राजनीतिक दलसम्बन्धी ऐनमा फरक सुझाव
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन तथा परिमार्जनका लागि निर्वाचन आयोगको प्रस्तावित व्यवस्थामा राजनीतिक दलहरूको सुझाव बाझिएको छ ।
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : अध्यक्ष डा. भट्टराई
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताउनुभएको छ ।
‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका तीनै तह मिलेर काम गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। स्वास्थ्य समन्वय समितिको तेस्रो बैठकको अध्यक्षता गर्दै उहाँले तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
उपराष्ट्रपति यादवसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। काठमाडौँ लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्रालयको कार्यसम्पादनमा मुख्यमन्त्री लामाको चासो
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारका मन्त्रीलाई द्रूत गतिमा कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ।
विभागको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले सक्रियताका साथ काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।
श्रम संसार पोर्टलले रोजगारीका लागि सही सूचना सम्प्रेषण गर्ने छ : श्रममन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावका कारण रोजगारीको अवसरबाट युवाहरू बञ्चित हुनु परेको बताउनुभएको छ ।
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’बहुमतले पारित
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । मङ्गलबार बसेको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।
‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित
‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मङ्गलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।
राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।
लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन् : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गर्नुभएको छ ।
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित : संसदको अर्को बैठक शुक्रबार
प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो।
विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह
सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गर्नुभएको छ ।
राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुर्व्यवहार गरिएको भन्दै सरकारको ध्यानाकर्षण
रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सरकारले शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाओस् : सांसद खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रूपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
इतिहास फर्किंदैन : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती राजतन्त्र नफर्किने बताउनुभएको छ ।
बजेटको तयारीमा जुट्दै प्रदेश सरकार
प्रदेश सरकार बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट तयारीमा सरकार जुटेको हो ।
कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिकमन्त्री थापालाई
अविनाश चौधरीधनगढी, वैशाख १६ गते । सुदूरपश्चिमको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हाल्नु भएको छ । आजबाट भारत भ्रमणमा जानुभएका मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिनु भएको हो । बजेट तयारीको सङ्घारमा भारतमा भ्रमणमा निस्कनु भएका शाहले यो बेला आफ्नो भारत भ्रमणले बजेट तयारीमा असर नपर्ने बताउनुभयो । “कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी मैले आर्थिक मन्त्रीलाई नै सुम्पेकाले बजेटको तयारीमा कुनै समस्या हुँदैन” उहाँले भन्नुभयो । भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । टोलीले एक हप्तासम्म दिल्ली, देहरादुन र लखनऊमा बिताउने बताइएको छ । भ्रमणको क्रममा मुख्यमन्त्री शाहले दिल्लीमा सङ्घीय मन्त्रीहरू, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका दअनाथ तथा सहिद परिवारका दुई जनाबालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहानबाट सुरु भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गरौँ: रक्षा मन्त्री राई
काठमाडौँ, वैशाख १६ गते । रक्षा मन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गर्न जरुरी रहेको बताउनुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अध्ययन गैर राष्ट्रिय गौरवका आयोजनाहरू घटाउन सके घटाउन जरुरी रहेको बताउनु भयो । उहाँले धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा जोड दिनुभयो । थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए राम्रो हुने मन्त्री राईको भनाइ छ । मन्त्री राईले भन्नुभयो, ‘राष्ट्रिय गौरवका आयोजनाहरू मेरो पनि मत छ, यसलाई पुनः विचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर घटाउनुपर्छ भने पनि घटाऊँ । थुप्रो घोषणा गर्ने, काम हुँदै नहुने, हाम्रो आर्थिक अवस्थाले धान्दै धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्ने ? सक्ने मात्रै गरौँ भन्ने मेरो पनि मत छ । मैले त्यो कुरो राखेको पनि छु । कुनै परेकै छैन, राष्ट्रिय गौरवको आयोजनामा नराखी नहुने छ भने त्यसलाई राखौँ तर थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए हुन्थ्यो, भनेर मेरो पनि मत छ । क्याबिनेटमा मेरो पनि आफ्नो मत छ । मैले बारम्बार भनिरहेको छु ।’रक्षा मन्त्री राईले फास्ट ट्र्याक निर्माण भइरहेका क्षेत्रका सांसदहरूसँग छलफल गर्ने बताउनु भयो । उहाँले गाडीबाटै अनुगमन गर्न जाने र त्यसको निष्कर्ष निकाल्ने प्रयासमा आफू रहेको बताउनु भयो । उहाँले गरिबी परिचयपत्र वितरण गर्न जरुरी रहेको बताउनु भयो ।
दलको मिल्दो नामलाई मान्यता नदिइने
दलको प्रस्तावित नाम अन्य दलसँग मेल खाएको भन्दै निर्वाचन आयोगले सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टीलाई अर्को नाम प्रस्ताव गर्न आग्रह गरेको छ ।
राष्ट्रपतिले संसद्लाई १९ गते सम्बोधन गर्नुहुने
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सातै प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्दीबासमा
संघीय प्रणलीविरुद्ध अनेकन भाष्य र प्रश्न खडा गरिएका बेला मधेश प्रदेश भौतिक पूर्वाधार विकाश मन्त्रालयले संङ्घीयतामा पूर्वाधार विकाशको महत्व, सम्भावना र चुनौती विषयलाई समेटेर सोमबार बर्दीबासमा ‘अन्तर प्रदेशीय एकता र भिन्नता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।