ट्याक्टरबाट खसेर दुई जनाको गयो ज्यान
राजु लामिछाने रुकुम पूर्व, जेठ २१ गते । रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ४ दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीमा अनुसार मृत्यु हुनेमा सिस्ने गाउँपालिका ४ दादीङकै १५ वर्षीय आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दि बुढा रहनुभएको छ । स्थानीय कोम्बोट खोलाबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दादीङकै ५९ वर्षीया ओइली पुन र ४५ वर्षीय रुद्रबहादुर मल्ल हुनुहुन्छ । मल्लको अवस्था सामान्य छ भने पुनको अवस्था गम्भीर छ । उहाँको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।प्रहरीका अनुसार ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । ट्याक्टर सडकदेखि तल पनि खसेको छैन । ट्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टर चालकको नाम, ठेगाना भने खुलेको छैन । चालक फरार रहेकाले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
विश्व साईकल दिवस : बुटवलमा सचेतनामूलक साईकल र्याली
विश्व साईकल दिवसको अवसरमा बुटवलका साइक्लिस्टहरुको अगुवाईमा सचेतनामूलक साईकल र्याली आयोजना गरिएको छ ।
म्यादी प्रहरीलाई निःशुल्क तालिम
स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरी भई काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सीपमूलक तालिम र रोजगारी-स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।
गुल्मीमा विद्युतीय राहदानीको अनलाइन आवेदन निशुल्क
जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि निःशुल्क अनलाइन आवेदन दिने व्यवस्था मिलाउने भएको छ ।
मलको अभावले किसानलाई सास्ती
दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक पर्ने भएपनि अहिले मल अभाव हुँदा समस्या हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीले बताउनुभयो । “गएको वर्ष पनि समयमै मल नपाएपछि युरिया मलबिना मकै गोडेका हौं, मलबिना धान रोप्यौ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि समस्या त्यस्तै छ ।” मल
ट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो
रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड ग
शिवराज नगरपालिकाले माध्यमिक तह निःशुल्क गर्ने
कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह पूर्णरुपले निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले नेपालको संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
भरुवा बन्दुकसहित दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय प्यूठानले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । ऐरावती गाउँपालिका –१ स्थित अमेलीबाट ४१ वर्षीय निमबहादुर घर्ती र ५० वर्षीय दिलबहादुर सारुलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बाँकेका लागि संघीय सरकारबाट चार अर्ब १५ करोड बजेट विनियोजन
सिराज खान नेपालगञ्ज, जेठ २० गते। संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बाँकेका आठ स्थानीय तहलाई चार अर्ब १५ करोड बजेट विनियोजन गरेको छ। सरकारले बाँकेका लागि चालु र पूँजीगत गरी ४ अर्ब १५ करोड ७३ हजार रुपियाँ बजेट विनियोजन गरेको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जानकारी दिएको छ। सरकारले बाँकेका लागि चालु आर्थिक वर्ष २०७८/०७९ भन्दा २३ करोड बढी बजेट विनियोजन गरेको हो। सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ५७ करोड ६८ लाख, चालु आव २०७८÷०७९ मा ३ अर्ब ९२ करोड ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो।आगामी आर्थिक वर्षमा बाँकेका आठ स्थानीय तहका लागि चालुतर्फ ३ अर्ब ६६ करोड ४४ लाख र पूँजीगततर्फ ४९ करोड २९ लाख रुपियाँ विनियोजन गरिएको छ। आठ स्थानीय तहलाई सामान्यीकरण अनुदानतर्फ १ अर्ब ४६ करोड १६ लाख, सशर्ततर्फ २ अर्ब ४९ करोड ५८ लाख, विशेषतर्फ १० करोड ८० लाख र समपुरकतर्फ ९ करोड १९ लाख रुपियाँ विनियोजन गरेको जनाइएको छ।सरकारले आगामी आ.व. २०७९/०८० का लागि सबैभन्दा बढी बजेट नेपालगञ्ज उपमहानगरपालिकाको लागि विनियोजन गरेको छ। संघीय सरकारले नेपालगञ्ज उपमहानगरपालिकाका लागि कुल ९५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा सशर्त अनुदान ५७ करोड १ लाख, वित्तीय समानिकरण ३३ करोड ९९ लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान २ करोड ७५ लाख रुपियाँ रहेको छ।यस्तै कोहलपुर नगरपालिकाले आगामी आ.व.का लागि ५८ करोड १ लाख बजेट पाउने भएको छ। जसमध्ये सशर्त अनुदान ३४ करोड ८४ लाख, वितीय समानिकरण अनुदान २१ करोड ७ लाख, विशेष अनुदान १ करोड ५० लाख, समपुरक अनुदान ६० लाख रुपियाँ विनियोजन गरेको छ। खजुरा गाउँपालिकाका लागि सरकारले सशर्त अनुदान ३३ करोड ९५ लाख, वित्तीय समानिकरण १६ करोड ७९ लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान ७० लाख गरेर ५२ करोड २४ लाख रुपियाँ छुट्याएको छ। त्यस्तै, बैजनाथ गाउँपालिकालाई आगामी आवका लागि कुल ४८ करोड ९० लाख विनियोजन गरिएको छ। जसमा सशर्त २९ करोड ३६ लाख, वित्तीय समानिकरण १७ करोड ५० लाख, विशेष अनुदान ५० लाख, समपुरक १ करोड ५४ लाख रुपियाँ रहेको छ।जानकी गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि ३५ करोड ४७ लाख रुपियाँ विनियोजन गरिएको छ। जानकीले सशर्ततर्फ १७ करोड ४८ लाख, वित्तीय समानिकरणतर्फ १३ करोड ३९ लाख, विशेष तर्फ ३ करोड र समपुरक तर्फ १ करोड ६० लाख रुपियाँ प्राप्त गर्ने भएको हो। डुडुवा गाउँपालिकाले ३७ करोड ४६ लाख रुपियाँ संघीय सरकारबाट पाउँदैछ। जसमा सशर्ततर्फ २१ करोड ९१ लाख, वित्तीयतर्फको १३ करोड १५ लाख विशेष १ करोड ५० लाख र समपुरकतर्फ ९० लाख रुपियाँ रहेको छ।राप्तीसोनारी गाउँपालिकाका लागि ५२ करोड ७१ लाख रुपियाँ विनियोजन गरिएकोमा सशर्त तर्फको ३४ करोड ६५ लाख वित्तीय समानिकरण १८ करोड ६ लाख रहेको छ। राप्तीसोनारीका लागि विशेष र समपुरक बजेट विनियोजन गरिएको छ।त्यस्तै, नरैनापुर गाउँपालिकाका लागि ३५ करोड १९ लाख रुपियाँ विनियोजन गरिएको छ। नरैनापुरले २० करोड ३८ लाख सशर्त, १२ करोड २१ लाख वित्तिय समानिकरण, विशेषतर्फ १ करोड ५० लाख र समपुरकतर्फ १ करोड १० लाख रुपियाँ बजेट प्राप्त गर्दैछ।