चार वर्षमा अठार सय मिटर सडक निर्माण पूरा भएन
अठारसय मिटर सडक निर्माणका लागि कति समय लाग्ला ? ६ महिना, एक वर्ष वा दुई वर्ष ? बाँकेमा चार वर्ष लगाएर १८ सय मिटर सडक निर्माणको काम पनि पूरा हुन सकेको छैन ।
बर्ड फ्लू रोग सर्न नदिन सतर्कता अपनाइने
नेपालका केही भूभागमा बर्डफ्लु रोग लागेकाले जिल्लामा उक्त रोग सर्न नदिनका लागि आवश्यक सतर्कता अपनाइने भएको छ । जिल्लास्थित विभिन्न सरोकारवालाहरूको बैठक बसेर बर्डफ्लू रोग लाग्न नदिन सरोकारवाला पक्षबाट सतर्कता र आवश्यक तयारी गर्ने निर्णय गरिएको हो ।
प्रदेशको बजेटप्रति सांसद असन्तुष्ट
लुम्बिनी प्रदेशका सभासद्हरूले लुम्बिनी प्रदेशको समृद्धिमा योगदान पुग्ने गरी बजेट कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । लुम्बिनी प्रदेश सभाको १०औँ अधिवेशनको १६औँ बैठकमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको छलफलमा सभासद्हरूले प्रदेश सरकारले ल्याएको बजेटले लुम्बिनी प्रदेशको समृद्धिमा जोड नदिएको तर्क गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिँदै सांसद युवराज खनालले आफूहरूले माग गरेभन्दा फरक खालको बजेट आएको भन्दै यस प्रकारको बजेटले प्रदेशको समृद्धिमा योगदान पुग्न नसक्ने बताउनुभयो ।
अन्तर्घात गर्ने १०४ जना नेता कार्यकर्तासँग बाँके काँग्रेसले स्पष्टीकरण सोध्ने निर्णय
हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको ठर गरेर नेपाली कांग्रेस बाँकेले १०४ जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाँकेको बैठकले पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै १०४ जना नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
पाल्पामा ट्राफिक नियम उल्लङ्घनकर्ता कारवाहीमा
पाल्पामा एकै महिनामा ट्राफिक नियम उल्लङ्घन गरेका एक हजार नौ सय बढी सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, दुर्घटना गर्ने गरी सवारी साधन हाकेका, ओभरलोड बोक्ने, स्वरुप बिगारेर चलाउने सवारीसाधन गरी झण्डै दुई हजार सवारीसाधन कारवाहीमा परेका हुन् ।
एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता
पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताउनुभयो ।
तम्घासमा तीन करोडमा पुस्तकालय निर्माण
तम्घास, असार १२ गते । तम्घासमा सुबिधा सम्पन्न पुस्तकालय भवनको उद्घाटन भएको छ । शनिवार नवनिर्मित किरण पुस्तकालयको भवन उद्घाटन भएकाे छ । पुस्तकालयलाई थप ब्यबस्थित बनाउनका लागि थप बजेटको ब्यबस्थान गर्न आफूले पहल गर्ने भन्दै पुस्तकालयलाई आधुनिक बनाउदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । बर्तमान समयमा पुस्तकालयलाई ब्यबस्थित बनाउँदै लगेमा सूचना तथा सञ्चारको भूमिका समेत पुस्तकालयले निर्वाह गर्ने उहाँको भनाई छ । कार्यक्रममा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नगरभित्र रहेको पुस्तकालयलाई ब्यबस्थित र प्रभावकारी बनाउनका लागि नगर सधै साथमा रहेको बताउनुभयो । उहाँले नगरको नीति तथा कार्यक्रममा समेत समाबेस गरी अगाडि बढेकाले कुनै कमि हुन नदिने उद्घोष गर्नुभयो ।राष्ट्रिय पुन निर्माण प्राधिकरणको भ्याट वाहेक दुई करोड ९१ लाख ५२ हजार १७३ रुपियाँको लागतमा चार तले सुबिधा सम्पन्न भवन निर्माण भएको हो । २०५५ सालमा स्थापना भएको किरण पुस्तकालयले विगत लामो समयदेखि पाक्षिक रुपमा हाम्रो पुरुषार्थ नामक पुस्तक प्रकाशनमा ल्याउँदै आएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले जानकारी दिनुभयो ।
बढ्यो चिनीको तस्करी
भारतले चिनी निर्यातमा रोक लगाएसँगै दैनिक रूपमा अवैध चिनी नेपालगञ्जमा भित्रिने गरेको पाइएको छ । राजस्व छली गरी नेपाल–भारत सीमा नाकाबाट चिनी तस्करी अत्यधिक बढेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्रिँदै गरेको ठूलो मात्राको चिनी र दाल नेपालगञ्जबाट बरामद गरेको छ ।
कपिलवस्तुको बनकट्टीमा बस दुर्घटना, आठ जना घाइते
कपिलबस्तुको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिकाको वनकट्टीमा शनिबार बिहान बस दुर्घटनामा परेको छ । काठमाडौंबाट सुर्खेतका लागि छुटेको ना ८ ख १३६ नम्बरको बस दुर्घटना हुँदा आठ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । ४३ जना सवार सो बस दुर्घटना भई सडक छेउमा पल्टिएको छ ।