• ११ असोज २०८१, शुक्रबार

जवराको बयान बीचमै रोकिन सक्छ : अध्यक्ष ओली

blog

विष्णुप्रसाद पोखरेल

दमक, भदौ १६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान बाहिर आएपछि महाअभियोग सिफारिस समितिमा बयान रोकिन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।  

विहीबार अपरान्ह गृह जिल्ला झापा आउनुभएका ओलीले भद्रपुर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सो आशंका व्यक्त गर्नुभएको हो । “गठबन्धन सरकारले अब महाअभियोगलाई अघि नबढाएर बयान बीचमै रोक्न सक्छ” उहाँले भन्नुभयो । 

जबराले महाअभियोग सिफारिस समितिमा बयान दिँदा त्यो समयमा भएको अनैतिक क्रियाकलाप र न्यायाधीशहरुसँगको लेनदेन भएको बिषय सार्वजनिक गरेकाले बयान रोकिन सक्ने उहाँले बताउनुभयो । “बयान बीचमै रोकियो भने अनौठो नमाने हुन्छ” उहाँले भन्नुभयो ।

प्रधानन्यायाधीश जबराबाट एकपछि अर्को पोल खुल्दै जाने भएपछि बयान रोकिन सक्छ अध्यक्ष ओलीले भन्नुभयो । ओली शनिवारसम्म आफ्नो निर्वाचन क्षेत्र दमकसहित झापाका बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताउनुभयो । एक महिना यता अध्यक्ष ओली लगातर झापा पुगिरहनुभएको छ ।