• १३ साउन २०८१, आइतबार

‘प्रेरणादायी महिला’ पुस्तक लोकार्पण

blog

प्रेरणादायी महिला नामक पुस्तक लोकार्पण गर्नुहुँदै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं, फागुन १९ गते । प्रेरणादायी महिला नामक पुस्तक लोकार्पण भएको छ । 

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार मोतीदेवी स्मृति केन्द्रले सो पुस्तक लोकार्पण गरेको हो । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सो पुस्तक सार्वजनिक गर्नुहुँदै स्मृति केन्द्रले सामाजिक जीवन, इतिहास र वर्तमानमा महत्वपूर्ण योगदान पुर्‍याएका महिलालाई सम्मान गरेकोमा यसखाले कार्यक्तमले अरुमा पनि शिक्षा र प्रेरणा मिल्ने बताउनुभयो।

मोतीदेवी स्मृति केन्द्रले राजनीतिक, सामाजिक, साहित्य लगायतका विविध विधामा योगदान पुर्‍याएका महिलालाई सम्मान पनि गरेको हो । 

एमाले अध्यक्ष ओलीले भन्नुभयो, “महत्वपूर्ण योगदान  पुर्‍याउनुभएका  दिदीबहिनीलाई सम्मन गर्नुभएको छ । सम्मान भएन भने यस युगमा नै कदर भएन भने, उहाँहरुले त केही नठान्नुहोला  तर, अरुले त्यसबाट पाउने शिक्षा, प्रेरणा पाइरहेको हुँदैन ।”

कार्यक्रममा राजनीतिक तथा सामाजिक, महिला अधिकार, पर्वतारोहण, साहित्य लगायतका क्षेत्रमा महत्वपूर्ण क्षेत्रमा योगदान  पुर्‍याएका कृष्ण ताम्राकार, सावित्री थापा, निरकेशरी श्रेष्ठ, बेटी बज्राचार्य, लाक्पाफुटी शेर्पा, सुशीला श्रेष्ठ, निलम केसी, सुनमाया बुढा लगायतलाई सम्मान गरिएको छ।