राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गर्नुभएको थियो । यसअघि राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (प्रत्यक्ष प्रसारण)
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।
राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस
बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेल लमजुङ आउनुहुँदै
लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा निर्माणाधीन “राष्ट्रकवि माधव घिमिरे पार्क” र शालिक अनावरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल लमजुङ आउनुहुने भएको छ ।
राष्ट्रपति पौडेलसँग अजरबैजानका उप विदेशमन्त्रीको भेट
राष्ट्रपति रामचन्द्र पौडलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठक स्थगित
आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । शुक्रबार बिहान १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल
परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगन्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठक बस्दै : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
काठमाडौँ, वैशाख १९ गते । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसक्नुभएको छ ।यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।
जनताले चुनेको यो शासन व्यवस्थाको विकल्प छैन : सचिव बिष्ट
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले जनताले जनताको लागि चुनेको शासनको बिकल्प नरहेको बताउनुभएको छ । राजा फर्काउन राजावादीको प्रयास सफल नहुने उहाँको भनाइ छ ।
विदेशका नेपालीलाई साझा सोचका साथ अघि बढ्न आग्रह
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा काँग्रेसले साहसिक निर्णय लिएकाले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताउनु भएको छ ।
कैलालीको राजकाँडा गुलजार हुन्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कैलालीको राजकाँडा तीन प्रदेशको पर्यटन पवर्धननका लागि संगमस्थलको रुपमा विकास हुने बताउनुभयो ।
जबजको गन्तव्य परिपूर्ण लोकतन्त्र : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज)को गन्तव्य परिपूर्ण लोकतन्त्र भएको बताउनुभएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले बिहीबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको सभामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो।
मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताउनुभएको छ।
बागमती प्रदेश युवासम्मेलन २०८२ हुँदै
प्रदेश युवा परिषद बाग्मतीले बैशाख २८ गतेदेखि ३० गतेसम्म बागमती प्रदेश युवासम्मेलन २०८२ आयोजना गर्दैछ ।
गैरआवासीय नेपालीलाई दिएको नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गर्नुभएको छ ।
‘कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि कोशी प्रदेश अनुकुल रहेको बताउनुभएको छ । शान्तिसुरक्षा, श्रमिक र लगानीकर्ताहरूबिच सुमधुर सम्बन्ध, विद्युत, सडकलगायत पूर्वाधार आदिका हिसाबले कोशी प्रदेश निकै अनुकूल रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ।१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउने भएकाले सबैको सहयोग र समन्वय गर्नुपर्ने बताउनुभयो ।
धनीलाई विपन्नताको सिफारिस नगर्न मन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले धनी व्यक्तिलाई विपन्नताको सिफारिस नगर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका –५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबारबाट सञ्चालनमा ल्याइएको ‘जीपी कोइराला लायन्स हेमो डायलाइसिस युनिट’ को शुभारम्भ गर्दै सो कुरा बताउनुभएको हो ।
राससलाई आवश्यक स्रोतसाधनसहित सुदृढ र प्रभावकारी बनाउनुपर्ने : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)लाई आवश्यक स्रोतसाधन उपलब्ध गराएर अझ सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
यथास्थितिमा बजेट अधिवेशन चल्न नदिने प्रतिपक्षीको अडान
विभिन्न माग राख्दै सुदूरपश्चिम प्रदेश सभामा विरोध जनाएको प्रतिपक्षी दलले यथास्थितिमा सभाको छैटौं अर्थात् बजेट अधिवेशन चल्न नदिने अडान लिएका छन्। प्रतिपक्षीले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै प्रतिपक्षीले यथास्थितिमा बजेट अधिवेशन चल्न नदिने बताएका हुन।प्रतिपक्षीको अडान यथावत रहेकाले सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशन अन्योल बनेको छ।
लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्णः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउन चुनौतीहरू देखिएको बताउनुभएको छ । बिहीबार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
विदेशमा सिकेको सीपलाई समृद्धिमा लगाउन सभापति देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरी तीव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गर्नुभएको छ ।