्कलन केन्द्र निर्माण गर्न थालिएको हो ।
संरक्षणको अभावमा ऐतिहासिक टरुवा ताल
नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा ताल जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ ।
सडक पहुँचले नागरिकको जीवनशैली फेरिदै
करिब एक दशकअघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन ।
तेस्रो गल्याङ महोत्सवको तयारी
जिल्लाको तेस्रो व्यापािरक केन्द्रको रुपमा रहेको गल्याङमा औद्योगिक व्यापार तथा कृषि महोत्सवको आयोजना गर्न लागिएको हो ।
प्राविधिक शिक्षालयका विद्यार्थीको मुख्य उत्पादन च्याउ र मह
किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारीखेती र मौरीपालन गर्दै आएका हुन् । शिक्षालयमा बालीविज्ञान विषयमा अध्ययनरत ४० जना विद्यार्थीले तरकारीखेतीका साथै मौरीपालन गरेका छन् ।
जनतामा आशा जगाउने काम मात्र गर्छौं : मन्त्री गिरी
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताउनुभएको छ ।
कागबेनीमा पिण्ड दान गर्ने श्रद्धालुको भीड (फोटो फिचर)
हिमालपारिको जिल्ला मुस्ताङको कागबेनी धाममा श्रद्धालु भक्तजनको भीड लागेको छ । जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दसैँ अघिको सोमबार औँसी तिथि पारेर दिवङ्गत पितृ र आफन्तहरूको नाममा पिण्ड दान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीको भीड लागेको हो ।
पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा
वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो ।
सङ्कटमा पन्चैबाजा
विवाह तथा व्रतबन्धमा प्रयोग हुँदै आएको पन्चैबाजा जोगाउन समस्या भएको छ । परम्पराकालदेखि दमाईं जातिले बजाउँदै आएको सो पेसा सङ्कटमा परेको हो । दमाईं जातिको एकाधिकारका रूपमा रहेको पन्चैबाजा अहिले भने मगर, गुरुङलगायत विभिन्न जातजातिले समेत बजाउन थालेका छन् । दमाईंहरू यो पेसाबाट टाढिँदै गएपछि सङ्कटमा पर्न थालेको हो ।
मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण
मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो ।
सहकारी मिटरब्याज : १० लाख ऋणको ब्याज ८५ लाख
पचपन्न वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ । दीर्घनारायणले भन्नुभयो, “चिन्ताले म डिप्रेसनको सिकार भएको छु । औषधि खानुपर्ने बनायो । छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ । यो तनावबाट परिवारै उम्कन सकेका छैनौँ ।”
गोरखामा एक घर जलेर नष्ट
जिल्लाको गोरखा नगरपालिका– ११ तेह्रकिलो स्थित भ्रमण गुरुङको घरमा आइतबार सँझ ५ बजे अचानक आगलागी हुँदा जस्ताले छाएको दुई तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
छिपछिपे सहकारीमा गम्भीर आर्थिक हिनामिना भएको पुष्टि, तीन जना पक्राउ
नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएको छ। दुई महिनाभन्दा बढी समय लगाएर सहकारी रजिष्टारको कार्यालय गण्डकीले गरेको अनुसन्धानबाट छिपछिपेले रकम हिनामिना गरेको प्रतिवेदन तयार गरेको हो।
गण्डकीका मुख्यमन्त्री अधिकारीले लिनुभयो शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
तीन सदस्यीय मन्त्रिमण्डल बनाउँदै अधिकारी
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सानो आकारको मन्त्री मण्डलसहित शपथ लिने तयारी गर्नुभएको छ।प्रदेश प्रमुख कार्यालयका उपसचिव चण्डीप्रसाद अर्यालले आइतबार दिउँसो शपथ समारोहको तयारी भएको जानकारी दिनुभयो ।
एमाले स्याङ्जा अध्यक्षमा गैरे निर्विरोध
नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा पारस गैरे निर्विरोध अध्यक्ष निर्वाचित हुनु भएको छ । चैत २३ गते भएको निर्वाचनमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो ।
जोमसोममा सडक भासियो
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा कालीगण्डकी नदिको कटानले जोखिममा रहेको सडक आइतबार भासिँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका तथा फर्कँदै गरेका दर्शनार्थी अलपत्र परेका छन् ।
गण्डकी प्रदेश मुख्यमन्त्रीमा अधिकारी नियुक्त
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाउनुभएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिनुभयो ।
मुक्तिनाथमा भारतीय पर्यटक बढी
हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आउनेहरुमा दक्षिण भारतीय पर्यटकको सङ्ख्या उच्च छ ।
वैदेशिक रोजगारीमा जाने ठगिने क्रम बढ्दो
पछिल्लो समय तनहुँमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । दलालको भरपर्दा ठगिने क्रम बढेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र तनहुँले जनाएको छ । केन्द्रकी जिल्ला संयोजक लुना रानामगरले म्यानपावर कम्पनीको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा ठगिने क्रम बढेको बताउनुभयो । रानाले भन्नुभयो, “सरकारले मान्यता नदिएका म्यानपावर तथा बिचौलियाको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा ठगिने क्रम बढ्दै गएको छ ।” एक जनाले धेरै जनालाई ठग्ने गरेको र एकै व्यक्तिबाट २५ लाख रुपियाँसम्म ठगेको पाइएको रानाले जानकारी दिनुभयो । ठगिएको भन्दै दिनहुँ जसो उजुरी दिन पीडित आउने गरेको केन्द्रले जनाएको छ ।