जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ
नेकपा (एमाले) का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै
जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकाबारे छानबिन गरेको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ ।
पत्रकारितामा महिला सहभागिता बढ्दै
सभामुख देवराज घिमिरेले राजनीति, पत्रकारितालगायत हरेक क्षेत्रमा महिलाको सहभागिता र सक्रियता बढिरहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार आयोजना गरेको ‘मिडियामा महिलाका सवाल’ गोष्ठीमा उहाँले हरेक क्षेत्रमा बढ्दो महिला सहभागिताको प्रचार कम भएको विचार व्यक्त गर्नुभयो ।
‘पाँच वर्ष एकैठाउँमा उभिन्छौँ’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलबीच भएको समझदारी कार्यान्वयन हुने प्रस्ट पार्नुभएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा काठमाडौँमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई जुनसुकै क्षति भए पनि पाँच वर्षका लागि भएको समझदारी कार्यान्वयन गरेरै छाड्ने उद्घोष गर्नुभएको हो ।
युवालाई आत्मनिर्भर बन्न आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा आत्मनिर्भर र स्वावलम्बी भए आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ। राष्ट्रिय युवा परिषद् आठौँ वर्ष प्रवेशको अवसरमा शुक्रबार शुभकामना सन्देश दिनुहुँदै उहाँले युवालाई उद्यमशील र स्वरोजगार बनाउन जोड दिनुभएको हो।
राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
लोकतान्त्रिक थारु संघको अध्यक्षमा लालमणि चौधरी
नेपाल लोकतान्त्रिक थारु संघको तेस्रो सम्मेलनले लालमणि चौधरी (चितवन) को अध्यक्षतामा १५० सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । रुपन्देहीको सैनामैनामा बिहीबार भएको सम्मेलनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।
सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीले विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिनुहुने भएको छ।
‘प्रेरणादायी महिला’ पुस्तक लोकार्पण
प्रेरणादायी महिला नामक पुस्तक लोकार्पण भएको छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार मोतीदेवी स्मृति केन्द्रले सो पुस्तक लोकार्पण गरेको हो ।
मत माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल रास्वपा कार्यालयमा
नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट माग्नुभएको छ।
भ्रष्टाचारविरुद्ध राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा प्रतिनिधित्व गर्ने सबै दल र राज्यका उच्च पदाधिकारीहरूबीच भ्रष्टाचारविरुद्ध राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको छ ।
निर्माणाधीन आदित्य मोक्ष धाममा प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनौती नगरपालिका–२ दारिमबोट कुशादेवीमा निर्माणाधीन आदित्य मोक्ष धाम आउनु भएको छ।
कांग्रेस सहमतिबाट पछि हट्दैन : महामन्त्री गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठदलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताउनुभएको छ ।
राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले परिचयपत्र अनिवार्य बोक्नुपर्ने भएको छ ।
राज्यबाट पाउने सेवा, सुविधा नपाएको उपसभामुखको गुनासो
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गर्नुभएको छ।
भ्रष्टाचार अन्त्यका लागि राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ।
राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङ र महन्थ ठाकुरबीच भेटवार्ता
नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ।
व्यापार घाटा घटाउन उत्पादनमा वृद्धि गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउनलाई उत्पादनमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजना दोलखा सदरमुकाम चरीकोटमा सुरु भएको दोलखा महोत्सवको उदघाटन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीररूपमा लिएको छ : मन्त्री श्रेष्ठ
आज यहाँ आयोजित खिचापोखरी न्यूरोड व्यापार सङ्घको १५औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्रका समस्या समाधान हल गर्न प्रयत्नशील रहेको जानकारी दिनुभयो ।
महिलाको सहभागिता र सक्रियताको प्रचार हुन सकेन : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ ।
युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री
राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज (शुक्रबार) शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।
मेरो प्रदेश मेरो सरकार भन्ने बनाउँछु : मुख्यमन्त्री शाह
विक्रम संवत् २०४४ देखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका कमलबहादुर शाह अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ। पछिल्लो निर्वाचनमा कुनै पनि दलको बहुमत नआएपछि सुरुमा नेपालको संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भए पनि प्रदेश सभामा विश्वासको मतमा असफल भएपछि उहाँ बाहिरिनुभएको थियो । त्यसपछि संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । मुख्यमन्त्री शाहसँग सुदूरपश्चिम प्रदेशको विकास तथा अन्य सवालमा गोरखापत्र दैनिकका लागि सुदूरपश्चिम प्रदेशका समाचार संयोजक प्रकाशविक्रम शाहले गर्नुभएको अन्तर्वार्ताको सारसंक्षेप :
राष्ट्रपतिबाट अभिभावकीय भूमिका निर्वाह हुने विश्वास
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलका शीर्ष नेताले आगामी दिनमा राष्ट्रपतिबाट संविधानविरुद्धको गतिविधि र हस्तक्षेपकारी भूमिका हुन नहुनेमा जोड दिनुभएको छ । उहाँहरूले विगतको अनुभवबाट पाठ सिक्दै राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
साइबर सुरक्षाका लागि उच्चस्तरीय कार्यदल
सरकारले साइबर सुरक्षा नीति बनाउन उच्चस्तरीय कार्यदल गठन गरेको छ। एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश कार्यदललाई दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो। सूचना प्रविधिविज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित कार्यदलका सदस्यमा विज्ञहरू बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहनुभएको छ। कार्यदलका सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ रहने र सदस्य सचिवमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि रहने बताइएको छ। बिहीबार मन्त्रालयमा एक कार्यक्रम गरी कार्यदललाई जिम्मेवारी दिइएको छ।