काठमाडौँका छात्रावास अब महानगरको अधीनमा
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रावासलाई अनिवार्य रूपमा आफू मातहत आउन निर्देशन दिएको छ ।
विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्दैछ ।
‘लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ’
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताउनुभएको छ।
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताउनुभएको छ।
पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना
कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन।
स्कुटरको ठक्करले पैदलयात्रीको मृत्यु
मकवानपुरको बागमती गाउँपालिका वडा ४ मा स्कुटरले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । एकजना घाइते हुनुभएको छ ।
पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ ।
असिना पानी
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ स्थित नुवाकोटमा परेको असिना पानी । जिल्लाको विभिन्न ठाउँमा आज असिना परेको छ ।
त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता
जिल्लाको कञ्चनरुप नगरपालिका-४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।
लक्ष्मी माताको मूर्ति विसर्जन
कपिलवस्तुको विभिन्न स्थानमा लक्ष्मीपूजाका लागि स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ ।
देउसी खेल्नेलाई बसले ठक्कर दिँदा एकको मृत्यु
देउसी खेलिरहेकालाई बसले ठक्कर दिदाँ १ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वाड नम्वर ५ जयठाटीमा ना ३ ख २४७१ नम्बरको बसले सोमवार साँझ ठक्कर दिदाँ घटनास्थलमै एक जनाको मृत्यु भएको हो ।
कर्णालीमा एक जना बेपत्ता
कात्तिक १७ गते कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका विशाल चौधरी अझै भेटिएका छैनन् ।
बार्सिलोनामा भारी वर्षाले रेल सेवा अवरुद्ध
पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सयभन्दा बढी मानिसको ज्यान लिएको थियो। निरन्तर आइरहेको आँधीले सोमबार बार्सिलोनामा पनि वर्षा गराउँदा अधिकारीहरूले यात्रु रेल सेवा स्थगित गर्नुपरेको छ।
तीन दिनपछि हुम्लामा हवाई उडान सुरु
हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन ।
स्कटल्याण्डविरुद्धको खेलमा चोटग्रस्त करण र भीमलाई आराम : सागर र देवलाई मौका
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध आज हुने प्रतिस्पर्धामा नेपाली टिमका तीव्र गतिका बलर करण केसी र ब्याट्सम्यान भीम सार्की मैदान बाहिर हुने भएका छन्।
अमेरिकाले बी-५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईलेले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गर्नुभएको छ ।
छठपूजाका लागि सजाइँदै सरोवर
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका –१ मा अवस्थित प्रसिद्ध बरूण सरोवर छठ पूजाका लागि सजाइँदै ।
भारतमा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो ।
विश्वकप लिग-२ : स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले स्कटरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सोमबार राति १० बजेर १५ मिनेटमा सुरु हुनेछ।
काठमाडौंमा पानी परेपछि छाता ओढेर गन्तव्यतर्फ जाँदै स्थानीय
काठमाडौँ उपत्यकामा सोमबार मध्याह्न वर्षा भएपछि काठमाडौँको गोठाटारमा छाता ओढेर गन्तव्यतिर जाँदै सर्वसाधारण ।
खाद्यले बाँकेमा ४० हजार क्विन्टल धान खरिद गर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष किसानसँग ४० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।
ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य सम्मेलनमा सहभागी
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाउनुभएको छ । उहाँ भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ गठबन्धन सम्मेलनमा सहभागी हुनुभएको हो ।
भेरी अस्पताल अगाडि प्रदर्शन
मोटरसाइकल दुर्घटनामा मृत्यु भएका युवाका आफन्तले नेपालगन्जको भेरी अस्पताल अगाडि टायर बालेर बिरोध जनाएका छन् ।
सडक दुर्घटनामा ३ जनाको मृत्यु
झापाको कनकाई नगरपालिका –५ स्थित चप्रामारीको भित्री सडकमा मोटरसाइकलको ठक्करबाट स्थानीय एक वालकको घटनास्थलमै मृत्यु भएको छ ।