रुकुमपूर्वमा भूम्या पर्वको रौनक
रुकुमपूर्वमा भूम्या पर्वको रौनक छाएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो । भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भुमे गाउँपालिकाले जेठ ३१ र आज सार्वजनिक बिदा दिएको छ । यो बिदा स्थानीय तह स्थापना भएदेखि नै गाउँपालिकाले दिँदै आएको छ । असार १ गते भने लुम्बिनी प्रदेश सरकारले नै रुकुमपूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको छ । आज रुकुमपूर्व र रोल्पामा भूम्या पर्वकै अवसरमा सार्वजनिक बिदा छ ।
स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारको जाहेरी
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीविरुद्ध अभद्र व्यवहारमा जाहेरी परेको छ।
वन उपभोक्ता समूहका अध्यक्षसहित तीनविरुद्ध मुद्दा
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित तीनजनाले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
गर्मी झन् बढ्दा बाँकेका विद्यालय थप चार दिन बन्द
अत्यधिक गर्मी बढेपछि बाँकेका चार स्थानीय तहले पाँच पाँच दिन विद्यालय बन्द गरेपनि गर्मी बढ्दै गएकोले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय मंगलबार गरिएको छ ।
राज्यमन्त्री वलीलाई थप अनुसन्धानका लागि जिप्रका ल्याइयो
दाङको तुलसीपुरमा महिला र बालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ पर्नुभएका लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको छ ।
विद्युतको तार चेक गर्दा करेन्ट लागेर मृत्यु
कपिलवस्तुको बाणगङ्गा नगरपालिका ४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छिमेकीको घर बनाउन आवश्यक उपकरण चलाउन दिएको विद्युतको तारबाट करेन्ट लाग्दा वर्ष ४५ को निमबहादुर भुसालको मृत्यु भएको हो ।
बाढीबाट बाँकेमा दस हजार घरका ५० हजार मानिस प्रभावित हुने आकलन
जिल्ला विपद् व्यवस्थापन समिति बाकेले यो वर्ष मनसुनबाट करिब १० हजार घर परिवारको ५० हजार मानिस प्रभावित हुने आकंलन गरी त्यसबाट जोगिने तयारी शुरु गरेको छ । बाढी र डुबानबाट क्षति न्यूनिकरण गर्न मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ समेत तयार गरेर कार्यान्वयन शुरु गरिएको विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२७ जना असल बुहारी सम्मानित
सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो ।