पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबिच सोमबार भेटवार्ता भएको छ ।
कांग्रेस महाधिवेशनबारे नेतृत्वलाई मतलव नै छैन : डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन आगामी मङ्सिरमा हुनुपर्ने भए पनि कोही पदाधिकारी नबोलेको बताउनुभएको छ ।
आवश्यकताको आधारमा समय सापेक्ष ऐन कानुन संशोधन हुनुपर्छः श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानुन समय सापेक्ष परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्छौं : मन्त्री सारु
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार लागेको बताउनुभएको छ ।
मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पताल उद्घाटन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो ।
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपाली आकाशलाई सुरक्षित बनाइने छः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
तराई–मधेश जागरण अभियान : माओवादी नेता कैलाली आउने क्रम सुरु
तराई–मधेश हुलाकी राजमार्ग जागरण अभियानका लागि नेकपा (माओवादी केन्द्र) का नेता कैलाली आउने क्रम सुरु भएको छ ।
मधेश प्रदेशको आगामी बजेट निर्माणका लागि कांग्रेसको बैठक सुरु
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणसम्बन्धी सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सोमबार जनकपुरधाममा सुरु भएको छ ।
आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने
निजी मेडिकल कलेजका सञ्चालकहरु आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने भएका छन् ।
निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने छ : मन्त्री अधिकारी
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने भएको छ ।
गाउँमा सिंहदरबार पुग्नुभन्दा सेवा पुग्नु महत्त्वपूर्ण हो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँगाउँमा सिंहदरबार पुग्नुभन्दा पनि जनतालाई ती सिंहदरबारले के कस्तो सेवा दिइरहेका छन् भन्ने महत्वपूर्ण भएको बताउनुभएको छ ।
आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
शिक्षक आन्दोलनको दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरूले शिक्षकहरूको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताउनुभएको छ । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग
सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको छ ।
एएफपीपीडी महासभामा सांसद गौचन युवा समितिको अध्यक्षमा निर्वाचित
काठमाडौँ, वैशाख १५ गते । नेपालका सांसद योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी)को युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो।एएफपीपीडी एसिया– प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समिति एनसिएस का सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो, जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।थकालीको निर्वाचनले जनसङ्ख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको छ। युवा सशक्तीकरणको क्षेत्रमा उहाँले गर्दै आएको सक्रिय नेतृत्वका अतिरिक्त, थकालीले जलवायु संकटसम्बन्धी विषयहरूलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन्। उहाँले विभिन्न मञ्चमा जलवायु सङ्कटको आवाज बुलन्द गर्दै, दिगो र समावेशी नीतिहरूको आवश्यकता प्रतिपादन गर्दै आएका छन्।निर्वाचनपछि प्रतिक्रिया दिँदै थकालीले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवर्द्धन गर्ने, क्षेत्रीय सहकार्यलाई बलियो बनाउने र जलवायु परिवर्तनका विरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँको नेतृत्वले एसिया प्रशान्त क्षेत्रका युवाहरूलाई दिगो भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न अझ उत्प्रेरित गर्ने विश्वास गरिएको छ।
विपन्नलाई मात्र भत्ता दिनुपर्छः सांसद बलदेव बोहरा
काठमाडौँ, वैशाख १५ गते । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराले आवश्यकताका आधारमा मात्रै ज्येष्ठ नागरिकलाई भत्ता दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित हुनुभएका बोहराले भन्नुभएको छ, “ज्येष्ठ नागरिकले पाउने भत्ता सबैले पाउनुहुँदैन, काठमाडौँमा दुई-तीन वटा घर हुने आर्थिक रुपमा सम्पन्न छ भने उसलाई भत्ता दिनु हुँदैन, बरु केही पनि सम्पत्ति नभएको गरिब, जसलाई दुई छाक खान धौधौ छ, उसलाई दिनुपर्छ ।” विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट समानुपातिक सभासद् बन्नुभएका सांसद बोहराले जनताको आवश्यकताको आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । विंस २०२७ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका ७४ वर्षीय बोहरासँग गरिएको कुराकानीको सम्पादित अंश । वृद्धभत्ता बढाएर समय सान्दर्भिक बनाउनुपर्छ ?– आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत सरकारले ज्येष्ठ नागरिकको भत्ता बढाएर मासिक रु. चार हजार पुर्याएको छ । यो आफैँमा राम्रो पक्ष हो । यसलाई राज्यको ढुकुटी हेरेर अझै बढाएर, सान्दर्भिक बनाएर लैजान पनि सकिन्छ । तर यो सुविधा सबैलाई दिने हो भने देशको आर्थिक अवस्थाले थेग्न सक्दैन । राज्यको ढुकुटी सकिन्छ । आर्थिक रुपमा सम्पन्न वृद्धवृद्धाका लागि वृद्धाभत्ता दिनुको कुनै अर्थ छैन । जो पीडित छ, सहाराविहीन छ, जसको केही पनि आयस्रोत छैन, त्यस्ता नागरिकलाई दिनु ठीक कुरा हो । सहाराविहीन वृद्धलाई दिनुपर्छ । जसका छोराछोरी सम्पन्न छन्, उनीहरुलाई भत्ता दिनु राम्रो कुरा होइन । विसं २०५१ मा सुरु गरिएको भत्ता पाउने उमेर हद ७५ वर्षबाट क्रमशः ७०, ६५ हुँदै ६० सम्म आइपुगेको छ । नेपालमा विभिन्न वर्ग, क्षेत्र, लिङ्ग र जातिलाई लक्षित गरी अहिले १० किसिमका सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ । हामीले राम्रो गरेकालाई राम्रो भन्न सक्नुपर्छ । सरकारले दलित, एकल महिला, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, तोकिएका क्षेत्रका ज्येष्ठ नागरिक, विधवा, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति र बाल पोषणका रुपमा पनि भत्ता दिएको छ । यो राम्रो कुरा हो । देश विकासको निम्ति परिवर्तनकारी शक्ति मिल्नुको विकल्प छैन ?– देश विकास गर्ने हो भने ठूला राजनीतिक शक्तिहरु नेपाली कांग्रेस, नेकपा [एमाले] र माओवादी केन्द्र मिलेर अगाडि बढ्नुपर्छ । उनीहरु एकापसमा मिल्दा मात्रै देशको आर्थिक, सामाजिकलगायत सबै विकासले गति लिन्छ । अब यहाँ त एउटाले केही गर्न खोज्यो भने अर्कोले विरोध गर्ने चलन छ । त्यसो गर्न भएन । आपसमा मिलेर देशको विकास गर्नुपर्छ । दलहरु आपसमा लड्ने काम गर्नुभएन । दलले काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो ?– सरकार र राजनीतिक दलले राम्रोसँग काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो । हामीले राजाको पालामा भएका काम पनि देखेकै हो । दलहरु मिलेर जनचाहनाअनुसार देशको विकास गर्ने हो भने राजसंस्थाको कुरा उठ्दैन । गणतन्त्र आएपछि केही राम्रा काम पनि भएका छन्, नभएका होइनन् । तर धेरै काम हुनुपर्ने थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिका सरकारले जनताको पक्षमा काम नगरेका कारण जनतामा वितृष्णा आएको हो । यसलाई सच्याउन सरकारहरुले राम्रो काम गर्नुपर्यो । जनताको पक्षमा काम गर्नुपर्यो । उद्योगधन्दा खोलेर विदेश जाने युवालाई रोक्न सक्नुपर्याे । राजनीतिक दलले काम नगरेपछि बेरोजगारी बढेको हो । संविधान कार्यान्वयन भएको छ, तर जति हुनुपर्ने हो, त्यति भएको छैन ?- राष्ट्रियसभाले संविधान बमोजिम धेरै कानून बनाएको छ । कतिपय महत्वपूर्ण कानून बनाउन बाँकी नै छन् । जनताका शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा सदनमा कुरा उठिरहेकै छ । सबै पार्टीका सांसदले निरन्तर यी विषय उठाउँदै आएका छन् । राष्ट्रियसभामा उठेका धेरै विषय कार्यान्वयनमा गएका छन् । दश वर्षमा संविधान संशोधन गर्न सकिने भन्ने छ । यसलाई संशोधन गर्नुपर्छ भन्ने मेरो पनि धारणा हो । खासगरी निर्वाचन प्रणाली, शासकीय स्वरुपमा संशोधन गर्न आवश्यक छ । सङ्घीयतालाई पनि सुधार गर्नुपर्ने जरुरी छ । सङ्घीय प्रणालीलाई पनि परिवर्तन गरेर नयाँ बनाउनुपर्छ । सुशासनको लागि सरकारले सही ढङ्गले काम गर्नुपर्यो ?– रोजगारीका लागि सरकारले आर्थिक विकासमा जोड दिनुपर्छ । राज्यले रोजगारी सिर्जना गर्नुपर्छ । सबैलाई रोजगारी दिनुपर्छ । राज्यले बेरोजगारका लागि केही न केही व्यवस्था गर्नुपर्छ । सुशासन कायम गर्ने पक्षमा पनि सरकारहरुले ठोस काम गर्न सकेका छैनन् । भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सरकार निर्मम हुनुपर्छ । जनताको विश्वास जित्ने किसिमले काम गर्नुपर्छ । रासस
तीन दिन हिरासतमा राख्न अनुमति
कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।
शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो : महासचिव पोख्रेल
सत्तारुढ दलका नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दुःखद अवस्था सिर्जना भएको बताउनुभएको छ।
नवनिर्वाचित फोनिजकर्मीलाई सेन्टरको बधाई
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालले आज स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
माओवादी अध्यक्ष प्रचण्ड भोलि कैलाली आउनुहुँदै
पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि कैलाली आउँदै हुनुहुन्छ।
एमाले–कांग्रेस नेतृत्वको सरकार आवश्यकताले बनेको हो : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार समयको आवश्यकताले बनेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसजस्तो देशको दुई पुरानो एवम् प्रतिस्पर्धी पार्टीहरुको सरकार बन्नु समयको आवश्यकता हो, भन्नुभयो ।
स्थानीय तहमा आपतकालीन गोदाम घर बनाउनुपर्नेमा जोड
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।