सङ्घीय शिक्षा विधेयक ल्याउन सभामुखको आग्रह
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा विधेयक छिटो संसदमा पेस गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
'सङ्घीयता र गणतन्त्र पक्षधर शक्ति राष्ट्रिय सहमति कायम गरी अघि बढ्नुपर्छ'
राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले सङ्घीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आग्रह: सदन चलिरहँदा मोबाइल अफ गर्नुस्
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल अफ गर्न सांसदहरूलाई आग्रह गर्नु भएको छ ।
तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय उपचारको हब बनाउन माग
राष्ट्रिय सभाका सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक जारी रहेको छ ।
संसदीय समिति गठनको प्रक्रिया अगाडि बढ्छ : प्रवक्ता गिरी
प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेसँगै संसदीय समितिहरू गठन प्रक्रिया अगाडि बढ्ने भएको छ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा पारित
प्रतिनिधि सभाको आइतबार बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ।
मिटरब्याज पीडितका समस्या समाधानका लागि सार्वजनिक महत्त्वको प्रस्ताव
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटरब्याज पीडितका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
सङ्क्रमणकालीन न्यायको काम पूरा गर्न सरकार गम्भीर छ : उपप्रधान मन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रतिनिधि सभा नियमावलीको मस्यौदा प्रतिवेदन पारित गरिँदै
प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गर्ने भएको छ ।
प्रतिवेदन पेस
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
‘मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस्’
राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
सङ्घीय संसद् भवन पूरा गर्न समय माग
सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् ।
मिटरब्याजी पीडकलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्छ : सदस्य शर्मा
राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सदस्य शर्माले मिटरब्याजी पीडितहरू आन्दोलित भइरहेको उल्लेख गर्नुहुँदै मिटरब्याज पीडकहरूलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो ।
राष्ट्रिय सभाको शून्य समय : मिटरब्यार पीडितको समस्या तत्काल समाधान गर्न माग
राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गर्नुभएको छ ।
सरकारले संसद्लाई महत्त्व दिनुपर्छ : रघुजी पन्त
प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको गतिहीनताले समग्र सांसदमाथि प्रश्न उठेको बताउनुभएको छ।
नागरिकता कानुन टेबल गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा सदस्य गगन थापाले नागरिकता सम्बन्धी कानुन संसद्को यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
मिटरब्याज आर्थिक अपराध हो : प्रदीप पौडेल
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मिटरब्याज आर्थिक अपराध मात्रै नभई सामाजिक अपराध भएको बताउनु भएको छ।
बुधबारको प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभाको बैठकमा सांसद्ले धारणा राख्नेक्रम चलिरहेको छ ।
प्रतिनिधि सभा बैठक आज बस्दै
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।
सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : सचेतक बर्तौला
नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताउनुभएको छ ।
सत्य निरूपण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधि सभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध हो : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धको हुने बताउनुभएको छ।
संवैधानिक परिषद् विधेयकमा संशोधन पेस गर्न ७२ घण्टाको समय
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस भएको छ।