राष्ट्रिय सभा बैठक : सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग
राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसदहरूले भारतले अखण्ड भारत भन्ने नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : सांसद लिङ्देन
सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताउनुभएको छ ।
जनताको दिनचर्यालाई सम्बोधन गर्न सके बजेट सफल : लामिछाने
सांसद रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने धारणा व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक संसद् भवनमा जारी रहेको छ ।
समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ
नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवादको यात्रा तय गर्नबाट चुकेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको शून्य समय : भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग
प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गर्नुभएको छ ।
‘ गर्मीले तराईको जनजीवन कष्टकर भयो ’
सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
प्रतिनिधि सभाको आकार ठुलो भयो, तत्काल घटाऔँ
सांसद खिमलाल देवकोटाले प्रतिनिधि सभाको आकार ठुलो भएकाले त्यसलाई घटाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उहाँले प्रतिनिधि सभाको आकार घटाउनका लागि संविधान संशोधनको प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।
कर नीतिको विरोध गर्छौँ : सांसद श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत ल्याएको कर नीतिको सशक्त ढङ्गले विरोध गर्ने बताउनुभएको छ।
बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया
राष्ट्रिय सभा बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटका बारे मिश्रित प्रतिक्रिया दिनुभएको छ । सत्तापक्षका सांसदहरूले सकारात्मक भएको भनिरहँदा विपक्षी दलका सांसदहरूले भने आलोचना गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध छ : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोसिस भएको छ : सांसद बडू
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको बताउनुभएको छ ।
आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित होइन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ ।
नेपाली भूमिको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो होइन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद् भवनमा नेपालको भूमि सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताउनुभएको छ ।
शून्य समय : नागरिकता विधेयकदेखि सुकुम्वासीका समस्यासम्म
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बिउबिजनमा देखिएको अभावदेखि सुकुम्वासी र भूमिहीनका विषय उठान गरिएका छन् ।
राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन (प्रत्यक्ष प्रसारण)
बुधबार बिहान ११ बजेर ११ मिनेटमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वको विषयमा सम्बोधन गरिरहनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नुहुने छ ।
बजेटले राष्ट्रिय आकाङ्क्षा सम्बोधन गर्न सकेन : अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकाङ्क्षा सम्बोधन गर्नेखालको आउन नसकेको बताउनुभएको छ ।
संविधान र सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिनुपर्छ : नेता निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताउनुभएको छ ।
तोकिएको समयमा संसद् बैठक सुरु नहुँदा निराश हुँदै फर्किए विद्यार्थी
प्रतिनिधि सभाको बैठक दुई घण्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक हेर्न समय अगावै दर्शकदीर्घामा पुगिसकेका थिए ।
प्रतिनिधि सभा बैठकमा उठ्यो बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय
प्रतिनिधि सभा बैठकमा गत जेठ १४ गते बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा अर्थमन्त्रीको जवाफ माग गरिएको छ ।
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर गएको छैन : अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताउनुभएको छ । मङ्गलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा पूर्वकर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न माग
प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ ।