राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ ।
सञ्चालनमा नआएका स्वास्थ्य सामग्री फिर्ता लिन स्वास्थ्य विभागलाई निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनावश्यक रूपमा (स्थान नभएर वा जनशक्ति नभएर पनि) उपकरण खरिद गरेका अस्पताललाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ।
शोक प्रस्ताव पारित
राष्ट्रिय सभाको बैठकले तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रियसभा बैठक : अध्यादेश स्वीकृत
ष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गर्नुभएको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र सामेल हुँदै
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सामेल हुन लागेको छ । प्रदेश सरकार र माओवादी केन्द्र संसदीय दलबीच भएको सहमतिअनुसार माओवादीले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने गरी आज शुक्रबार नै सरकारमा सामेल हुन लागेको हो ।
टिआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन
कानुन, न्याय तथा मानव अधिकार समितिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
भुटानी शरणार्थी प्रकरणमा दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गर्नु भएको छ ।
गणतन्त्र दिवस मनाउनेसम्बन्धी मूल समारोह समितिको बैठक जारी
सिंहदरबारमा गणतन्त्र दिवस २०८० मनाउने विषयमा मूल समारोह समितिको बैठक सुरु भएको छ । शुक्रबार दिउँसोबाट समितिको बैठक सुरु भएको हो ।
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
राष्ट्रिय सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार मध्याह्न साढे १२ बजेबाट बैठक सुरु भएको हो ।
माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा २० सदस्यीय टोली आज (शुक्रबार) चीन प्रस्थान गरेको छ ।
राष्ट्रपतिद्वारा संयुक्त बैठकलाई आज सम्बोधन हुने
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै
सुदूरपश्चिम प्रदेश सरकारको १०० पुगेकै दिन आज (शुक्रबार) मन्त्रीमण्डल विस्तार हुने भएको छ ।
औचित्यहीन बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
विगत पाँच वर्षमा बेरोजगारको सूचीमा सूचीकृत करिब ४४ लाख बेरोजगारमध्ये करिब १५ प्रतिशतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसतमा ५० दिनको रोजगारी प्राप्त गरेका छन् ।
त्रिविमा सम्बन्धन विवाद
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले क्याम्पसहरूलाई सम्बन्धन तथा शैक्षिक कार्यक्रम थप गर्दा निजी तथा सामुदायिक क्याम्पसको स्वार्थ अनुसार निर्णय गर्ने गरेको पाइएको छ ।
सरकारको नीति तथा कार्यक्रम आज
राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।
सदनमा सांसदका २० प्रश्न : प्रधानमन्त्रीको सिधा जवाफ
बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २० जना सांसदले सोध्नुभएका प्रश्नको सिधा जवाफ दिनुभएको छ।
भ्रष्टाचारमा ठूला दलको संलग्नता रहेको अध्यक्ष लिङ्देनको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार काण्डमा सबै ठुला दलका नेताको संलग्नता रहेको आरोप लगाउनुभएको छ ।
भारत भ्रमणमा देशको राष्ट्रिय हित, एकता र स्वाधीनतामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधीनतामा कुनै किसिमको सम्झौता नहुने बताउनुभएको छ ।
‘एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छौँ'
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री र सांसदबीच प्रश्न सोध्ने र जवाफ दिनेक्रम सुरु भएको छ। बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २० जना सांसदले सोध्नुभएका प्रश्नको जवाफ दिनुभएको छ।
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
सरकारले आर्थिक वर्ष २०८/०८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
मल खरिदका लागि भारत सरकारसँग सम्झौता भइसक्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताउनुभएको छ ।
भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भए पनि कारबाही हुन्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ।