नागरिकता विधेयक राष्ट्रियसभाबाट पुनः पारित
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रस्तुतरूपमा पुनः बहुमतले पारित गरेको हो।
कांग्रेसले आलमलाई उम्मेदवार नबनाउने महामन्त्री थापाको दाबी
काठमाडौं, भदौ १७ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गर्नुभएको छ।शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो। महामन्त्री थापाले आफूहरु पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुरा पार्टीबाट नहुने बताउनु भयो। उहाँले संविधानले बर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गर्नुभयो। ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा हुँदासम्म पार्टीबाट यो निर्णय नहुने बताउनु भयो।उहाँले भन्नुभयो, ‘‘नायनराज दाइले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला। संविधानले, विधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनैपनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आवश्वस्त पार्दछु।’महामन्त्री थापाले नियम र कानुनले मात्रै समाज नचल्ने र समाज चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताउनुभयो।
पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।
गोरखा क्षेत्र नं. १ बाट अध्यक्ष दाहाल र २ बाट उपाध्यक्ष श्रेष्ठको नाम सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
एक दुई दिनमा सिट सङ्ख्या टुङ्ग्याउछौँ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय चुनावमा चितवन क्षेत्र नम्बर–३ बाट चुनाव लड्ने बताउनुभएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आउनुभएका उहाँले सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले साे कुरा बताउनुभएको हो ।
नागरिकता विधेयकमाथि छलफल लम्बियो
राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफल लम्बिएको छ। बिहीबार नै विधेयक पारित गर्ने तयारी रहेको थियो। बैठकमा समयसीमा नतोकिएका कारण लम्बिएको छलफल शुक्रबारसम्म जारी रहने देखिएको छ।
आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् ।
महाभियोग समितिमाथि जबराको प्रश्न
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाउनुभएको छ। आफूमाथि लागेको आरोपबारे समितिमा दोस्रो दिन बयानका क्रममा जबराले महाभियोगका प्रस्तावक र छानबिन समितिमा एकै व्यक्ति रहेको जिकिर गर्दै समितिको औचित्यमा प्रश्न गर्नुभएको हो। आरोप लगाउने, छानबिन गर्ने र निष्कर्ष दिने व्यक्ति एकै हुन नहुने कानुनको मान्य सिद्धान्तमा आधारित भएर जबराले समितिमाथि प्रश्न गर्नुभएको हो। महाभियोग प्रस्ताव संसद्मा आएको सात महिनापछि उहाँमाथि छानबिन प्रक्रिया चलिरहेको छ।
गठबन्धनका शीर्ष नेताहरूको बैठक : सिट बाँडफाँट गर्न निष्कर्ष नजिक
सत्ता गठबन्धनका शीर्ष नेताबीच सिट बाँडफाँटको छलफल निष्कर्ष नजिक पुगेको छ ।
सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताउनुभएको छ ।
डा. आरजु राणा देउवा कैलाली ५ बाट सिफारिस
काठमाडौं, भदौ १६ गते। नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस हुुनुभएको छ।कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले डा. राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम बडालले जानकारी दिनुभयो। यो क्षेत्रबाट युवा नेता क्षितिज भण्डारी पनि आकांक्षी रहेकामा उहाँको पक्षमा कार्यसमितिमा सहमति बन्न नसकेको पडालले बताउनुभयो। कांग्रेस नेत्री राणाले निर्वाचन क्षेत्र नं ५ बाट पाँच वर्षअघि भएको निर्वाचनमा समेत प्रतिनिधि सभासदस्य पदका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। तत्कालीन नेकपा (एमाले) का प्रत्यासी नारदमुनी रानासँग उहाँ झण्डै पाँच हजार मतान्तरले पराजित हुनुभएको थियो। राना नेकपा ९एमाले०को तर्फबाट आउने निर्वाचनमा पनि उम्मेदवार हुनुहुने सो पार्टीका युवा नेता चूडामणि भट्टले बताउनुभयो। निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनमा कमलबहादुर शाह, मोहनसिं राठौर, हेमबहादुर रावल, धर्मराज न्यौपाने, टीका चौधरीसहित सात जनालाई सिफारिस गरिएको प्रदेश कार्यसमिति सभापति भीम जैशीले बताउनुभयो। यो क्षेत्रबाट एमालेका सूर्यबहादुर थापा, कमला ओली र झपट रावलमध्ये एक जनाले टिकट पाउने जनाइएको छ। यसअघिको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा (एमाले) का प्रत्यासी झपट रावलले कांग्रेसका प्रत्यासी मोहनसिंह राठौरलाई झण्डै दुई हजार मतान्तरले पराजित गर्नुभएको थियो।यस्तै कैलालीको निर्वाचन क्षेत्र नं ४ बाट कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वकेन्द्रीय सदस्य नेता सुनिलकुमार भण्डारी, कांग्रेसका पूर्वजिल्ला उपसभापति प्रकाश बम, डा लक्ष्मीराज पाठक, टेकराज जोशीलगायतलाई सिफारिस गरिएको छ। यसअघिको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रत्यासी लेखराज भट्टले कांग्रेसका प्रत्यासी सुनिलकुमार भण्डारीलाई झण्डै नौ हजार मतान्तरले पराजित गर्नुभएको थियो। भट्ट नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। रासस
प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस
काठमाडौं, भदौ १६ गते।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ ।कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उहाँ बिहीबार प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको हो।यसैगरी क्षेत्रीय समितिले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ (क) बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद र (ख) बाट सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई सिफारिस गरेको छ।रासस
मंसिर ४ पछि एमालेको सरकार : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । बिहीबार बैतडीको पाटनमा आयोजित कायकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो दावी गर्नुभएको हो ।
सर्लाहीमा कांग्रेस उम्मेदवार सिफारिस
सर्लाहीमा नेपाली कांग्रेसको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिले मङ्सिर ४ को निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. २ को क्षेत्रीय कार्य समितिले २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ जङ्गीलाल राय, नागेन्द्रकुमार राय र जयहरि श्रेष्ठ (राजु) को नाम सिफारिस गरेको क्षेत्रीय सभापति कौशलकिशोर रायले जानकारी दिनुभयो ।
जवराको बयान बीचमै रोकिन सक्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान बाहिर आएपछि महाअभियोग सिफारिस समितिमा बयान रोकिन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।
प्रदीप गिरी दार्शनिक व्यक्ति हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ। बिहीबार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्नुहुँदै उहाँले गिरीलाई भर्सटायल, जिनियस नेताको रुपमासमेत सम्झना गर्नुभयो।
नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको छ : उपमहासचिव पुन
काठमाडौं, भदौ १६ गते। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि क्रमशः वातावरण बन्दै गएको बताउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको छलफलमा उहाँले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताउनुभयो।विद्युतको बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको उहाँको भनाइ थियो। सानो मात्रामा भारतको बजार खुलेको जानकारी दिँदै उहाँले निकट भविष्यमा नै बङ्गलादेशको बजारसमेत नेपालका लागि प्रशस्त हुने विश्वास व्यक्त गर्नुभयो।उहाँले भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी मल्लिाकार्जुन राव (जिएमआर) ले उत्पादन गर्ने मध्येको पाँच सय मेगावाट बराबरको बिजुली बङ्गलादेश पुगेको खण्डमा त्यसले नेपालको थप बिजुली लैजानका लागि समेत मार्ग खुल्ने बताउनुभयो। जिएमआरको म्याद पटक–पटक किन थपिएको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै उहाँले बङ्गलादेशको बजार खुल्ने विश्वासका साथ सरकारले दीर्घकालीन हित हेरेर निर्णय गरेको बताउनुभयो।विश्वव्यापी बोलपत्रका माध्यमबाट जिएमआरले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो। आयोजनाको म्याद पटक–पटक थप भए पनि थप प्रगति हुन सकेको छैन। पछिल्लो पटक पनि सरकारले थप दुई वर्ष म्याद थप गरेको छ। जिएमआरले पाँच सय मेगावाट बिजुली बङ्गलादेश निर्यातका लागि विद्युत् खरिद सम्झौताको तयारी भइरहेको जनाएको छ। उपमहासचिव पुनले भारतको अर्को कम्पनी सतलजले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले पनि विद्युत् निकासीका लागि थप वातावरण बनाउने भएकाले सरकारले दीर्घकालीन हितका साथ काम गरिरहेको बताउनुभयो।सो कम्पनीले पनि बिजुली निर्यातका लागि पूर्वाधार निर्माण गरिरहेको छ। ती आयोजनाको बिजुली भारत निर्यात हुन थालेपछि नेपाल सरकारले पनि आफ्नातर्फबाट कुरा गर्न थप सहज हुने र बहसका लागि समेत सहज हुने उपमहासचिव पुनको भनाइ छ। “भारतीय कम्पनीको लिने, हाम्रो किन नलिने भन्ने प्रश्न उठछ। त्यसबाट हामीलाई फाइदा हुन्छ”, उहाँले भन्नुभयो। हाल नेपाल विद्युत् प्राधिकरणले तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको सन्दर्भ जोड्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहनुभएका उपमहासचिव पुनले निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताउनुभयो।उहाँले बङ्गलादेशले सन् २०४० सम्म नौ हजार मेगावाट बराबरको बिजुली लैजाने सहमति गरेको उल्लेख गर्नुभयो। नेपालमा उत्पादित बिजुली आन्तरिक खपतका लागि नै प्रयोग गरिने उहाँको भनाइ छ। व्यापार घाटा घटाउन तथा पेट्रोलियम पदार्थको खपत घटाउनका लागि विद्युतीय सवारी साधनको प्रयोग नै उपयुक्त भएको उहाँको भनाइ छ।यस्तै, प्राकृतिक स्रोतको अधिकतम उपभोग गर्ने लक्ष्यका साथ सरकारले जलविद्युत् आयोजनामा पूर्ण क्षमताअनुसार विकास गर्ने कार्य ‘क्यू’ को क्षमतालाई घटाइएको उहाँको भनाइ छ। वर्षायामको बिजुलीको बजार उपलब्ध हुने अवस्था देखिएपछि कानूनी प्रबन्धमा सुधार भएको पूर्वमन्त्री पुनको भनाइ छ। रासस
महामन्त्री शर्मा झापा–१ बाट उम्मेद्वार सिफारिस
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनुभएको छ । उहाँ सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयानपछि समिति सभापति र सदस्यको प्रतिक्रिया
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ ।
गठबन्धन गर्नु कांग्रेसको आवश्यकता : नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले गठबन्धनबिरुद्ध नबोल्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कांग्रेस व्यास नगर समितिले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रममा गठबन्धन कांग्रेसको लागि आवश्यक भएकाले बिरोध गर्न नहुने बताउनुभयो ।
भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी
मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबराले अझै ३७ प्रश्नको जवाफ दिन बाँकी
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।
नेकपा एसद्वारा उम्मेदवारको नाम सिफारिस
आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ ।