माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु
गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो छल्दी खोलमा माछा मार्न गएका इश्मा गाउँपालिका २ का ४१ वर्षीय झबिलाल कुमालको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिनुभयो ।
साहित्यकार भवानी भिक्षुको ११३ औं जन्म जयन्ती
नारद कोहारतौलिहवा, जेठ २१ गते । कपिलबस्तुमा साहित्यकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । उहाँको गृह जिल्ला कपिलबस्तु नै हो । तौलिहवामा नव कपिलवस्तु साहित्यिक समाजलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् । उहाँले मदन र साझा पुरस्कार जित्नुभएको थियो । सदरमुकाम तौलिहवास्थित भिक्षु चोकमा रहेको भवानीप्रसाद गुप्ता ‘भवानी भिक्षु’ को सालिकमा साहित्यकारहरुले माल्यार्पण गर्दै भिक्षुको जीवनी र उहाँको कृत्रिहरुबारे चर्चा गरिएको थियो ।नेपाली साहित्यमा साहित्यकार भिक्षुले अतुलनीय योगदान दिनुभएको कपिलबस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरेले बताउनुभयो । ‘भिक्षुले लेखेका कृत्तिहरु अझै पनि जीवन्त रहेका छन् । उहाँले भन्नुभयो, ‘नेपाली साहित्यमा ठूलो गुन लगाउनुभएको छ । आगत, अवान्तर, मैँया साहेव, पाइप नम्बर १ र २ लगायतका कृति, कविता, निवन्ध, लेख आदिमा मनोदशा र मनोविज्ञानलाई प्राथमिकता दिनुहुन्थ्यो ।कार्यक्रममा समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठी, बरिष्ठ साहित्यकार हरिराज शर्मा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य तौलिहवा उद्योग बाणिज्य संघका महासचिव अर्जुन चापागाई साहित्यकार सकुन्तला ज्ञवाली पौडेलले सात्यिकार भवानी भिक्षुले नेपाली साहित्यको विकासमा अतुलनीय योगदान दिएका बताउनुभयो ।पौडेललाई भवानी भिक्षु स्मृति पुरस्कार नव कपिलबस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलबस्तुको तौलिहवाका कवियत्रि शकुन्तला ज्ञवाली पौडेललाई दिने निर्णय गरिएको छ । विगत वर्षहरुमा लुम्बिनी अञ्चलका साहित्यकारलाई दिँदै आएकोमा यस वर्षदेखि कपिलबस्तुकै साहित्यकारलाई दिने निर्णय गरिएको वरिष्ठ साहित्यकार हरिराज शर्माले बताउनुभयो ।११ हजार १११ रुपियाँसहित यही जेठ २३ गते सोमबार आनन्दबागस्थित राधाकृष्ण मन्दिरमा पुरस्कृत गरिने नव साहित्यिक समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठीले बताउनुभयो ।
प्रविधिमैत्री सिकाइका लागि शिक्षकलाई ल्यापटप
डिजिटल प्रविधिबाट कक्षा सञ्चालन गर्न कपिलवस्तुको गौतमबुद्ध माध्यमिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत १७ जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको हो ।
दानापुर तालमा पर्यटकहरुको चहलपहल
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका १ मा रहेको दानापुर तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । कोरोना संक्रमणको करिव दुई बर्षसम्म सुनसानजस्तै बनेको दानापुर तालमा अहिले घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो ।
ग्याँस सिलिण्डर पड्केर बालिकाको मृत्यु
ग्याँस सिलिण्डर पड्केर तनुहँमा एक बालिकाको मृत्यु भएको छ । भिमाद नगरपालिका –९ च्यानडाँडा बस्ने शिवनारायण केसीको छोरी ११ वर्षिया सुवेक्षा केसीको शुक्रबार साँझ नौ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
यात्रु बोक्ने एम्बुलेन्सलाई कारबाही
भाडामा यात्रु ओसारपसार गरेका कारण एक एम्बुलेन्स कारबाहीमा परेको छ । जिल्लाको रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोकेको भन्दै ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।
सूर्यनारायण पुरस्कारबाट बेनीका अग्रज कलाकारद्वय श्रेष्ठ सम्मानित
ठाकुरप्रसाद आचार्यम्याग्दी, जेठ २१ गते । सूर्यनारायण पुरस्कार संस्था बेनी म्याग्दीले दुईजना अग्रज कलाकारलाई सम्मान गरेको छ । शनिबार बेनीमा पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेर संस्थाले बेनीका कलाकारद्वय ८३ वर्षीय तुलप्रसाद श्रेष्ठ र ६५ वर्षीय प्रकाशकुमार श्रेष्ठलाई सम्मान गरेको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति, कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै श्रेष्ठद्वयलाई जनही २० हजार रुपियाँसहित पुरस्कार दिइएको छ । प्रत्येक दुई वर्षमा एकजनालाई प्रदान गरिने पुरस्कार कोरोनाका कारण २०७६ र २०७८ मा प्रदान गर्ने पुरस्कार एकैपटक प्रदान गरिएको संस्थाले जनाएको छ । सम्मानित श्रेष्ठद्वय बेनी नगरपालिका ७ र ८ का स्थायी वासिन्दा हुनुहुन्छ । कलाकार श्रेष्ठद्वय बेनीको कला र लोकसंस्कृतिको संरक्षण, विकास र पुस्तान्तरण गराउन सक्रिय हुनुहुन्छ । पुरस्कार वितरण तथा गंगा बुलेटिन बिमोचन कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख केसीले नेपाली लोकसंस्कृतिका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मानले थप उर्जा प्राप्त हुने बताउनुभयो । सूर्यनारायण पुरस्कार संस्थाले म्याग्दीको लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागेका व्यक्तिहरुलाई सम्मानले प्रोत्साहन मिल्ने उहाँको भनाई थियो ।साथ, सूर्यनारायण पुरस्कार प्रदान कार्यक्रमको अवसर पारेर गंगा नामक बुलेटिन विमोचन गरिएको छ ।
ट्याक्टरबाट खसेर दुई जनाको गयो ज्यान
राजु लामिछाने रुकुम पूर्व, जेठ २१ गते । रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ४ दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीमा अनुसार मृत्यु हुनेमा सिस्ने गाउँपालिका ४ दादीङकै १५ वर्षीय आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दि बुढा रहनुभएको छ । स्थानीय कोम्बोट खोलाबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दादीङकै ५९ वर्षीया ओइली पुन र ४५ वर्षीय रुद्रबहादुर मल्ल हुनुहुन्छ । मल्लको अवस्था सामान्य छ भने पुनको अवस्था गम्भीर छ । उहाँको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।प्रहरीका अनुसार ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । ट्याक्टर सडकदेखि तल पनि खसेको छैन । ट्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टर चालकको नाम, ठेगाना भने खुलेको छैन । चालक फरार रहेकाले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
विश्व साईकल दिवस : बुटवलमा सचेतनामूलक साईकल र्याली
विश्व साईकल दिवसको अवसरमा बुटवलका साइक्लिस्टहरुको अगुवाईमा सचेतनामूलक साईकल र्याली आयोजना गरिएको छ ।