माओवादीको गतिविधिमा कमी
सङ्घ र प्रदेशको निर्वाचनलगत्तै सङ्गठन सुदृढीकरण र परिचालनमा सक्रियता देखाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को दलगत आन्तरिक गतिविधि सुस्ताएको छ। सङ्घ र प्रदेशको निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समितिले प्रतिवेदन बुझाए पनि कार्यान्वयन भने भएको छैन। दुईमहिने सङ्गठन सुदृढीकरण अभियानमा केन्द्रीय नेताहरू गाउँ जाने भनिए पनि त्योसमेत प्रभावकारी हुन सकेको छैन। विभिन्न कम्युनिस्ट पार्टीहरूसँग एकता र कार्यगत एकता गर्न गठित वार्ताटोलीको नतिजा पनि खासै देखिएको छैन।
कर्णाली राजमार्गको स्तरवृद्धिको पहल गर्छु : सांसद लामा
मुगाल समुदायबाट समानुपातिक सांसद रहेका जुम्लाका सांसद छिरिङ ल्हामु लामाले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि सक्ने पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । गृह जिल्लामा गरिएको स्वागत कार्यक्रममा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जलि अर्पण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार निधन हुनुभएका नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
इलामका वडा कार्यालयमा तालाबन्दी
‘कोशी’ प्रदेश नामकरणको विरोधमा सङ्घर्ष समितिले इलामका स्थानीय पालिकाका केही वडा कार्यालयमा तालाबन्दी गरेको छ।
राष्ट्रपति निर्वाचन सन्दर्भमा एमालेको अभिमुखीकरण कार्यक्रम
नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचन सन्दर्भमा सोमबार अभिमुखीकरण कार्यक्रम गरेको छ ।
महामूर्खको उपाधि पाउन तँछाडमछाड
कसैलाई मूर्ख मात्र पनि भनिदिँदा क्रोधले तथानाम गालीगलौज मात्रै गर्दैनन् उस्तै परे हातपात गर्न अग्रसर हुन्छन्। तर जनकपुरमा सम्मेलनको आयोजना गरेर हजारौँ मानिसका अगाडि महामूर्ख भनेर घोषित गरिँदा पनि आफूलाई गौरवान्वित महसुस गर्छन्।
प्रधानमन्त्रीसँग शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष एवम् वर्ल्ड एथलेटिक्सका सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
थापाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त
नेकपा (एमाले) ले प्युठान जिल्ला कमिटी सदस्य रामबहादुर थापा ‘गोपाल’ को निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलले सोमबार शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति निर्वाचन: आज रातिदेखि प्रचारप्रसार निषेध
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो ।
पढ्न नपाउने समस्या अन्त्य हुनुपर्छ
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बाटोघाटो र पुलको अभावमा बालबालिका पढ्न नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग र एजुकेसन इन इभ्री होमद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उहाँले मानव अधिकारको दृष्टिले पनि हरेक नागरिकले शिक्षा पाउनु अपरिहार्य भएको तर अहिले पनि पुल नहुँदा बर्सातका बेला स्कुल जान नपाउने र घरपायक क्षेत्रमा स्कुल नै नहुँदा बालबालिका शिक्षाबाट वञ्चित हुनु परेको बताउनुभयो ।
होली अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने पर्व हो
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
होली पर्वले सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस्ः सभामुख घिमिरे
काठमाडौँ, फागुन २२ गते । सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।“होली पर्वले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा भनिएको छ, “यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास लिएको छु ।”सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरकफरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ”, सन्देशमा छ । साथै, जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको उल्लेख छ ।“विविधतायुक्त हाम्रो समाजलाई एकताबद्ध बनाउने दायित्व सबै नागरिकको हो”, सन्देशमा भनिएको छ, “परम्परागत चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि हाम्रै हो, तर चाडबाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नै पर्दछ ।”फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रङ्गहरुको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रङ्गहरु खेली मनाउने प्राचीन परम्परा छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन,लिङ्ग वा समुदायबारे फरक मत
राष्ट्रपति र उपराष्ट्रपति पदमा समानुपातिक समावेशी प्रतिनिधित्वबारे गरिएको संवैधानिक व्यवस्थालाई लिएर अन्योल देखिएको छ । संवैधानिक व्यवस्थालाई लिएर राजनीतिक दल र संविधान एवं कानुनका जानकारबीच नै फरक धारणा रहेको छ । नेपालको संविधानको धारा ७० ले ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने’ व्यवस्था गरेको छ । राष्ट्रपति पदमा पुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला वा फरक समुदायका पुरुष उम्मेदवार हुनुपर्ने राजनीतिक दलको बुझाइ छ । राष्ट्रपति पदको निर्वाचनमा दुवै जना पुरुष उम्मेदवार हुनुहुन्छ । निर्वाचनबाट राष्ट्रपति पदमा पुरुष नै निर्वाचित हुने सुनिश्चित भइसकेको अवस्थामा उपराष्ट्रपति पदको उम्मेदवारबारे विवाद देखिएको छ ।
‘सद्भाव र प्रेमको पर्व होली’
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाज होलीमा खेलिने रङहरूजस्तै विविधतापूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ । फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
‘होली साझा संस्कृति’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायबीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘विस्तृत शान्ति सम्झौताविपरीत कार्य’
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौताविपरीत भएको टिप्पणी गरेको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार विज्ञप्तिमार्फत उक्त टिप्प्णी गर्नुभएको हो।
जनयुद्धलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिन सक्ने चेतावनी
तत्कालीन नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रिया निष्कर्षमा पुगेका छैन। सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमार्फत शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम भइरहेको छ।
नौ दलद्वारा गणतन्त्रको रक्षा गर्ने दृढता व्यक्त
सत्ता निकट नौ राजनीतिक दलका शीर्ष नेताको बैठकले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गरेको छ ।
द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत
सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ ।
घुससहित सशस्त्रका प्रहरी सहायक हवल्दार पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित सशस्त्र प्रहरीका सहायक हवल्दार नगेन्द्र सेनलाई पक्राउ गरेको छ।
एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण छ : प्रवक्ता शर्मा
सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ।
शहीदको सपना साकार पार्न सबै लागौँ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शहीदको सपनालाई साकार पार्न सबै लाग्नु पर्ने बताउनुभएको छ । उहाँले शहीदले गरेको बलिदानी र देखेको सपनाअनुसार जनताको जीवनमा अनुभूत गर्नेगरी काम गर्नुपर्ने भन्दै यस्तो बताउनुभएको हो ।
‘बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै राजनीतिक स्थायित्व’
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सम्भव रहेको बताउनुभएको छ । आइतबार शहीद दिवसमा आज विज्ञप्ति जारी गर्नुहुँदै उहाँले झापा विद्रोह नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण परिघटना भएको बताउनुभयो ।
आठ दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
प्रधानमन्त्री निवास बालुवाटारमा आठ दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बालुवाटारमा आठ दलको बैठक सुरु भएको जानकारी दिनुभयो ।