उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
अतिकम विकसित राष्ट्रहरूको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मङ्गलबार राती स्वदेश फर्किनुभएको छ।
समान सहभागितामा सबैको जोड हुनुपर्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागितामा जोड दिनुभएको छ ।
दाजुहरू स्कुल जानुहुन्थ्यो, म घरमै सिन्काले धुलोमा कोरेर बस्थेँ
छोरा र छोरीलाई एउटै व्यवहार गर्न आमाबाट सुरु गर्नुपर्छ। समानता नभए बलजफ्ती गरेर अधिकार खोज्न महिलालाई सिकाउनुपर्छ।
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु-याउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायको विषयमा विगत केही दिनदेखि विभिन्न कोणबाट भएका बहसका सम्बन्धमा ध्यानाकर्षण भएको बताएको छ। साथै आयोगले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पु-याउन आग्रह पनि गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न र यथाशीघ्र आयोगहरू गठन गरी यस विषयलाई छिटो टुङ्गोमा पु-याउन सरकार र सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गर्दछ।”
महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ– सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
गठबन्धनमा थप दललाई समावेश गरिने
संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलद्वारा गठित कार्यदलको बैठकमा राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि समावेश गरेर सरकार विस्तार गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार बसेको बैठकमा राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि गठबन्धनमा समावेश गरेर अघि बढ्ने सन्दर्भमा छलफल भएको हो ।
महिला सशक्तीकरण र लैङ्गिक समानतामा हासिल गरेको उपलब्धि विशिष्ट– राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको छ ।
गौरवपूर्ण सङ्घर्षहरूमा नेपाली महिलाको योगदान प्रेरणादायी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरे बहराइन जानुहुने
सभामुख देवराज घिमिरेले बहराइनमा यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिनुहुने भएको छ ।
विशेष अदालतका चार फैसलामाथि सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेका चार फैसलामाथि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
नेपालको बिजुली भारत र बङ्गलादेशको बजारमा पुग्दैछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति दिइएको छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताउनुभएको छ।
महिला आयोग समुदायस्तरमा पुग्नुपर्छ : उपाध्यक्ष अर्याल
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय महिला आयोग समुदाय स्तरसम्म पुग्नुपर्ने बताउनुभएको छ।
जनताको जीवनसँग जोडिएका मुद्दालाई प्राथमिकता दिनुहोस् : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन आफ्नो पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
प्रत्यक्षतर्फ महिलालाई ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्छ : उपाध्यक्ष अर्याल
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई वाईसीएलको ज्ञापनपत्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र)को योङ कम्युनिस्ट लिग (वाईसीएल)ले ज्ञापनपत्र बुझाएको छ।
सङ्क्रमणकालीन न्याय मेलमिलाप आयोगबाट टुङ्ग्याउनुपर्छ : महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सङ्क्रमणकालीन न्यायको मान्यता अनुरुप यो सत्य निरुपण मेलमिलाप आयोगमार्फत समाधान गर्ने विषय भएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्चमा रिट दर्ता
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज (मङ्गलबार) रिट दर्ता भएको छ ।
आठदलीय कार्यदलको बैठक बस्दै
राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक बस्दैछ ।
शान्ति प्रक्रिया टुङ्ग्याउनु सरकारको प्राथमिक कार्यभार : सञ्चारमन्त्री शर्मा
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्गोमा पुराउन सरकारको प्राथमिक कार्यभार रहेको बताउनुभएको छ ।
‘सङ्क्रमणकालीन न्याय सत्य निरुपण आयोगमार्फत नै बढाइनुपर्छ’
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्नेमा माओवादी नेताहरुको जोड दिएका छन् । मंगलबार विहान वालुवाटारमा माओवादी पार्टी सम्वन्धित नेताहरुको बैठकपछि प्रकाशित विज्ञप्ती मार्फत यस्तो माग गरेको हो ।
राज्यका निकायमा महिलाको सहभागिता सुनिश्चित हुँदैछ : सभामुख
काठमाडौँ, फागुन २३ गते । सभामुख देवराज घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संवैधानिक प्रावधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधि कानुन बनाउने तहसम्म पुगेको उल्लेख गर्नुभयो ।सभामुख घिमिरेले महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै आर्थिक उन्नतिका लागि प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापन र परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वन, वातावरण संरक्षण र संवर्धनका लागि अभाव भएका कानुन बनाउन, भएका कानुन कार्यान्वयन गर्न र यस क्षेत्रमा देखा परेको चुनौतीको सामना गर्न सम्बन्धित सबैले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष भारती पाठकले महासङ्घले महिलाको नेतृत्व विकासका लागि ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा महिलाको आर्थिक आत्मनिर्भरताका क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । महासङ्घका महासचिव विर्षबहादुर शाही, सचिव ठाकुर भण्डारी, कार्यकारी निर्देशक डा. सीता अर्यालले महासङ्घका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महासङ्घमा विगतमा रहेर काम गर्नुभएका हाल प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्यलाई सम्मान गरिएको थियो ।
माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा
माओवादी धारका नेताहरूको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
‘सङ्क्रमणकालीन न्याय प्रक्रियामै टुङ्गिनुपर्छ’
सङ्क्रमणकालीन न्याय निरूपणका लागि सरकारले गृहकार्य गरिरहेका बेला सर्वोच्च अदालतले ‘रिट दायर’ गर्न आदेश दिएपछि राजनीतिक दलहरू गम्भीर छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्षी बनाइएको रिट दायर गर्न सर्वोच्चको आदेश आएपछि राजनीतिक दलहरू सङ्क्रमणकालीन न्याय निरूपणसम्बन्धी कामकारबाहीको समीक्षामा जुटेका हुन् ।